२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जेल ब्रेक अभियोग लाउनुपर्ने रविको मुद्दा फिर्ता बदनीयतपूर्ण : वरिष्ठ अधिवक्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • बुटवल ।  रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी छ ।

    बहस गर्दै रिट निवेदक वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले महान्यायाधिवक्ताको काम मुद्दा अभियोजन गर्ने, तर फिर्ता लिने नभएको जिकिर गरे । अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क छ ।

    उनले भने–‘एउटा महान्यायाधिवक्ताले अनुसन्धान गरेर पुरक अभियोग पनि दर्ता गरेको अवस्थामा अर्कोले त्यसलाई फिर्ता लिन सक्दैन । जेल ब्रेकको अभियोगमा मुद्दा चलाउनुपर्ने व्यक्तिका अरु मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण देखियो श्रीमान !’
    भण्डारीले जेमा पनि राजनीतिक प्रतिशोध भन्न नमिल्ने जिकिर गरे ।

    उनले थपे–‘भोलि अदालतकै आदेशमा प्रतिशोध भनिँदैन भन्ने के ग्यारेन्टी ? मुद्दा फिर्ता लिने निर्णय सदर भए अदालतको क्षेत्राधिकारमा महान्यायाधिवक्ताको हस्तक्षेप ठहर्छ ।’

    रवि लामिछाने भदौ २४ गते जेन–जी आन्दोलनको मौका छोपेर जेलबाट बाहिर आएका थिए । तर रवि जस्तै केही हाइ प्रोफाइल कैदी भने जेलमै रहेका थिए । जेलबाट बाहिर निस्कंदा रविले रुफ टप गाडीमा उभिएर विजय उत्सव मनाएको शैलीमा प्रस्तुत भएका थिए । उनको उक्त व्यवहारको चर्को आलोचना भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij