२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकी–इरान युद्ध नेपालले सिक्ने पाठ

अमेरिकी–इरान युद्ध नेपालले सिक्ने पाठ

अमेरिकी–इरान युद्ध नेपालले सिक्ने पाठ

अमेरिकी–इरान युद्ध नेपालले सिक्ने पाठ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • भेनेजुयलामाथिको अमेरिकी हस्तक्षेप र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको अपहरणपछि अहिले अमेरिकाले फेरि त्यस्तै हस्तक्षेप र अतिक्रमण इरानमा गरिरहेको छ । त्यहाँका धार्मिक नेता खामेनी र उनका केही परिवारमाथि आक्रमण गरी हत्या नै गरिसकेको छ । त्यसको बदलामा इरानले पनि इजराइल अनि अरब मुलुकहरुका अमेरिकी शैन्य वेश एरियाहरुमा आक्रमण गरिरहेको छ । लगातार अहिले तीन हप्तासम्म अमेरिका, इजराइल र इरानबिच भीषण युद्ध चलिरहेको छ । दुई तीन दिनभित्र इरान कब्जा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहनालाई इरानले असफल पारिदिएको छ । एक प्रकारले यस युद्धमा इरान आक्रमक जस्तोे देखिएको छ भने अमेरिका इजराइल रक्षात्मक जस्तो देखिएका छन्  । राष्ट्रपति ट्रम्पले अरु पश्चिमा युरोपियन मुलुकहरुलाई सहयोगको लागि अनुरोध गरे पनि ती मुलुकहरुले त्यस्तो सहयोग नगर्ने भएका छन् । एक प्रकारले यो युद्धमा अमेरिका एक्लिन पुगेको छ । त्यही भएर अमेरिकाले वार्ताको नाटक गर्ने सुुरसारमा देखिन थालेको छ । तर इरानले त्यसलाई सिधँै नकारेको छ । त्यसका लागि केही शर्तहरु अघि सारेको छ । तै पनि कुकुर तल परे पनि माथि परे पनि काइकाई भने जस्तै अमेरिकाले जित आफ्नै भएको र इरान हारिसकेको बताउन भने छोडेको छैन ।


    धेरै पहिले नै लेनिनले भनेका थिए– साम्राज्यवाद पुँजीवादको अन्तिम मरणासान्न अवस्था हो । ठीक यो अब अमेरिकी साम्राज्यवादमाथि लागू हुँदैछ । यसको उदाहरण अहिलेको यो इरानी युद्धमा देखिन थालेको छ । इरानी जनताहरुले अहिले अमेरिका, इजराइल हस्तक्षेप र अतिक्रमणविरुद्ध एक जुटभई  प्रतिकार गरिरहेका छन् । यसमा रुस, चीन, उत्तर कोरिया आदि थुप्रै राष्ट्रहरुको समर्थन भइरहेको छ । स्वयं अमेरिकी र इजराइली जनताहरु समेत यसको विरोध गरिरहेका छन् । इरान युद्ध बन्द गर, जित तिम्रो भयो रुदै कराउँदै हिडिरहेका थुप्रै दृष्यहरु देखाइरहेका छन् । तै पनि साम्राज्यवादी लुटेरा ट्रम्प र इजराइली प्रधानमन्त्री बेजामिनले इरान माथि आक्रमण गर्न छाडेका छैनन् । इरानी जनताहरुले पनि मर्न परेपछि किन डराउने अर्थात् कि मर कि गर भने जस्तै गरी एक जुट भई त्यसको प्रतिकार गरिरहेका छन् । एक प्रकारले मनोवैज्ञानिक रुपले जित इरानको भइसकेको छ । दुई तीन दिनभित्रै इरान कब्जा गर्ने ट्रम्पको घोषणा तुहिएपछि पहिलो जित त इरानको भइसकेको छ । त्यसपछि अर्काे जित इरानका विरुद्ध पश्चिमा अरु मुलुकहरुसित ट्रम्पले गरेको हारगुहारबाट पनि भइसकेको छ ।


    साम्राज्यवाद र यसको नियमको बारेमा क. माओले भन्नु भएको थियो– ‘यसले गडबढी मञ्चाउँछ र विफल हुन्छ, यसले फेरि गडबढी मचाउँछ र फेरि पनि विफल हुन्छ र यसले यस प्रकार आफ्नो अन्तिम पतनको घडीसम्म यसै गरिरहन्छ, ठीक यस्तै गडबढी आज पनि अमेरिकाले विश्वभरि नै गर्र्दै आइरहेको छ । ठीक फेरि क. माओले यसको प्रतिकार जनताले पनि संघर्ष गर्नु, असफल हुनु, फेरि संघर्ष गर्नु, फेरि असफल हुनु, विजय प्राप्त नगरुञ्जेल संघर्ष गरिरहनु र उनीहरु पनि यो नीति बाहिर कहिल्यै जाने होइन, यो अर्काे माक्र्सवादी नियम भएको बताउनुभएको छ । यो नियम धेरै पहिले भियतनाम युद्धमा देखियो त्यसपछि उत्तर कोरिया क्युवामा र अफगानिस्तानमा देखियो । अहिले भेनेजुयला र इरानमा देखिन थालेको छ । त्यस्तै क. माओले साम्राज्यवाद मापाको हुन्छ, भन्दै यसको स्वभाव कहिले पनि फेरिने छैन । साम्राज्यवादले आफ्नो बगरे चुप्पीलाई कहिल्यै हाप्ने छैन । ठीक यो अमेरिकी साम्राज्यवादप्रतिको आम मान्यता विश्वका हरेक राष्ट्र र जनताले बुझिराख्नु पर्दछ ।


    अमेरिकाले आफू लोकतन्त्रवादी अझ  त्यसको जननी नै भएको भन्दै आएको छ । तर यही अमेरिकी लोकतन्त्रमा फेरि यस्ता ट्रम्प जस्ता तानाशाहको उदय हुँदैछ । मानौं दोस्रो विश्व युद्धका तानाशाह हिटलर र मुसिलिनो जसले यो विश्व सबै आफू मातहत चल्नुपर्दछ । विश्व बादशाह नै भएको घोषणा गर्ने गरेका थिए । ठीक त्यही आज अमेरिकी राष्ट्रपति ट्रम्पले भन्दैछन् । भेनेजुयलामा आफ्नै निर्देशित सरकार अझ लाजै नै मानी इरानमा समेत आफू मातहतको सरकार अर्थात् अमेरिकी कठपुतली सरकार हुनुपर्ने बताएका छन् । ट्रम्पले विश्वको सबै राजनीति, अर्थतन्त्र अनि टेक्नोलोजी र प्रकृति सम्पदा सबै आफू निर्देशित मातहत हुनुपर्ने भन्दैछन् । उनको यो विश्व साम्राज्यलाई उनले भेनेजुयलादेखि अहिले इरान अनि पछि क्युवा हुँदै आइसलैण्ड र क्यानडा समेतलाई अमेरिकामा समावेश गर्ने भनिरहेका छन् । ट्रम्पको यो विश्व साम्राज्यलाई स्वयं युरोपियन मुलुकहरु समेतले स्वीकार गरेको स्थिति छैन । जसको परिणाम अहिले इरान युद्धमा अमेरिका एक्लिन पुगेको छ । अब फेरि विश्वले हिटलर र मुसिलिनी जस्तो २१औं शताब्दीका नयाँ तानाशाह बन्ने र बनाइने अवस्थामा कोही पनि देखिने स्थिति छैन । 


    अमेरिका विश्वको एउटा ठूलो शक्तिशाली मुलुक हो । यस्तो हो भन्दैमा विश्वका अरु कुनै मुलुकहरु माथि यस्तो हस्तक्षेप र अतिक्रमण गर्न मिल्दैन । यसका विरुद्ध विश्वका सबै स्वतन्त्र र स्वाभाविक मुलुकहरु एक हुनुपर्दछ । अहिले यो इरानमाथिको हस्तक्षेप र अतिक्रमणका विरुद्ध विश्वका सबै मुलुकहरु एक भई अमेरिकालाई साथ दिइरहेका छैनन् । तर दुःखको कुरा हाम्रा देशका शासकहरु भने मौन छन् । यसको प्रभाव हाम्रा देशका नागरिकहरुलाई प्रत्यक्ष परिरहेको छ । अरब मुलुकमा रहेका लाखौं नेपालीहरुको अवस्था संकटमा छ । यस्तो स्थितिमा आफ्ना देशका लाखौं मजदूरहरुकोे उद्धारका लागि पनि उक्त इरानमाथि गरिएको त्यो सशस्त्र हस्तक्षेप र अतिक्रमणको विरोध गर्नुपर्दछ । उक्त युद्ध तत्काल बन्द गर्न दुवै पक्षहरुलाई आह्वान गर्नु पर्दछ । नत्र भने साढेको जुधाई बाच्छाकोे मिचाई भने जस्तै अमेरिका, इजराइल र इरानको लडाइ, तर लाखांै नेपालीहरुका मिचाइ भइसकेको छ । नेपाल सरकार भने रमिते मात्रै भइरहेको छ । 


    इरानमाथिको यो अमेरिकी आक्रमणले नेपाललाई भने राम्रो पाठ सिकाएको छ । पहिलो पाठ त देश सानो वा ठूलो वा गरिब वा धनी जे होस् मुख्य त त्यो देशको स्वतन्त्रता र स्वाधिनताका लागि जनताको ठूलो त्याग, तपस्या र बलिदान गरेका छन् । जुन कुरा अहिले इरानी जनताहरुले प्रदर्शन गरिरहेका छन्  ।  नेपालको हकमा पनि त्यसले नेपाली जनताहरुको हौसला बढाएको छ । हुन त हाम्रो पुरानो इतिहास नै यस्तै छ । नेपाल–बेलायत बिचको लडाइँ हाम्रो वीरताको गाथा नै बनेको छ । अब पनि त्यस्तै विरताको गाथा नगरी नयाँ र उन्नत नेपाल बन्दैन । अर्काे पाठ यदि कुनै हालतमा यस्ता विश्व साम्राज्यवादी शक्तिहरु यहाँ नेपालमा भित्राउने काम भएमा हालत के हुने रहेछ र अरब मुलुकहरुमा अहिले देखिएका यो द्वन्द्वको प्रभाव र असरले प्रष्ट पारेको छ । खाई न पाई छालाको टोपी लाइ भने जस्तै अरब मुलुकहरुले त्यत्तिकै आपत र विपत पाइरहेका छन् । साढेको जुधाई बाच्छाको मिचाइ भने जस्तै अहिले अमेरिका सेना राख्न दिएको प्रतिफल ती अरब मुलुकहरुले भोगिरहेका छन् । ठीक यो अवस्था कुनै कारण अमेरिकी सेना नेपाल भित्रिए  यहाँ पनि त्यस्तै हुने निश्चित छ । एमसीसी  त नेपालमा भित्रिसक्यो । अब एसपीपी भित्रिने तरखरमा छ । अमेरिकाले घण्टी पार्टीको विजयलाई स्वागत गर्दै सुरक्षा चाँसो राखिसकेको छ । त्यो भनेको एसपीपी सन्धि सम्झौता गर्ने भनेको हो । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन अनि रास्वपाको यो चुनावी विजय आदिले नेपालमा अमेरिकाको उपस्थितिलाई अझ बढी आधार निर्माण गरेको छ । हालै भएको अमेरिका, इजराइल र इरान युद्ध र त्यसले अरब मुलुकहरुमा पारेको प्रत्यक्ष असर जस्तै नेपालमा पनि नपरोस् भन्नका लागि अहिलेदेखि नै जनस्तरबाट खरबदारी गरिरहनु पर्ने भएको छ । 


    स्वयं हिजो सदनबाट एमसीसी पारित गराउने कांग्रेस–एमाले र माओवादीहरुले पनि सोचुन र विचार गरुन् । यो गर्नु गलत भएको रहेछ । आत्मआलोचना गर्दै यसको खारेजीको लागि सबै एक होउन । हिजो एमसीसी पारित गर्दा यी नेताहरुले जे बोले पनि अब गल्ती स्वीकारे जनताले माफी दिने नै छन् । चारपाटे मुडेर थानकोट काट्नै परेन । गल्ती स्वीकार गरे पुगिहाल्छ । नत्र भने देशभक्त नेपाली जनताले चारपाटे र थानकोट कटाउने मात्रै होइन एक युरोपी शासक चाउ चेस्कोलाई जस्तै लछार पछार टुक्राटुक्रा पारी सिध्याउने छन् । अन्त्यमा विश्व साम्राज्यवादको असली चरित्रमाथि माओका भनाइहरुले स्पष्ट पारेको छ । साम्राज्यवाद जहाँ जान्छ त्यहाँ यस्तै नरसंहार नै गर्ने गरेको उदाहरण इराक, इरान, अफगानिस्तान, युक्रेन आदिको छ । त्यसैले हामी सबै सचेत बनौ नेपाल कुनै पनि हालतमा यस्तो मुलुक नबनोस् एमसीसी र एसपीपी नेपालमा चाहिंदैन । नेपाललाई युक्रेन, इरान जस्तै बनाउन पाइदैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij