२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२

  • काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।

     


    गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

    आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।

    एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij