२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने

वर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने

वर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने

वर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने

वर्गीकरण नगरिएको फोहोर सिद्धार्थनगरले नउठाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, चैत्र ४ २०८२
बुधवार, चैत्र ४ २०८२
  • भैरहवा  
    सिद्धार्थनगर रुपन्देहीको पुरानो नगरपालिकामध्ये एक हो, यहाँ दैनिक रुपमा ३० टन बढी फोहोर उत्सर्जन हुने गरेको छ । स्थानीय सरकार आएको पहिलैदेखि नै यहाँको लागि फोहोरमैला व्यवस्थापन चुनौतीकै रुपमा रहेकोमा अहिलेसम्म दीर्घकालिन समाधान हुन सकेको छैन । विभिन्न समयमा विभिन्न प्रयासहरु भए पनि नगरपालिकाले ठोस योजना ल्याउन सकेको थिएन ।
    नगरपालिकाले वर्षौंदेखि फोहोर डण्डा नदी किनारमै व्यवस्थापन गरिरहेको छ । जसका लागि सिद्धार्थनगर नगरपालिका कार्यपालिका बैठकले नगरको दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि निर्णय गरी आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर संकलन नगर्ने घोषणा गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चैत १७ गतेभित्रै सबै नगरबासी, व्यवसायी तथा संघसंस्थाहरूलाई फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।


    नगर कार्यपालिकाको निर्णयअनुसार आगामी चैत १८ गतेदेखि वर्गीकरण नगरिएको फोहोर बोक्ने गाडीले नउठाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । 


    नगरपालिकाले फोहोरलाई मुख्यतया तीन समूहमा विभाजन गर्न निर्देशन दिएको छ । भान्साबाट निस्कने अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, पातपतिङ्गर, घाँस, चिया तथा कफीका अवशेषलगायतका कुहिने जैविक फोहोर एक ठाउँमा । यस्तै प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री तथा विद्युतीय सामानका अवशेष जस्ता नकुहिने अजैविक फोहोर एक ठाउँमा र सिसा, काँच, धातु र टिनलगायतका सडेर नजाने कवाडजन्य फोहोर एक ठाउँमा वर्गीकरण गर्न अनुरोध गरेको हो ।
    नगरपालिकाको सूचनालाई बेवास्ता गरी फोहोर वर्गीकरण नगर्ने घरधनी वा निकायले आफ्नो फोहोरको व्यवस्थापन आफैँ गर्नुपर्नेछ । यदि कसैले जथाभावी सडक पेटी वा सार्वजनिक स्थलमा फोहोर फालेको पाइएमा न्यूनतम ५ हजार रुपैयाँदेखि फोहोरको प्रकृतिअनुसार थप जरिवाना गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।


    नगरलाई स्वच्छ र सुन्दर राख्न यो कदम चालिएको हो । होटल, पसल, निजी घर, विद्यालय र संघसंस्थाहरूले अनिवार्य रूपमा फोहोर वर्गीकरण गरेर नगरपालिकाको अभियानमा सहयोग पु¥याउन नगरपालिकाले अनुरोध गरेको छ । 


    सिद्धार्थनगर नगरपलिका क्षेत्रको फोहोर अहिले बेलहिया बुटवल सडक खण्डको नजिकै फालिंदै आएको छ । नगरको फोहोर व्यवस्थापन वर्षौंदेखि वडा नं. १ डण्डा नदी किनार झण्डी बजार क्षेत्रमा फोहोर फाल्दै आएकोमा स्थानीयले अवरोध गरेसँगै गत वर्ष २०८१ साउन ४ गतेबाट केही समयको लागि भन्दै सिद्धार्थनगरले बनाएको पर्यटकीय गेट नजिकै नगरको फोहोर डम्पिङ क्षेत्र बन्यो । तर यहाँ भने फोहोर फाल्न लागेको २ वर्ष बित्दा समेत नगरपलिकाले फोहोर व्यवस्थापन का लागि दीर्घकालिन उपाय ननिकालेकोले अन्यत्र गर्न सकेको छैन ।


    दैनिकरुपमा सिद्धार्थनगरबाट उत्सर्जन भएको फोहोर नगरपालिकाले करिब सय जना जनशक्ति लगाएर १२ वटा ट्याक्टर, ठेला र कुचीकारहरुबाट फोहोर संकलन गरी यहाँ व्यवस्थापन गर्दै आएको छ । 


    नगर क्षेत्रबाट संकलन भएको फोहोर गेट नजिकैको क्षेत्रमा ट्याक्टरमार्फत् पठाउने, खाल्डोमा फोहार राखी सम्याउने र माटो पुर्ने गरी फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । । डम्पिङ क्षेत्रमा गन्ध नआओस भन्नका लागि मट्टितेल, फिनेल र इमो झोल दैनिक रुपमा हाल्ने गरिएको छ ।


    हालको व्यवस्थाअनुुसार ती फोहोरलाई वर्गीकरण गरी कुहिने फोहोर उचित ठाउँमा व्यवस्थित तरिकाले व्यवस्थापन गरी मलको रुपमा पनि प्रयोग गर्न सकिने गरी योजना बनाएको छ  भने नकुहिने बस्तुलाई पुनप्रयोगको अवधारणामा लैजाने योजना अनुरुप नगरपालिका लागेको छ । 


    यसरी फोहोर वर्गीकरण गर्दा फोहोरको परिमाण पनि घट्ने अपेक्षा नगरपालिकाको रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij