२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल महामेलामा लोकप्रिय कलाकारहरुको आगमनले रौनक

बुटवल महामेलामा लोकप्रिय कलाकारहरुको आगमनले रौनक

बुटवल महामेलामा लोकप्रिय कलाकारहरुको आगमनले रौनक

बुटवल महामेलामा लोकप्रिय कलाकारहरुको आगमनले रौनक

बुटवल महामेलामा   लोकप्रिय कलाकारहरुको आगमनले  रौनक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • बुटवल । बुटवल ११, देविनगरमा चैत १ गतेदेखि सञ्चालित महामेलामा राष्ट्रियस्तरमा लोकप्रिय कलाकारहरुको आगमनले महामेलाको रौनक बढाएको छ । 
    महामेलामा विशेषगरी सांझपख दर्शक तथा उपभोक्ताहरु आफूलाई आवश्यक सामान किनमेल र सांकृतिक कार्यक्रममा आफूलाई मनपर्ने राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा रमाउन पुग्ने गरेका छन् । 
     दिनभर जस्तो सुनसान हुने महामेला साझ ४ बजेपछी  लोकप्रिय कलाकारहरुको प्रस्तुति शुरु संगै चहलपहल र भीडभाड बढ्ने गरेको आयोजकले बताएका छन् । फरवार्ड मल्टिपर्पोज कम्पनीले महामेला आयोजना गरेको हो । महामेलाको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ । 


    महामेलामा दिनहुँ  फरक फरक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बताए ।   बिहीबार चर्चित गायिका समिक्षा अधिकारी,बसन्त लम्साल लगायतको कलाकारको प्रस्तुति रहेको थियो । 


    आज शुक्रबार चर्चित आधुनिक गायम हेमन्त शर्मा, लोकदोहोरी गायक श्याम राना लगायतको प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताए । 

    रेष्टुरेन्ट सहित सय बढी स्टल रहेको महामेलामा बाल उद्यान,जल परी, पर्यटकीय स्थलहरुको फोटो, डान्स आइडल, जोडी नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रमहरु समावेश छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij