२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खाना पकाउने ग्यास अभाव

खाना पकाउने ग्यास अभाव

खाना पकाउने ग्यास अभाव

खाना पकाउने ग्यास अभाव

खाना पकाउने ग्यास अभाव
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • खाना पकाउने एलपी  ग्यास अभावले उपभोक्ता पिसिल्न थालेका छन् । एलपी ग्यास भारतबाट ल्याएर बिक्री गर्ने जिम्मा पाएको नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति नियमित भइरहेको बताएको छ । तर बजारमा उपभोक्ताले सहजै ग्यास पाइरहेका छैनन् । भैरहवा भन्सार कार्यालयकाले दिएको जानकारी अनुसार, अघिल्लो वर्षको फागुनको तुलनामा अहिले पनि उस्तै परिमाणमा ग्यास आयात भइरहेको छ  । पुसमा ६ हजार ७५८ मेट्रिक टन, माघमा ६ हजार ५७५ मेट्रिक टन र फागुनमा ७ हजार ४८८ मेट्रिक टन ग्यास आयात भएको छ । यो तथ्याङ्क हेर्दा आयात ठिकठाक छ ।


    एलपी ग्यास सहजै नपाइनुका मुलतः दुई कारण हुनसक्छन् । पहिलो उपभोक्ताले अत्याधिक सञ्चित गरेका हुनसक्छन् । दोस्रो ग्यास बिक्रेता नै कालोबजारी गरिरहेका छन् । अभावका बेला लुकाएर महँगो मूल्यमा बेच्न थालेका छन् । भारतले नाकाबन्दी लगाएका बेला धेरै उपभोक्ताले दुईभन्दा बढी सिलिण्डर राख्न बाध्य भए । अहिले तिनै सिलिण्डरमा सञ्चित गरेको पाइन्छ । अहिले अभावमा ती छन्, जोसँग धेरै सिलिण्डर छैनन् । र, गरिब तथा न्यून आय भएका छन् । ग्यास बिक्रेता कालोबजारीमा लाग्दा राज्यले नियमित आपूर्ति भइरहेको भने पनि बजारमा आपूर्ति असहज छ । केही दिनअघि बुटवल र सैनामैनामा भएको बजार अनुगमनमा ६ सय हाराहारी सिलिण्डर लुकाएको भेटिएको थियो ।


     अभावको बेला पैसा कमाउन पल्केकाहरुको मारमा उपभोक्ता पर्दा नियमनकारी निकायले कानुनले दिएको अधिकार प्रयोग गरी हदैसम्मको जरिवाना र दण्ड तोक्नुपर्छ ।


    पश्चिम एसियाको तनाव लम्बिएसँगै उपभोक्तालाई आधा सिलिण्डर ग्यास दिन थालिएको छ । गर्जो टार्नका लागि यो कदम ठिकै मान्न सकिएला, तर उपभोक्ताले आधा सिलिण्डर ग्यास पाएका छन् कि त्योभन्दा थोरै पाएका छन् ? अनुगमन प्रभावकारी हुनुपर्छ ।


    नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लामा रहेका सबै आधिकारिक ग्यास डिलरहरूले उद्योगबाट प्राप्त गरेको ग्यास र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय तथा निगमको प्रादेशिक कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 


    कृत्रिम अभाव सिर्जना हुन नदिन र वितरण व्यवस्थालाई व्यवस्थित बनाउन निगमले कडाइ गरेको हो । यो व्यवस्थाबाट डिलरहरूले उद्योगबाट प्राप्त गरेको ग्यास र बिक्रीको वास्तविक अवस्था स्पष्ट रूपमा थाहा हुनेछ । साथै उपभोक्तालाई ग्यास बिक्री गर्दा नागरिकता वा परिचयपत्र नम्बरसहितको विवरण राख्नुपर्नेछ । यस व्यवस्थाबाट एउटै उपभोक्ताले पटक–पटक ग्यास किनेर अनावश्यक मौज्दात राख्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्न सकिने निगमको विश्वास छ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले गरेको यो व्यवस्थाको व्यवहारिक कार्यान्वयन आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij