२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३० दिनको व्रतपछि मुस्लिम समुदायले मनाए इद

३० दिनको व्रतपछि मुस्लिम समुदायले मनाए इद

३० दिनको व्रतपछि मुस्लिम समुदायले मनाए इद

३० दिनको व्रतपछि मुस्लिम समुदायले मनाए इद

३० दिनको व्रतपछि मुस्लिम समुदायले मनाए इद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • भैरहवा
    मुस्लिम धर्मावलम्बीहरुले ३० दिनको रोजा पूरा गरेर शनिबार इद मनाएका छन् । शुक्रबार  सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिएपछि रमजानको बिदा गर्दै इद उलफित्र अर्थात् इद  मनाएका हुन् । सामान्यतया इस्लामिक महिना २९ र ३० दिनको बिहीबार २९ दिनमा चन्द्रमा नदेखिएपछि शनिबारको लागि इद तय भएको हो । शुक्रबार मुस्लिम समुदायले अलबिदाको नमाज पनि अदा गरेका छन् । पवित्र ग्रन्थ कुरान अवतरण भएको महिना रमजान मुस्लिम समुदायको पवित्र महिना पनि हो । इद भैरहवासहित देश विदेशभरि धुमधामका साथ मनाइएको छ । साउदी अरबलगायतका  खाडी मुलुकमा भने शुक्रबार नै इद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट इद मनाइने गरिन्छ । रमजान उर्दु क्यालेन्डरको नवौं महिना हो ।


    यस क्षेत्रका मुस्लिमहरु स्थानीय गल्लामण्डीको इदगाह, बसडीलवालगायतका इदगाह र केही मस्जिदहरुमा विहान ८ बजेदेखि ९ बजेको समयमा सामूहिक इदको नमाज पढिन्छ भने रुपन्देहीसहित विभिन्न स्थानमा रहेको इद गाहमा पनि इदको नमाज पढिएको छ । इद गाह नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ हो, खूल्ला अकाशमुनि पढिने नमाज वर्षको दुई पटक मात्रै इद गाहमा मुस्लिम समुदायले सामूहिक रुपमा २ रिकात नमाज पढेका छन् । इस्लाम धर्मको महान पर्व (इदुल फित्र) इद र (इदुलअजहा) बकरइदको दिन मात्रै मुस्लिम समुदाय एकत्रित भइ इद गाहमा नमाज पढ्ने गर्छन् ।

     
    इदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा बासनादार अत्तर लगाइ इद गाह  वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । प्रार्थनामा सम्पूर्णको स्वास्थ्य, शान्ति र अमनचयनको कामना गर्ने गरिन्छ ।  सोपश्चात् एकआपसमा गला मिलाएर इद  मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि इदको विशेष परिकार सेवइका साथै अन्य मिठाइका परिकारहरु र खानेकुरा खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गर्छन् ।


    विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो  । इदको पूर्व सन्ध्यामा रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
    इद उल–फित्रकै अवसरमा सरकारले बिदा समेत दिएकोे थियो । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् ।


     सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।
    रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

     
    झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् । 
    यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी र मस्जिद वा मदरसामा दिनुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ । अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।


    रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुस्लिमले  इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् ।
    इदको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गरिन्छ । जसकोलागि मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij