२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अखण्ड नेपाल बनाऔैं

अखण्ड नेपाल बनाऔैं

अखण्ड नेपाल बनाऔैं

अखण्ड नेपाल बनाऔैं

अखण्ड नेपाल बनाऔैं
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १० २०८२
मंगलवार, चैत्र १० २०८२
  • देशभक्त नेपालीलाई अपीलः
    झपेन्द्र जिसी
    गुजराततिर स्थायी बसोबास भएका केही वर्षयता दिल्ली दरबारमा बसोबास गर्ने मोदी भन्ने मान्छेले उद्घोष गरेको छ–‘भारत, इरान, इजराइलबिचको युद्धमा कता छ भनेर कोही अलमल हुनुपर्दैन । हामी इजरायलको पक्षमा छौं वा भारत इजरायलको पक्षमा छ ।’ यो भनाइ तिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हो । उनले थप भनेका छन्– इरानलाई ध्वस्त पार्ने हो । इरान ध्वस्त भएपछि पाकिस्तानलाई ध्वस्त पार्ने हो । त्यसपछि नेपाल, बंगलादेश, श्रीलंका र अफगानिस्तानलगायतलाई त विना युद्ध शान्तिपूर्ण ढंगले समेटेर अखण्ड भारत निर्माण गर्ने हो । यो भारती शासक नरेन्द्र मोदीको हो । त्यसो त छिमेकी देशहरुलाई निल्ने भोक भारतलाई सन् १९४७ देखि नै लागेको हो । जवारहारलाल नेहरु, गुजराल, इन्दिरा गान्धी सबैको चाहना यही नै थियो र हो । सहयोग र पञ्चशीलको सिद्धान्त वकालत त गर्ने, तर व्यवहार भने त्यसको विपरीत इतिहासदेखि नै गर्दै आएको छ । त्यसैको परिणाम हो स्वतन्त्र र साम्प्रभु देश सिक्किमलाई भारतीकरण गर्नु । त्यसकै परिणाम हो । सुस्ता, महेशपुराजस्ता नेपालका अभिन्न अंगलाई आफ्नो भनी दाबी गर्नु ।


    त्यसैको परिणाम हो सुगौली सन्धिले समेत स्वीकार गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतीय सैन्य शक्ति  तैनाथ गरिनु । त्यसकै चरित्र प्रदर्शन हो जेनजी आन्दोलन मच्याएर केपी ओली सरकार ढाल्नु र नेपालको संविधानविपरीत सुशीला कार्की नामको कथित नागरिक सरकार गठन गरिनु र पुनः फागुन २१ गते निर्वाचनको नाटक मञ्चन गरिनु । यी सबै काम गर्नमा अमेरिकन शासक गुटको समेत स्वार्थ रहेको देखिन्छ ।  


    प्रिय नेपाली स्वाभिमानी देशभक्त पुर्खाका सन्ततिहरु ! यो पंक्तिकार अमुक सरकारको पृष्ठपोषक र अमुक सरकारको विरोधी होइन र छैन ।


    यो लेखकको अभीष्ट एउटा मात्र छ, त्यो हो सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मेरो देश नेपालमाथि कसैले घुनपुत्लो नलगाओस् । मेरो देश नेपालको अस्तित्व र अस्मिता नमेटियोस् । मेरो देश नेपाल र नेपाल नेपाली जनताले सिक्किमले झैं दुर्दिन भोग्न नपरोस् । विश्वमान चित्रमा नेपालको सूर्य चन्द्र अंकित झण्डा फरफराइरहोस् ।


    महाशय मोदीजी, ठूल्दाइ हुँ भनी बढी फूतिफार्ती नगर, फुरीफुरी नगर । तिम्रो देश भारतभन्दा मेरो देश नेपाल धेरै जेठो छ । इतिहासमा ब्रिटिस कम्पनी सरकार कालदेखि मेरो देशको सीमा भित्रका भूभागहरु लुट्यौं । कुमाउ, गढबा लुट्यौं ! दार्जिलिङ्ग र सिक्किम लुट्यौं ! लुट्नसम्म लुट्यौं । तिमी जस्तै लुटाहा मै हुँ भन्ने तिमी जस्तै लुटहा अमेरिकी उन्मादलाई इरानले नै स्वाद चखाउँदै छ !  लुटहा साम्राज्यवादी अमेरिका जस्तालाई परास्त गर्दैछ । आफ्नो साथमा अघोषित रुपमा अमेरिकी महाशक्ति रहेको छ भन्ने कुराले मोदीजीको तुजुक बढेको हुन सक्छ । शक्ति संघर्षका क्रममा अमेरिकी साम्राज्यवादकाविरुद्ध चीन रुस जस्ता उदयमान महाशक्ति राष्ट्रहरु पनि राम हेरेर हातमा दही जमाएर नबस्ने स्थिति देखिंदैछ । त्यस्तो अवस्थामा ह्रिंसक, आतंककारी अर्काको भूभाग लुटाहाको हार र शान्ति प्रिय देशहरुको विजय अवश्य हुनेछ । त्यसैले नेपाल, भुटान, बंगलादेश, श्रीलंकाजस्ता देशहरु शक्तिहीन ठानेर हेप्ने, चेप्ने, दबाउने प्रवृत्ति बन्द गर !


    भनिसकिएको छ । भारत नेपालभन्दा धेरै कान्छो देश हो । याने कि नेपाल भारतभन्दा धेरै जेठो देश हो । दक्षिण एसियाकै सबभन्दा जेठो र प्राचीन देश हो । यसको सभ्य र संस्कृति जेठो छ । धर्म पनि जेठो छ । नेपालको शैव धर्म संस्कृतिलाई उछिन्ने कसले ? नेपालको हुम्ला र हुम्लाको उत्तर खाडी प्रदेशमा उत्पत्ति भएको वोनधर्म वा बोन्पो धर्म जसको मन्त्र माने पेमे हुँ ! पनि अति प्राचीन धर्म संस्कृति हो ।


    बुद्ध दर्शन, धर्म, संस्कृतिको उत्पत्ति थलो लुम्बिनी कपिलवस्तु नै हो । विपस्वी बुद्ध कनकमणि बुद्ध र क्रकुच्छन्द बुद्धको आश्रम पतञ्जलीको आश्रममा पनि त यही हो । साङ्ख्यदर्शनका प्रणेनता महर्षि कपिलको आश्रम पनि हाम्रैै कपिलवस्तु हो ।


    इ.पू. ५६३ मा कपिलवस्तुमा लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमबुद्ध जसले चार आर्य सत्य  प्रतिपादन गरे । मानव मुक्तिका लागि अष्टाङ्गिक मार्ग (आठ उपाय) को र विपसना ध्यान योगको प्रतिपादन पनि त यहीं भएको हो । बुद्धलाई एसियाका तारा विश्व शान्तिका अग्रदूत भनेर विश्वले स्वीकारेको छ । ओममणि पद्मे हुँ बुद्ध दर्शन धर्म संस्कृतिको मन्त्र हो ।


    भारतीय शासकहरु नेपालको अथाहा सभ्यता, संस्कृति देखेर ¥याल काडेका छन् र नक्कली कपिलवस्तु, नक्कली लुम्बिनी, बुद्धका बाबु शुद्धोधनको नक्कली दरबार  र कपिलवस्तु–लुम्बिनीको आडमै बनाएर बुद्धको जन्मस्थल भारतमा भएको दाबी गर्र्दैछन् । त्यति मात्र होइन बुद्धको जन्मस्थल भारतमा भएको दाबी गर्र्दैछन् । त्यति मात्र होइन बुद्धले प्राप्त गरेका बोद्धी गान गयामा हो भनेर ठेलीहरु लेखी लेखाएर नेपाली कथित विद्वानहरुको गिदीमा लिदी भरिदिएका छन् ।


    साँचो कुरा के हो भने सिद्धार्थ बुद्ध महाज्ञानी थिए । ज्ञानको खोजीमा उनी आजीवन लागिरहे । ज्ञानले तृप्त कोही पनि हुँदैन । तृप्ती प्रगतिको बाधक हो ।


    सिद्धार्थ गौतम बहुला वा पागल थिएनन् । लुम्बिनी कपिलवस्तुमा बोधी ज्ञान प्राप्त गरेर सारनाथ गई उनले देशना (उपदेश) दिन थालेको पाइन्छ । 


    अन्धकार रातमा महाभिनिस्ष्क्रिमण वा दरबार छोड्नुको अर्थ घर  परिवारले थाहा नपाऊन भनेर नै हो । थाहा पाएमा परिवारले जाने अनुमित दिँदैनन् भनेर नै हो । 


    प्रिय मित्रहरु ! सम्राट अशोकले लुम्बिनी कपिलवस्तुमा आई ३ वटा अशोक पिलार वा स्तम्भ गाडेको प्रमाण अद्यापि ताजै छ । तर नेपालको सीमा पारि नक्कली लुम्बिनी र कपिलवस्तु र शुद्धोधनको नक्कली दरबार निर्माण गर्नुले भारतीय शासक वर्ग हस्तक्षेपकारी, सांस्कृतिक अतिक्रमणकारी हुन् भनेर पुष्टि गरेको छैन र ?


    २०० वर्षसम्म ब्रिटिस साम्राज्यवादको गुलाम बनेको भारतलाई मुक्त गर्न नेपालका नेताहरु मनमोहन अधिकारी, बीपी कोइराला र नेपाली विद्यार्थीहरु ‘भारत छोड’ आन्दोलनमा सक्रिय सहभागी हुँदा भारतीय जेल सजाय समेत भोगेको निःस्वार्थ गुनलाई वर्तमान भारतीय शासक गुटले चटक्कै भुलेर गुनको बदला नेपाल समेतलाई गाभेर अखण्ड भारत बनाउने भन्दैछ ।
    नेपाल र नेपालीलाई यो कुरा सह्य छैन । तर, केही नेपाली दलालहरु नरेन्द्र मोदीले नेपाल समेतलाई गाभेर अखण्ड भारत बनाउने भनेको फेक न्यूज झुठो समाचार हो भनेर दिल्लीको वकालत गर्र्दैछन् ।


    अन्त्यमा प्रिय देशभक्त मित्रहरु ! हामी पनि अब निर्भिकताका साथ भनौं नारा गुञ्जन गरौं ! अखण्ड भारत किन ? भारत समेतलाई गाभेर अखण्ड नेपाल बनाऔं । त्यसको राजधानी दिल्ली होइन, काठमाडु बनाऔं । सधैंका कचकच किन ? खिसै खतम !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij