२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल महामेलामा राष्ट्रिय कलाकारको लर्को

बुटवल महामेलामा राष्ट्रिय कलाकारको लर्को

बुटवल महामेलामा राष्ट्रिय कलाकारको लर्को

बुटवल महामेलामा राष्ट्रिय कलाकारको लर्को

बुटवल महामेलामा राष्ट्रिय कलाकारको लर्को
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • बुटवल । बुटवल देवीनगरमा जारी महामेलामा दैनिकरुपमा प्रस्तुति दिइरहेका राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको लर्कोले महामेलाको रौनक बढाएको छ । 
    महामेलामा दैनिकरुपमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने गरेको छ । 


    विशेषगरी साँझपख संगीतपारखी दर्शकहरुको महामेलामा भीड लाग्ने गरेको आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बताए । आफूलाई मनपर्ने कलाकारको सांगीतिक प्रस्तुतिमा रमाउन र आवश्यक सामान किनमेल तथा  रेष्टुरेण्टमा खानपीनका लागि  दर्शकहरु महामेलामा आउने क्रम दिन प्रतिदिन बढ्दो क्रममा रहेको अध्यक्ष भुसालले बताए । 


     दिनभर जस्तो सुनसान हुने महामेला साँझ ४ बजेपछि  लोकप्रिय कलाकारहरुको प्रस्तुति सुरुसँगै चहलपहल र भीडभाड बढ्ने गरेको सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताए ।


    आइतबार लोक दोहोरी गायक खुमन अधिकारी, आधुनिक गायक हेमन्त शर्मा, लोक दोहोरी गायिका लालमाया थापा, गायकहरु शिव क्षेत्री, भुवन खड्कालगायतको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिलाएको  सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताए । आज सोमबार चर्चित लोकदोहोरी गायक चन्द्र शर्मा, दोहोरी गायिका प्रिति आले, हास्य कलाकार उज्ज्वल गिरी, टप सानेनी डान्स ग्रुपलगायतका कलाकारको गीत र नृत्य रहने छ । 


    रेष्टुरेण्टसहित सय बढी स्टल रहेको महामेलामा बाल उद्यान, जल परी, पर्यटकीय स्थलहरुको फोटो, डान्स आइडल, जोडी नृत्यलगायतका विविध सांस्कृतिक कार्यक्रमहरु समावेश छन् ।


     चैत २४ सम्म चल्ने महामेला फरवार्ड मल्टिपर्पोज कम्पनीले महामेला आयोजना गरेको हो भने महामेलाको संरक्षक बुटवल उप–महानगरपालिका रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij