२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कोरिया जान पाइने रुट इण्डष्ट्रिज तालिम कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा

कोरिया जान पाइने रुट इण्डष्ट्रिज तालिम कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा

कोरिया जान पाइने रुट इण्डष्ट्रिज तालिम कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा

कोरिया जान पाइने रुट इण्डष्ट्रिज तालिम कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा

कोरिया जान पाइने रुट इण्डष्ट्रिज तालिम कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१

  • बुटवल । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा गत वर्षदेखि  रुट इन्ड्रष्टिज तालिम सुरुवात गरिएको छ । १२० घण्टा कोरियन भाषा तालिम र १२० घण्टा वेल्डिङ तालिम दिने गरी यो कार्यक्रम सञ्चालनमा आएको हो । गत वर्ष ३० जनाले तालिम लिएर कोरिया गएकामा यस वर्ष  ५० जना छनोट भई तालिम लिन लागेका हुन् ।  यसको शुल्क ५५ हजार ५ सय रुपैया छ । यो तालिममा २१–३५ बर्ष उमेरका मात्रै सहभागी हुन पाउंछन्  । 


    यो तालिम पूरा गरेकाहरु इपीईएस प्रणाली अनुसार नै कोरिया जान पाउंछन् । तर यो तालिम लिनेहरुलाई अरुलाई भन्दा केही सहज र बेग्लै व्यवस्था हुने यो तालिम भित्राउन मुख्य भूमिका खेलेका यसका जानकार कोरिया रिटर्नी गम्भीर गुरुङ बताउंछन् ।

    यो तालिम लिनेहरुलाई भाषा परीक्षामा ३५ अंक ल्याए मात्र हुने र एक पटकमा जान नपाए अर्को पटकमा जान पाउने संभावना ९० प्रतिशत हुने गुरुङले बताए ।  

    ‘भाषा परीक्षा मात्रै पास गरेर कोरिया जान खोज्नेहरु वर्षौंसम्म जान नपाएको अवस्था देखेर सीपमूलक तालिमसहितको यो कार्यक्रम ल्याउनुपर्छ भनेर मैले नै कोरियनहरुलाई सुझाव दिएको हुं, पछि  उनीहरुले यो कुरालाई राम्रो मानेर लागु भएको हो’–गुरुङले भने ।

    यो कार्यक्रम राम्रो देखेपछि म्यानपावर कम्पनीहरुले सिटिइभीटीबाट खोस्न पैसा र शक्तिको चलखेल गरिरहेको सरोकारवालाको भनाई छ । यो तालिमबाट जानेहरुले बढीमा २ लाख खर्चमा कोरिया गएर मासिक न्युनतम ३ लाख कमाउन सक्छन् । यदि सिटिइभिटीबाट खोसिएर र म्यानवपावर कम्पनीको हातमा गएमा १५ लाख सम्म असुल्न सक्ने भएकाले त्यस्तो चलखेल सफल हुन नदिन स्थानीय सरकार चनाखो हुनुपर्ने औंल्याएका छन् । 


    शिक्षालयका रुट इन्डष्ट्रिज कार्यक्रम संयोजक अमर अधिकारीले कोरिया सरकारको सहयोगमा यो तालिम आयोजना गरिएको र कोरिया सरकारबाट नै औद्योगिक कामदारको रुपमा दक्ष कामदार लैजाने बताए ।


    शिक्षालयका मेकानिकल विभाग प्रमुख दिलिप केसीले तालिम सकिएपछि सीप परिक्षण हुने र त्यसमा पास भएका विद्यार्थीलाई कोरिया सरकारले लैजाने जानकारी दिए ।
    कार्यक्रममा प्रशिक्षार्थी गोपाल कुमार रोका लगायतले स्वदेशमा रोजगारी गर्दा राम्रो तलब नहुने भएकाले विदेश जानु वाध्यता परेको भनाइ राखेका थिए ।


    पर्याप्त पुर्वाधार र कम शुल्क तर विद्यार्थी अभाव 
    दक्षिण कोरिया सरकारको  करिब ७० करोड लगानीमा बुटवलको तामनगरमा  सञ्चालनमा रहेको कोरिया नेपाल वहु प्राविधिक शिक्षालय ( केएनपीआई ) ले पछिल्ला वर्षहरुमा विद्यार्थीको अभाव झेल्न थालेको छ ।

     

     पर्याप्त भौतिक पुर्वाधार, प्राक्टिकलका लागि पर्याप्त मेशिन लगायत सुविधा, निजी कलेजको तुलनामा सस्तो शुल्क हुंदाहुंदै विद्यार्थी अभाव हुन थालेपछि यसको भविष्यमाथि नै चिन्ता उत्पन्न भएको छ । 


    यो संस्थामा सिटीईभिटी अन्तर्गतको अटोमोबाइल्स, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स,इन्फरमेसन टेक्नोलोजी,मेकानिकल तथा रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन इन्जिनियरिङ गरी ५ विषयमा डिप्लोमा तहको तीन वर्षे कोर्स पढाई हुन्छ । 


     यिनै ५ विषयमा ३९० घण्टादेखि २४ महिनेसम्मका छोटा अवधिका तालिम र पढाई समेत हुने गर्छ । हरेक विषयमा जेहेन्दार ५ जनाका दरले २५ जनाले निःशुल्क छात्रवृत्ति पाउंछन् भने विपन्न, दलित, मुस्लिम,मधेशी,लोपोन्मुख समदायका विद्यार्थीले सरकारबाट उल्टै पैसा पाउंछन् । उनीहरुले कोठा भाडा वापत मासिक २ हजार, यातायात वापत वार्षिक १५ सय, पोशाक वापत वार्षिक २५ सय र मासिक  ३५ सय पारिश्रमिक समेत पाउंछन् । यस्तो रकम हरेक विषयमा  ४० जनाका दरले पाउन सक्छन् । तीन वर्षको शुल्क ९८ हजार मात्र लाग्छ  । 


     यहां पढ्ने विद्यार्थीले पढाई पूरा गरेपछि  कि राम्रो तलबको जागिर पाउंछन् कि आफै उद्यमी व्यवसायी  बन्न सक्ने संस्थाका प्रिन्सिपल नवीनकिशोर गैरेको दावी छ । 
     गत वर्ष रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन इन्जिनियरिङमा विद्यार्थी भर्ना हुनै आएनन् ।  संस्थामा ७२० सय जना विद्यार्थी भर्ना गरेर पढाउन सकिने पुर्वाधार भएपनि ५ सय हाराहारी विद्यार्थी मात्र छन् ।  


    यो वर्ष २४० जना भर्ना गर्न सकिने कोटामा ६५ जना मात्र आएका गैरेले बताए । यद्यपि केही दिन भर्नाको म्याद रहेपनि धेरै  आशावादी हुने अवस्था नरहेको बताए । हरेक वर्ष विद्यार्थी संख्या घट्दै गएको उनको भनाई छ । 

    Messenger_creation_71b9e942-faa3-4c39-971a-f401421c3bbb.jpeg


    ‘पढाई पूरा गरेर प्रमाणपत्र हात परेपछि कोही पनि बेरोजगार बस्नु पर्दैन,स्कोप ठूलो छ तर विद्यार्थीकै समस्या हुन थाल्यो’–प्रिन्सिपल गैरेले भने–‘रोजगारमूलक सीप सिकाउने, श्रम बजारलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने, रोजगार र उद्यमशिल बनाउने देशकै ठुलो र बुटवलको गहना भनिएको संस्थामा विद्यार्थी अभाव भएपछि हामी यसको भविष्यबारे चिन्तित भएका छौं ।’ 


    यहां पढेर अटोमोबाइल्सतर्फ प्रथम हुनेलाई सिप्रदीले एक लाख नगद पुरस्कार सहित उत्तिर्ण हुने सबैलाई रोजगारी सुनिश्चित गरेको मेकानिकल विभाग प्रमुख दिलीप केसीले बताए । 


    प्रिन्सिपल गैरेको बुझाईमा कोर्स केही कठिन भएकाले विद्यार्थीहरुको आकर्षण घटेको हो । यसतर्फ सिटिईभिटीले अध्ययन गरी  परिमार्जन गर्नुपर्ने र प्राक्टिकलतर्फ बढी अंक बनाएर विद्यार्थीको आकर्षण बढाउनुपर्ने औंल्याए । 


    बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले केएनपीआईमा विद्यार्थी अभाव हुन नदिन बुटवल उपमहानगर र छिमेकी पालिकाहरुमा यहां पढाई हुने विषयको महत्वबारे प्रचार प्रसार फैलाउन आवश्यक रहेको औंल्याइन् । ‘यो संस्था र बिटिआई बुटवलका गहना हुन्, दुबैलाई कमजोर हुन नदिन आवश्यक प्रयास गर्छौं’–उनले भनिन् ।     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij