२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१३० रोपारेले एकै पटक रोपे खेत

१३० रोपारेले एकै पटक रोपे खेत

१३० रोपारेले एकै पटक रोपे खेत

१३० रोपारेले एकै पटक रोपे खेत

१३० रोपारेले एकै पटक रोपे खेत
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • गुल्मी ।  गुल्मीको चौरासी फाँट नजिकैको अर्को फाँटमा बर्षऔं पछि ईतिहासिको झल्को दिने गरी आईतवार खेत रोपाई भएको छ । 


    लौतो बा लौतो ... असारे गीत र पञ्चेबाजा  सहित  धुर्कोट गाउँपालिका ६ सिस्तुङ्गका मेघनाथ अर्यालले आयोजना गरेको   खेत रोपाइँमा १३० जना रोपारे महिला थिए भने दर्जन बढी बढी ठिगारे र बाउसे थिए ।  


    झन्डै एक हजार मुरी धान फल्ने खेतमा खेत रोपाई जिल्ला मै अहिले सम्मको ठुलो सहभागिता रहेको र यसले ऐतिहासिक झल्को दिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । 


     खेत रोपाइँमा काम गर्नेको भन्दा बढी सङ्ख्या कलाकार द्वय हरि खत्री र  शकुन्तला गैरेको प्रस्तुति हेर्नेहरूको  थियो ।
     कलाकारद्धयः खत्री र गैरेले गाएको  प्युली पलाई छ नरौन निरमया सुख कलाई छ भन्ने पुरानो गीत भाकाले   सहभागीको  बढी मन जितेको थियो । 


    त्यस माथि इस्मा मैदानका पञ्चेबाजामा  राती अबेर सम्म गाउँपालिका अध्यक्ष सहितका मानिसहरू झुमेका देखिन्थ्यो ।


     ३० वर्ष सम्म बुटवलमा  बसेर गाउँमा कृषि  उद्यम गर्न फर्किएका अर्यालले बुटवल सहरमा भन्दा आधुनिक र सुविधा सम्पन्न पक्की घर बनाएका छन् । उनले करोडौंको लगानी गरेर भैसी पालन गरेका छन् । 


    सँगै अरूका बाझिएका खेत समेत भाडामा लिएर मकै  , गहुँ र धान सयौँ मुरी उत्पादन गर्दै आएका छन्।


    भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख  हुमाकान्त पाण्डेले अर्याल आमा युवाका प्रेरणाका श्रोत  उदाहरणीय कृषक भएको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij