२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक महिनामा एक करोड ८८ लाखको अवैध सामान नियन्त्रण, ९० जना पक्राउ

एक महिनामा एक करोड ८८ लाखको अवैध सामान नियन्त्रण, ९० जना पक्राउ

एक महिनामा एक करोड ८८ लाखको अवैध सामान नियन्त्रण, ९० जना पक्राउ

एक महिनामा एक करोड ८८ लाखको अवैध सामान नियन्त्रण, ९० जना पक्राउ

एक महिनामा एक करोड ८८ लाखको अवैध सामान नियन्त्रण, ९० जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, चैत्र ६ २०८२
शुक्रवार, चैत्र ६ २०८२
  • भैरहवा  
    जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयहरुले एक महिनाकको अवधिमा भन्सार चोरी निकासी गरी भारतबाट नेपाल अवैध रुपमा ल्याउँदै गरेको झण्डै २ करोडको सामान बरामद गरेको छ । यस्तै अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादी रहेका १२ जना र चालु मुद्दाका ७८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 


    रुपन्देहीको प्रहरी पछिल्लो समय तस्करहरुमा निर्मम बनेसँगै जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले १ करोड ८८ लाख १३ हजार ६९८ रुपैया बराबरको तस्करीका समान र तस्करीका लागि प्रयोग भएको साधन नियन्त्रणमा लिएको हो । सीमाबाट हुने अवैध कारोबारलाई रोक्न कडा रुपमा प्रस्तुत भएको नेपाल प्रहरीले छोटो अवधिमा भन्सार राजस्व दाखिला बढाएको छ ।

    मौलाउँदै गरेको तस्करीलाई रोक्न एसपीको कमाण्डले सबै युनिट इञ्चार्जहरुलाई निर्देशन दिँदै दैनिक अवैध गतिविधि नियन्त्रणमा लागेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको सूचनाअनुसार एक महिनाको अवधिमा राजस्व चुहावट  तथा भन्सार छली नियन्त्रणतर्फ १८ जनालाई पक्राउ गरिएको, ६० वटा मोटरसाइकल, ४ वटा छोटा हात्ती नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि पठाइएको छ । 


    यो तथ्याङ्कले प्रहरीले तस्करी मात्र नभई तस्करीका लागि प्रयोग हुने साधन र तस्करी गर्ने व्यक्तिप्रति पनि निर्मम रहेको देखिन्छ । यसअघि बेवारिसे अवस्थामा समानहरु बरामद हुने गरेका थिए भने अहिले व्यक्तिसहित अवैध समानहरु बरामद भइरहेका छन् । 


    यसका अलावा एक महिनाको दौरान अवैध रुपमा पशुपंक्षीको कारोबार तथा ओसारपसार गर्ने ३९ वटा मोटरसाइकलसहित १ हजार ३७ वटा कुखुरा नियन्त्रणमा लिई काराबाही गरिएको छ । जसको मूल्य ८ लाख ६५ हजार ८ सय रहेको छ ।  
    फागुन महिनामा मात्रै १८ जनालाई नियन्त्रणमा लिइएको बताउँदै एसपी जनकबहादुर शाहीले तस्करको मनोबल गिराउन र सीमितले मात्रै फाइदा लिइरहेको पाएकोले तस्करीप्रति निर्मम बनेको हो, यसले राज्यलाई केही फाइदा पुग्ने बताए । 
    रुपन्देही प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । 


    सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतीको रुपमा रहेकोले पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक शाहीले बताए । ‘फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौं, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको छौं । 
    हामीले एक महिनाको अवधिमा फैसला कार्यान्वयनको शिलशिलामा विभिन्न मुद्दामा फरार रहेका १२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११ वर्ष ६ महिना १५ दिन कैद असुलउपर र १७ लाख १६ हजार ४८४ रुपैयाँ जरिवाना असुल उपर गराइएको छ ।’–उनले भने । 


    एक महिनाको अवधिमा ६२ वटा जघन्य तथा गम्भीर अपराध, ५ वटा महिला बालबालिकसम्बन्धी अपराध, ३७ वटा आर्थिक अपराध गरी १ सय ४ वटा मुद्दा दर्ता भएकोमा चालु मुद्दाको ७८ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । यस्तै ११ वटा लागुऔषधतर्फ मुद्दा दर्ता भई २१ जनालाई नियन्त्रणमा लिइएको छ । 


    नियमित कामसँगै जिल्लामा शान्ति  सुरक्षा तथा अमनचयन कायम राख्न सुरक्षा योजना बनाई जिम्मेवारी हाकी रहेका एसपीले चोरी तस्करी मात्रै होइन विभिन्न घटनाहरुको सफल अनुसन्धान गरेका छन् भने केही हँुदै गरेको बताए । भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको कपडा, चिनी, प्याज, कपडा, खाद्यन्न, हार्डवेयर, मोटर पार्टस्, उपभोग्य सामान तथा ओसारपसारमा प्रयोग भएका साधन समेत नियन्त्रणमा आइरहेको छ । खुला सीमा नाकाको  फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाइ गर्न कुनै कसर बाँकी नराखेको एसपीको भनाइ छ । 


    यस्तै रुपन्देहीका विभिन्न स्थानहरुबाट प्रकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ अवैध गिट्टी, बालुवा, माटो उत्खनन् कार्यमा संलग्न ट्याक्टर २ वटा, जेसिभी २ वटा, टिप्पर ५ वटा नियन्त्रणमा लिई आवश्यक कारबाहीको सम्बन्धित स्थानीय निकायमा पठाइएको छ भने यसबाट पनि १ लाख ७० हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । 


    यस्तै जिल्ला प्रहरी कार्यालय महिला सेलले घरेलु हिंसाका घटनालाई प्राथकिमताका साथ सम्बोधन गरेको छ । बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी आएकोमा ४४ वटा उजुरी आएकोमा ३५ वटा मिलापत्र भएको छ । 
    कार्यालयका अनुसार जिल्ला भर एक महिनाको अवधिमा १५ जनाले झुण्डीएर, ३ जनाले विष सेवन गरी १८ जनाले आत्महत्या गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij