२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल महामेलामा आज दुर्गेश थापाको सांगीतिक प्रस्तुति

बुटवल महामेलामा आज दुर्गेश थापाको सांगीतिक प्रस्तुति

बुटवल महामेलामा आज दुर्गेश थापाको सांगीतिक प्रस्तुति

बुटवल महामेलामा आज दुर्गेश थापाको सांगीतिक प्रस्तुति

बुटवल महामेलामा आज दुर्गेश थापाको  सांगीतिक प्रस्तुति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • बुटवल । बुटवल देवीनगरमा जारी महामेलामा आज सांझ चर्चित कलाकार दुर्गेश थापाले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । आज साझ ८ देखि ९ बजेसम्म दुर्गेश थापाको प्रस्तुती रहने महामेलाका सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । दुर्गेशको प्रस्तुति हेर्न  साधारण टिकट १०० रुपैयाँमै सकिने न्यौपानेले बताए । दुर्गेश पहिल्ला वर्षहरुमा सर्वाधिक चर्चित र महंगा कलाकारमा गनिन्छन् ।  
    दुर्गेश संगै महामेलामा ¥यापर प्रज्वल पौडेल, दोहोरी गायक भरत क्षेत्री र आश्मा बन्जाडेको प्रस्तुति रहनेछ । दुर्गेशको प्रस्तुति रहने भएकाले आज हजारौं दर्शक आउने अनुमान गरिएको महामेलाका संयोजक गोबिन्द भुसालले बताए ।
    महामेलामा दैनिकरुपमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने गरेको छ । 
    विशेषगरी सांझपख संगीतपारखी दर्शकहरुको महामेलामा भीड लाग्ने गरेको आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बताए । आफूलाई मन पर्ने कलाकारको सांगीतिक प्रस्तुतिमा रमाउन र आवश्यक सामान किनमेल तथा  रेष्टुरेन्टमा खानपीनका लागि  दर्शकहरु महामेलामा आउने क्रम दिन प्रति दिन बढ्दो क्रममा रहेको अध्यक्ष भुसालले बताए । 
     दिनभर जस्तो सुनसान हुने महामेला साझ ४ बजेपछी  लोकप्रिय कलाकारहरुको प्रस्तुति शुरु संगै चहलपहल र भीडभाड बढ्ने गरेको सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपानेले बताए । चैत २४ सम्म चल्ने महामेला फरवार्ड मल्टिपर्पोज कम्पनीले महामेला आयोजना गरेको हो भने महामेलाको संरक्षक बुटवल उपमहानगरपालिका रहेको छ ।  महामेलाको सहआयोजकमा राष्ट्रिय लोक संचारकर्मी नेपाल केन्द्र र लुम्बिनी प्रदेश समिती रहेको छ । 

    रेष्टुरेन्ट सहित सय बढी स्टल रहेको महामेलामा बाल उद्यान,जल परी, पर्यटकीय स्थलहरुको फोटो, डान्स आइडल, जोडी नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रमहरु समावेश छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij