२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बधशाला चलाऊ

बधशाला चलाऊ

बधशाला चलाऊ

बधशाला चलाऊ

बधशाला चलाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • राज्यको करोडौं लगानी भएको बुटवल बधशाला अहिले बन्द छ । सार्वजनिक निजी साझेदारी मोडलमा चलाउने पूर्व प्रतिबद्धता त्यागेर बुटवल उप–महानगरपालिकाले एउटा निजी कम्पनीलाई बधशाला सञ्चालनको जिम्मेवारी दियो । बधशाला सञ्चालन बारे उप–महानगरपालिका, किसान र मासु व्यवसायीबिचको विवादले बधशाला सञ्चालनको जिम्मेवारी पाएको कम्पनीले बधशाला सञ्चालन गर्न सकेन् । अहिले बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक प्रालि अहिले उप–महानगरपालिकाबाट क्षतिपूर्ति माग गर्दै अदालत गएको छ । अदालतमा विचाराधीन विषय भन्दै पन्छाउनुको साटो सञ्चालनको मोडालिटी तयार गर्न उप–महानगरपालिकाले पहलकदमी लिनुपर्छ । सम्भवतः अदालतबाट यो विषयको टुंगो छिटो लाग्नेछ ।
    बुटवल उप–महानगरपालिका-१० रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बधशाला तीन वर्षअघि २३ करोड ९६ लाखमा निर्माण सम्पन्न भएको हो । यो बधशालामा दैनिक एक हजार खसीबोका बध गर्न मिल्छ । बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच, सुरक्षा कक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचासहितको यो बधशाला नेपालकै नमूना आयोजना हो ।


    यो आयोजना सञ्चालन नहुँदा आयोजनाले परिकल्पना गरेको लक्ष्य हासिल हुन सकेन् । आयोजनाले नतिजा दिन नसकेपछि नागरिकको करबाट खर्च हुने बजेटमाथि प्रश्न उठ्नु स्वभाविकै हो । नागरिकले तिरेको करबाट बजेट विनियोजन र खर्च हुन्छ । नागरिकको हितको लागि बन्ने आयोजनाले उचित प्रतिफल दिन सक्नुपर्छ । सार्वजनिक निजी साझेदारी मोडलबाट चलाउने सहमतिलाई खारेज गरेर एउटा कम्पनीले व्यवस्थित ढंगले चलाउँछ भन्ने आँकलन फेल भएको छ । अब बधशाला छिटो चलाउन उप–महानगरपालिकाले पहलकदमी लिनुपर्छ । यो कसैको हार वा जितको विषय नभएर राज्यको जिम्मेवारीको विषय हो, नागरिकप्रति जवाफदेही हुनु हो । अब उप–महानगरपालिकाले बधशालाको दिगो सञ्चालनका लागि पहलकदमी लिनुपर्छ ।
    राज्यको २३ करोड लगानी भएको बधशाला अलपत्र पर्दा आगामी दिनमा यस्ता आयोजनामा हुने लगानीबारे प्रश्न उठ्नु राम्रो होइन् । लगानी गर्न हच्किनुपर्ने देखियो । उप–महानगरपालिका स्थानीय सरकार हो, घरदैलोको सरकारले वस्तुगत अवस्था बुझेर अघि बढ्दा जित स्थानीय सरकारकै हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij