२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फोहरमैला व्यवस्थापनमा सिद्धार्थनगरको पहलकदमी

फोहरमैला व्यवस्थापनमा सिद्धार्थनगरको पहलकदमी

फोहरमैला व्यवस्थापनमा सिद्धार्थनगरको पहलकदमी

फोहरमैला व्यवस्थापनमा सिद्धार्थनगरको पहलकदमी

फोहरमैला व्यवस्थापनमा सिद्धार्थनगरको पहलकदमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • फोहरमैला व्यवस्थापनमा समस्या झेलिरहेको सिद्धार्थनगर नगरपालिकाले अब वर्गीकरण गरेको फोहरमात्रै उठाउने निर्णय गरेर सकारात्मक पहलकदमी लिएको छ । कुहिने र नकुहिने फोहरको वर्गीकरण घरमै नागरिकले गर्न आग्रह गर्दै फोहरमैला व्यवस्थापनको पहलकदमीले फोहरमैला व्यवस्थापनमा सहज हुनसक्छ । 


    कुहिने र नकुहिने फोहर एकैपल्ट उठाउँदा फोहर व्यवस्थापनमा समस्या भएपछि कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्न बाध्य भएको नगरपालिकाका अधिकारीहरुको भनाइ छ । यो निर्णय प्रभावकारी कार्यान्वयन हुन सके फोहर व्यवस्थापन सहज हुन्छ । कुहिने फोहरबाट मल बनाउन सकिन्छ, नकुहिने प्लाष्टिकजन्य फोहरलाई रिसाइक्लीन उद्योगलाई बेच्न सकिन्छ । लामो समयदेखि नगरको फोहरमैला डण्डा नदी किनारमा फाल्दै आएको नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्ने नयाँ ठाउँ पाउन सकेको छैन  । नदीमा फोहर फालेर लापरबाही गरिरहेको  आरोप खेपेको नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्ने ठाउँको अभाव छ । सिद्धार्थनगर नगरपलिकाले अहिले बेलहिया–बुटवल सडक खण्डको नजिकै फोहर फाल्दा सडक यात्रुलाई समेत सास्ती भएको छ  । पहिले डण्डा किनारमै सडक क्षेत्रभन्दा केही दुरीमा फाल्दै आएको फोहर अहिले सडक नजिकै फाल्नुको बाध्यता हो, पहिले फोहर फाल्ने ठाउँ बस्ती नजिकै थियो । आसपासको बस्तीले विरोध गरेपछि सडक नजिकै विकल्प खोजेको नगरपालिकासामु अब फोहरमैलाको दिगो व्यवस्थापन गर्न दबाब बढेको  छ । वर्गीकरण गरेपछि अहिले भन्दा फोहरमैला व्यवस्थापन सहज हुन्छ । तर वैकल्पिक ठाउँ अनिवार्य खोज्नुपर्छ ।


    फोहर वर्गीकरण गरेको मात्रै उठाउने निर्णय गरेको नगरपालिकालाई अब नागरिकले सघाउनुपर्छ । नागरिकको सहयोग विना नगरपालिकाको निर्णय कार्यान्वयन हुन सम्भव छैन । यो निर्णय कार्यान्वयन नगरवासीकै लागि हो । नगरपालिकाको फोहर उठ्नै सकेन भने पर्यटकीय नगरको प्रतिष्ठा नै धुमिल हुन्छ ।


    फोहरमैला व्यवस्थापनका लागि रुपन्देहीका पालिका मिलेर एकीकृत योजना कार्यान्वयन गर्न सक्छन् । फोहरमैला प्रशोधन केन्द्र बनाउन कुनै पालिकाको एकल प्रयासबाट सम्भव छैन, दुई वा धेरै पालिका मिलेर बढ्दा फोहरमैला व्यवस्थापन राम्रो  हुन्छ । सम्भव हुने पालिका मिलेर फोहरमैला प्रशोधन केन्द्र निर्माण गर्न छलफल गरौँ, निष्कर्ष निकालौँ । अब ढिलाइ नगरौँ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij