२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सद्भाव कायम गर्न सर्वपक्षीय प्रयास

सद्भाव कायम गर्न सर्वपक्षीय प्रयास

सद्भाव कायम गर्न सर्वपक्षीय प्रयास

सद्भाव कायम गर्न सर्वपक्षीय प्रयास

सद्भाव कायम गर्न सर्वपक्षीय प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा भड्किएको साम्प्रदायिक झडपलाई नियन्त्रणमा लिएर समाजमा सद्भाव कायम गर्न भएको सर्वपक्षीय प्रयास सकारात्मक छ । सामान्य विषयबाट सुरु भएको झगडा उग्र बन्दा समाजमा सद्भाव बिग्रियो । सद्भाव खल्बलिनु हिन्दु र मुस्लिम समुदायकै कमजोरी नभएर व्यक्तिको उत्तेजनाले उत्पन्न भएको परिणाम हो । बिग्रिएको सद्भाव सपार्न दुवै पक्षका अगुवाको प्रयास प्रशंसनीय छ । स्थानीय प्रशासनको पहलमा राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरुको सकारात्मक पहलकदमी र सामूहिकताले नै बिग्रिएको सद्भावको वातावरण सकारात्मक बाटोतिर जाँदैछ ।


    महाराजगञ्ज नगरपालिकाको बर्गदवा गाउँमा शनिबार दिउँसो भएको धार्मिक विवादले तनावग्रस्त भएपछि स्थानीय प्रशासनले कफ्यु लगाएको थियो । कप्mर्युपछि पनि प्रदर्शन भएपछि प्रहरीले गोली चलायो । त्यसक्रममा झडप हुँदा प्रहरी र प्रदर्शनकारी गरी २३ जना घाइते भएका छन् । त्यसमध्ये चार जनालाई गोली लागेको छ । प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । कफ्र्यु जारी छ ।


     जिल्लास्तरीय समन्वय-सद्भाव बैठक बसेर आगामी दिनमा कुनै पनि पक्षबाट हिंसात्मक, उक्साहटपूर्ण गतिविधि र साम्प्रदायिक सद्भाव खलबलिने गतिविधि नगर्ने र हुन नदिने सामूहिक प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक छ । जिल्ला प्रशासन कार्यालयद्वारा तौलिहवामा आयोजित बैठकमा घटनाका केही दोषी पक्राउ परेको र अन्यको खोजी कार्य र अनुसन्धान भइरहेकाले दोषीलाई पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्ने, घटनामा घाइते भएकाको उपचारका लागि गृह मन्त्रालय र महाराजगञ्ज नगरपालिकालाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ । भ्रामक सूचना, घृणाजन्य अभिव्यक्ति र कसैको उक्साहटमा अशान्ति पैदा गर्ने र गैरकानुनी गतिविधि गरेमा स्थानीय प्रशासनले कडा कारबाही गर्ने समेत निर्णय भएको छ  ।


    यस्ता घटनालाई न्यूनीकरण गर्न सामूहिक प्रतिबद्धता र पहलकदमीको खाँचो छ । बिगार्न कुनै एक व्यक्तिले तत्काल सक्छ । सामाजिक सञ्जालमा उत्तेजित अभिव्यक्ति दिने, अरुलाई लाञ्छना र घृणा फैलाउने गतिविधि सामाजिक सञ्जालमा हुनसक्छन्, तसर्थ सामाजिक सञ्जालको प्रयोगलाई जवाफदेही र मर्यादित बनाउन आवश्यक छ । सामाजिक सञ्जालमा फैलिने उत्तेजना र अराजक गतिविधि छिट्टै टाढाटाढासम्म फैलिने भएकाले समाजमा सद्भाव छिटो भड्किने जोखिम हुन्छ ।


     यो बेला स्थानीय तहको अगुवाइमा मेलमिलाप कार्यक्रम चलाउन सकिन्छ । शान्ति र सद्भाव ¥यालीले पनि समाजलाई लयमा हिडाउन सक्छ । साम्प्रदायिक हिंसा हुनुको कारण खोज्ने  र त्यस्तो गतिविधि आगामी दिनमा हुन नदिन पहलकदमी लिन सक्दा मात्रै समाजमा सद्भाव कायम हुन सक्छ । त्यस्तो गतिविधि गर्नेको पहिचान र कानुनी कारबाहीले पनि समाजमा अराजकता नियन्त्रणको उपाय हो । कानुनको सही प्रयोगले नै दण्डहिनताको अन्त्य हुन्छ । र, समाज लयमा हिंड्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij