२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तनहुँको भिमाद नगरपालिकामा कपडा बैंक स्थापना

तनहुँको भिमाद नगरपालिकामा कपडा बैंक स्थापना

तनहुँको भिमाद नगरपालिकामा कपडा बैंक स्थापना

तनहुँको भिमाद नगरपालिकामा कपडा बैंक स्थापना

तनहुँको भिमाद नगरपालिकामा कपडा बैंक स्थापना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ८ २०८२
आइतवार, चैत्र ८ २०८२
  • बुटवल । तनहुँको भीमाद नगरपालिका मा कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भसँगै नगरपालिकालाई १०० सेट न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
    नगरप्रमुख दधिराज सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सारदा खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्दीप पौडेल तथा क्लोथ तथा फुड बैंक नेपालका योजनाकार तथा सामाजिक अभियन्ता कमल जी.सी. लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नगरप्रमुख सुवेदीले कपडा बैंकको परोपकारी अभियानप्रति खुसी व्यक्त गर्दै स्थानीयलाई यसको अधिकतम उपयोग गर्न तथा अभियानको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
    अभियान्ता कमल जी.सी ले अब भीमादमा कोही पनि कपडाविहीन नरहने भन्दै  कपडामा खर्च हुने पैसा बचाएर आफ्ना छोराछोरीको शिक्षा र आफ्नो स्वास्थ्यमा लगानी गर्न आग्रह गरे । उपप्रमुख खनालले आगामी वर्षमा कपडा बैंकलाई नीति तथा योजनामा समावेश गरी बजेट विनियोजन गर्ने र यस पुण्य कार्यलाई तनहुँ जिल्लाभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस्ता कार्यक्रमले कपडाको अभावमा रहेका नागरिकलाई ठूलो राहत पुग्ने, साथै नगरपालिकाको सरसफाइ व्यवस्थापनमा समेत सहयोग पुग्ने र खर्च बचत हुने बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा वडा अध्यक्षहरू लगायतले मन्तव्य राखेका थिए भने नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकाल ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij