२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्याङ्जाका ११ स्थानीय तहलाई एक अर्ब १२ करोड

स्याङ्जाका ११ स्थानीय तहलाई एक अर्ब १२ करोड

स्याङ्जाका ११ स्थानीय तहलाई एक अर्ब १२ करोड

स्याङ्जाका ११ स्थानीय तहलाई एक अर्ब १२ करोड

स्याङ्जाका ११ स्थानीय तहलाई एक अर्ब १२ करोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाका ११ स्थानीय तहले आर्थिक वर्ष २०८३-८४ का लागि संघीय सरकारबाट एक अर्ब १२ करोड २३ लाख अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदानतर्फ उक्त रकम दिन संघीय सरकारलाई सिफारिस गरेको हो ।


    आयोगले न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनका आधारमा स्थानीय तहलाई अनुदान दिन सिफारिस गर्ने गर्दछ । त्यहीं सिफारिसको आधारमा संघीय सरकारले संघीय सञ्चित कोषबाट वित्तीय समानीकरणको अनुदान स्थानीय तहलाई दिँदै आएको छ । सिफारिसअनुसार जिल्लाका पालिकामध्ये ५ नगरपालिकाले ६२ करोड ३६ लाख र ६ गाउँपालिकाले ४९ करोड ८७ लाख गरी ११ पालिकाले कुल एक अर्ब १२ करोड २३ लाख समानीकरण अनुदान पाउने छन् ।


    आयोगले सिफारिस गरेअनुरुप जिल्लामा सबैभन्दा धेरै अनुदान रकम पाउनेमा वालिङ नगरपालिका रहेको छ ।
     वालिङले १५ करोड २९ लाख अनुदान पाउँदा पुतलीबजार नगरपालिकाले १४ करोड १४ लाख पाउने भएको छ । गल्याङ नगरपालिकाले १२ करोड ६५ लाख अनुदान पाउँदा चापाकोट नगरपालिकाले १० करोड ३३ लाख र भीरकोट नगरपालिकाले ९ करोड ९५ लाख अनुदान पाउने भएका छन् ।


    उता गाउँपालिकातर्फ कालीगण्डकी गाउँपालिकाले ९ करोड ३१ लाख पाउँदा बिरुवा गाउँपालिकाले ८ करोड ५५ लाख पाउने छ । आँधीखोला गाउँपालिकाले ८ करोड २१ लाख पाउँछ भने अर्जुनचौपारी गाउँपालिकाले ८ करोड १० लाख पाउने भएको छ । हरिनाश गाउँपालिकाले ८ करोड ७ लाख पाउँदा सबैभन्दा कम फेदीखोला गाउँपालिकाले ७ करोड ६३ लाख अनुदान पाउने भएका छन् ।


    आयोगमार्फत् विभिन्न १७ सूचकलाई आधार मानेर स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरिन्छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ अनुसार प्रदेश र स्थानीय तहको १७ सूचकमा गरिएको मूल्यांकनका आधारमा आयोगले वित्तीय समानीकरणको अनुदान दिन सरकारलाई सिफारिस गर्दै आएको छ ।


    संघीय र प्रदेश सरकारले दिने विभिन्न खालका अनुदान तथा आन्तरिक श्रोतबाट संकलन हुने राजस्वको आधारमा स्थानीय तहले आफ्नो बजेट ल्याउने गरेका छन् । 


    जिल्लाका स्थानीय तहको आन्तरिक श्रोत कमजोर हुँदा विकासका गतिविधिमा संघ र प्रदेश सरकारको अनुदानमा भरपर्न बाध्य भएका छन् । 


    भरपर्दो आन्तरिक श्रोत नहुँदा वार्षिक रुपमा उक्त श्रोतबाट गर्न भनिएका घोषित दर्जनौ योजनाहरु घोषणामा सिमित बन्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij