२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रथम बटौली कप क्रिकेटमा गोलपार्क र स्टार विजयी

प्रथम बटौली कप क्रिकेटमा गोलपार्क र स्टार विजयी

प्रथम बटौली कप क्रिकेटमा गोलपार्क र स्टार विजयी

प्रथम बटौली कप क्रिकेटमा गोलपार्क र स्टार विजयी

प्रथम बटौली कप क्रिकेटमा गोलपार्क र स्टार विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ९ २०८२
सोमवार, चैत्र ९ २०८२
  • भैरहवा । भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पृथ्वीनारायण शाह स्पोर्टस् प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा आइतबारदेखि प्रतियोगिता सुरु भएको हो ।


    आइतबार भएका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । गोलपार्कले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ६३ रन र स्टारले पाल्पा–११ लाई ५ विकेटले पराजित गर्दै जित हात पारेको हो ।


    भैरहवास्थित सिद्धार्थ क्रिकेट भएको पहिलो खेलमा टस जितेर ब्याटिङमा आएको गोलपार्कले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५३ रन बनायो । उसका लागि ईश्वर क्षेत्री र सागर गैरेले समान ३७–३७, सुजन गौतमले १९, दीपेश रोकाले १५ र हरजीत सिंहले १० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका सचिन राजभरले ३, अजमत अली र गल्सन यादवले २–२ तथा आकाश गिरीले १ विकेट लिए ।


    जवाफी ब्याटिङ गरेको लुम्बिनी शाक्यनले ७ विकेट गुमाएर ९० रन मात्रै बनायो । उसका लागि प्रियान्सु बर्माले २८ र राहत हुसेनले १९ रन बनाए । बलिङमा गोलपार्कका सागर गिरी र हरजित सिंहले समान २–२ तथा कलम अली, सुमित थापा र रिक्की पुनले १–१ विकेट हात पारे । खेलमा सागर गैरे प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।


    यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाल्पाले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो । उसका लागि जय गोदारले २१, नविन भण्डारीले १९, रोशन घिमिरले १३ र सन्दीप बनियाँले १२ रन बनाए । बलिङमा स्टारका प्रेमसागर दादव, लेख क्षेत्री, कृष्ण विक र किशान भारतीले समान २–२ तथा प्रज्ज्वल अर्याल र सुमन केसीले १–१ विकेट लिए ।
    जवाफी ब्याटिङ गरेको स्टारले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर ९६ रन बनाउँदै जित निकाल्यो । 


    उसको जितमा विन्दराम यादवले ४३, आशिष यादवले २२ र रन्जित मौर्यले १३ रनको योगदान गरे । बलिङमा पाल्पाका जय गोदारले ३ तथा शिशिर लुईंटेल र मनिष न्यौपाले १–१ विकेट लिए । खेलमा किशान भारती प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।


    चैत्र १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १६ टीम सहभागी छन् । आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij