२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सिटी कलेजमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लुम्बिनी सिटी कलेजमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लुम्बिनी सिटी कलेजमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लुम्बिनी सिटी कलेजमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लुम्बिनी सिटी कलेजमा नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • बुटवल । लुम्बिनी सिटी कलेज मा नवप्रवेशी विद्यार्थीहरूको स्वागतार्थ विशेष कार्यक्रम सम्पन्न गरिएको छ। चैत १२ गते आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ।

    कार्यक्रममा बीएससी सीएसआईटी, बीसीए तथा बीआईटीएम तेस्रो सेमेस्टरका विद्यार्थीहरूले प्रथम सेमेस्टर २०८२ ब्याचका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए। उनीहरूले नवआगन्तुक विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको कामना गर्दै सूचना प्रविधि (आईटी) क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न प्रेरित गरेका थिए।

    कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा.डा. गणेश प्रसाद पाठक ले यस्ता कार्यक्रमले विद्यार्थीहरूबीच अनुभव आदान–प्रदानसँगै सहकार्य र आपसी सम्बन्ध मजबुत बनाउने बताए। उनले कलेजले अध्ययनसँगै विद्यार्थीहरूको व्यक्तिगत तथा व्यावहारिक क्षमताको विकासमा समेत जोड दिँदै आएको उल्लेख गरे।

    त्यसैगरी सह–क्याम्पस प्रमुख नारायण प्रसाद भुसाल ले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्राविधिक दक्षता अभिवृद्धि गर्न तथा रोजगारी र उद्यमशीलतामा अग्रसर बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे। कलेजले निरन्तर यस्ता गतिविधिमार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान र सीपमूलक तालिममा सहभागी गराउँदै आएको उनको भनाइ थियो।

    कार्यक्रम बीसीए तथा बीआईटीएम कार्यक्रम संयोजक विशाल कँडेल र बीएससी सीएसआईटी कार्यक्रम संयोजक सुजन ढकालको समन्वयमा सम्पन्न भएको थियो। साथै, तेस्रो सेमेस्टरका प्रतिनिधि शिवशंकर न्यौपानेको उद्घोषण, विद्यार्थी नेतृत्वको व्यवस्थापन तथा कक्षा प्रतिनिधिहरूको सक्रिय सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कलेजले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij