२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जुन भेलले बालेन प्रधानमन्त्री बने, त्यस्तै भेलले फेरि बढारिन के बेर ?

जुन भेलले बालेन प्रधानमन्त्री बने, त्यस्तै भेलले फेरि बढारिन के बेर ?

जुन भेलले बालेन प्रधानमन्त्री बने, त्यस्तै भेलले फेरि बढारिन के बेर ?

जुन भेलले बालेन प्रधानमन्त्री बने, त्यस्तै भेलले फेरि बढारिन के बेर ?

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • अब देशमा रास्वपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । हिजो काठमाडौं महानगरपालिकाको मेयर हुँदा लगभग समूहगत रुपमा एक्लै भई काम चलाएका बालेन अहिले एकाएक संघीय प्रतिनिधि सभा सदस्यहरुको बहुमत त्यसमा पनि अझ दुई तिहाई निकट सभासदहरुको समर्थनमा प्रधानमन्त्री बन्ने छन् । स्वाभाविक छ रास्वपा र स्वयं बालेन शाह खुसी र प्रसन्न हुनु । त्यसमा पनि अझ बढी खुसी र प्रसन्न आम रास्वपा र बालेन समर्थक युवा अनि जनता देखिएका छन् । उनीहरुको प्रचारप्रसार र आवाज छ बालेन हाई–हाई कांग्रेस–एमाले–माओवादी सब बाई–बाई बालेन– रवि–हिरो, गगन– ओली– प्रचण्ड जिरो । हुन पनि कांग्रेसी गगन, एमाले, ओली त वास्तवमा अहिले नुन खाएको कुखुरो जस्तो निन्याउरो भएका छन् । तर नेकपाका प्रचण्ड भने अझै पनि फटपटाउँदै भनिरहेका छन्, देश र जनताका लागि प्रचण्डको आवश्यकता अझै नै छ । कुकुर तल परे पनि माथि परे पनि काई काई भनेको यही नै हो । 


    सर्वप्रथम रास्वपा र प्र.म. बालेन शाहको बारेमा केही कुरा लेख्नुभन्दा र भन्नुभन्दा पहिले यो वर्तमान देशको चालु राज्य सत्ता र व्यवस्थाको रुवरुपको बारेमा केही चर्चा गरौं । भन्न र लेख्नमा त यो चालु राज्य व्यवस्थालाई संघीय गणतान्त्रिक र लोकतान्त्रिक राज्य सत्ता र व्यवस्था भनिएको छ । तर सारमा यो राज्य सत्ता र व्यवस्थाको मूल चरित्र सामन्ती, दलाल र नोकरशाही बुर्जुवा प्रकारकै छ । देशको आर्थिक, सामाजिक र राजनीतिक एवम् सांस्कृतिक रुपले नै देशको वास्तविक अवस्था त्यस्तै नै छ । यसैले यहाँको हरेक समाज र हरेक व्यक्तिमा बोलाई र गराईमा फरक छ अर्थात् जे भनिन्छ, त्यो गरिन्न । कसैले गर्नैं चाहे पनि त्यो गर्न दिइदैन । उल्टै हत्या, हिंसा र दमन गरिन्छ । सत्ताको मूल स्वरुप जस्तो छ त्यस्तै हुन्छ र गराइन्छ । जस्तो उदाहरण धेरै टाढा जानै परेन । यही बहुदलीय कालमा नै एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा प्रकरण त्यसपछि स्वयं पूर्व राजा वीरेन्द्रको वंशनास । गणतन्त्रको सुुरुवातमै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड माथिको प्रधानसेनापति कटुवाल प्रकरण साथै हालै मात्र जेनजी आन्दोलनको क्रममा ने.का. सभापति देउवा–दम्पत्तिमाथि भएको कुटपिट र आक्रमण, आगजनीको घटना त्यस्तो प्रम केपी ओलीप्रति भएको त्यस्तो आक्रमणकारी दुव्र्यवहार । 


    आखिर यी सबै घटनाका पछि कुनै न कुनै रुपले देशी तथा विदेशी यस्तै सामन्ती, दलाल र नोकरशाही बुर्जुवा तत्वहरुकै हात छ । मदन भण्डारी राष्ट्रवादी छवि भएका नेता थिए । राजा वीरेन्द्र पनि त्यस्तै राष्ट्रवादी र तत्कालीन माओवादीहरुलाई समेत मेलमिलापमा ल्याउन चाहान्थे । त्यस्तै अहिले देउवा– एसपीपीलाई भित्र्याउन नचाहेका भने ओली चीनसँग मिली बि.आर.आई.लाई कार्यान्वयन गराउन चाहेको यी आदि विभिन्न घटनाक्रमका कारण यी सबमाथि यस्ता घटनाक्रम दोरिदै आएको बुझिन्छ । जस्तो नेपालको पुरानो इतिहासमा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापामाथि गरिएको यस्तै दुव्र्यवहार र हत्याका कारण एउटा ऐतिहासिक चर्चित भनाइ नै छ ‘सतिले सरापेको यो देश ।’ यसको वास्तविक अर्थ जसले देशको राष्ट्रियता र स्वाभिमान अनि जनताको वास्तविक जनवादी अधिकारको कुरा मात्रै नगरी त्यस्तो व्यवहार नै गर्न थाल्छ तब यहाँ भीमसेन बन्नु पर्दछ । कि कांग्रेसी देउवा, एमाले, ओली अनि प्रचण्ड–माधवहरुले जस्तै यिनै सामन्ती र दलालहरुकै अगाडि आत्मसमर्पण गरी कुकुरले पुच्छर टाङ मुनि लुकाई हिडे जस्तै चुप लागि बस्नु पर्छ ।


    बल्ल अब यही प्रश्न प्रम बालेन शाहमाथि आइपरेको छ । विश्वका हरेक राष्ट्रको पहिलो प्रश्न भनेको देशको राष्ट्रियता र स्वाभिमान अनि राष्ट्रिय अखण्डता र सार्वभौम अस्तित्वको हो । त्यसपछि बल्ल जनतन्त्र र जनजीविकाको हो । ठीक पहिलो यही प्रश्न नै अहिले प्रम बालेनमाथि तत्काल तेस्रिन पुगेको छ । एक प्रकारले पहिलो गाँसमै ढुंगा । हालै मात्र यही जुन १ गतेदेखि भारत र चीनबिच नेपालको भूमि कालापानी र लिपुलेक हुँदै वाणिज्य व्यापार  आदानप्रदान गर्ने सहमति भएको छ । त्यस्तै अमेरिकाले एमसीसीको साथै एसपीपीलाई पनि तत्काल सदनबाट पारित गरी लागू गर्ने प्रस्ताव अघि सारिसकेको छ । यी दुई प्रश्न मध्ये पहिलो प्रश्न कालापानी र लिपुलेकमा अब प्र.म. बालेनको अडान के हुने ? सर्वप्रथम उक्त भूमि अर्थात् पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आदि नेपालकै हो यसमा कसैको पनि दुई मत नहोला । नेपालको चुच्चे नक्सा जारी भइसकेको छ । तर भारतले यसलाई अझै पनि स्वीकारेको स्थिति छैन । स्वयं भारतले उक्त भूमिलाई समेटी आफ्नो नयाँ नक्सा पनि जारी गरिसकेको छ । अब त नक्सा मात्रै होइन स्वयं उक्त भूमिबाट नै नयाँ बाटो बनाई चीनसँग माल सामान आदानप्रदान वाणिज्य व्यापार नै गर्न थालिसकेको छ । यस्तो कार्य गर्नुमा भारत मात्रै दोषी नभई चीन पनि दोषी छ । 


    भारतको नियत नै अतिक्रमणकारी छ । वर्षौंदेखि उक्त भूभागमा आफ्नो शैन्य वेश क्याम्प नै खडा गरिराखेको छ । यो भारतको विस्तारवादी सोंचको उपज हो । त्यसकारण प्रम बालेनको पहिलो मुख्य कार्यभार नै त्यसको विरोध गरी तत्काल त्यो बन्द गर्न भारतलाई भन्ने र चीनलाई समेत त्यसको जानकारी गराइनु पर्दछ । त्यसको विरोध नोट त भारतलाई यसभन्दा पहिलेका सरकारले पनि गराइसकेका छन् । स्वयं यसको बारेमा पूर्व प्रम ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपतिलाई समेत त्यस्तो जानकारी गराइसकेका छन् ।  अब त यो मात्रै नभएर उक्त क्षेत्रमा अवस्थित भारतीय सेनाहरुलाई तत्काल हटाउन नै भन्नु पर्ने हुन्छ । यति गर्दा पनि भारतले नटेरे त्यसपछि के गर्ने भनी तत्काल सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय भेला गरी अरु कुनै ठोस कार्ययोजना बनाई अघि बढ्नुपर्ने हुन्छ । नेपाल–भारतबीचको यो भू–भाग र सिमा विवादलाई एकमुष्ट गराई भारत–चीन आवश्यक परे अन्तर्राष्ट्रिय छलफलको विषय बनाइनु पर्ने भएको छ । अब यो सबै कामको जिम्मा प्रम बालेन  र रास्वपा पार्टीमाथि आइपरेको छ । जसरी हिजो नेपालको चुच्चे नक्सा सार्वजनिक गराई तत्कालीन प्रम ओली राष्ट्रिय हिरो बने अब त्यस्तै बन्ने पालो प्रम बालेनको आएको छ । अब हेरौ के हुन्छ ? हुन त वृहत नेपालकै नक्सा बनाइ हिजो आफ्नो कार्यालय कक्षमा राख्ने बालेनले अब फेरि यसको विरोध नगरी त्यत्तिकै बस्लान भन्ने अनुमान नै गर्न सकिन्न  । तै पनि सत्ताले मान्छेलाई पागल बनाउँछ । पागल भई भारतकै दलाल बन्ने वा माथि भने जस्तै भीमसेन, मदन भण्डारी र राजा वीरेन्द्र के बन्ने ? साथै देशको राष्ट्रियता र स्वाभिमानप्रति सतिसाथ जस्तै अडिक भई बस्ने कि नबस्ने ? अब केही दिनभित्रमा नै यो प्रम बालेनको खास परीक्षाको घडी छ ।


    अब अर्काे प्रश्न एमसीसी र एसपीपी नयाँ सम्झौता र खारेजीको छ । गत फागुन २१ को निर्वाचनमा रास्वपा र बालेनको विजय पछि तत्कालै अमेरिकी विदेश विभागका एक कर्मचारीले बालेनलाई बधाई ज्ञापन गर्दै नेपालको सुरक्षा सम्बन्धी चाँसो व्यक्त गरेका थिए । त्यसका लागि अमेरिका गम्भीर भएको र त्यसमा बालेन रविका साथ मिली काम गर्ने आशा व्यक्त भइसकेको छ । त्यस्तै सन्देश फेरि भारतीय प्रधानमन्त्री मोदीले अझ मोदीले त बालेन रवि दुवैलाई नै तत्काल टेलिफोन नै गरी यस्तो सन्देश व्यक्त गरिरहेका छन् । हिजो यो विषयमा बालेन खुलेर नबोले पनि उनका कतिपय भनाई र हाउभाउले उनी एउटा राष्ट्रवादी भएको अनुमान गर्न सकिन्थ्यो । त्यही मान्यता आम नेपाली जनताको अहिले पनि भएको पाइन्छ । अझ यतिसम्मकि कुनै एक उनको फेसबुक स्टाटसमा सिधैं उनले फेक इण्डिया त्यस्तै फेक अमेरिका अनि चाइना आदि लेखी अमेरिका, चीन, र भारतको निन्दा र घृणा गरेका थिए । यदि साँच्चै नै होस मै भएको बेलामा यो लेखिएको हो भने त्यो सकारात्मक र राष्ट्रियताप्रतिको संवेदनशीलता नै भएको बुझिन्छ । धेरैले यो सब कुनै नशाको तालमा लेखिएको वा भनिएको भन्ने पनि गरेका छन् । जे होस् यसको पनि वास्तविक परीक्षा अब छिट्टै हुनेवाला छ ।  अमेरिकी उच्च अधिकारीहरु यहाँ आर्ई सेनाका प्रमुख सेनापतिसँग भेटवार्ता गरिसकेका छन् । जुन प्रस्ताव अर्थात एसपीपी स्टेट पाटनरसिप प्रोग्राम यसभन्दा पहिले पनि प्रस्तुत भएको तर त्यसलाई अनुमोदन नगर्दाको परिणाम नै देउवा– आरजु र ओलीमाथिको सांघाती आक्रमण भएको भनिदैछ । कुरा स्पष्ट छ एमसीसीकै विकसित रुप एसपीपी हो र त्यसैको आधारमा अमेरिकाले यहाँ जस्तो अरब मुलुकहरुमा जस्तैै सैनिक अखडा बनाउने नै उसको मुख्य चाहना र लक्ष्य हो  । जसको परिणाम अहिले ती सब अरब मुलुकहरुले प्रत्यक्ष भोग्दैछन् ।


    इजराइल–अमेरिका विरुद्ध इरानी हमलामा अर्थात् साढेको जुधाई बाच्छाको मिचाई भने जस्तै विभिन्न अरब मुलुकहरुलाई धुलो पिठो बनाउँदैछन् । ठीक यो अवस्था कुनै कारण यहाँ नेपालमा पनि एमसीसी खारेज गरिने र एसपीपी लागू गरियो भने त्यस्तै हुने निश्चित जस्तै छ । एकातिर चीन–भारत अर्कातिर अमेरिका बीचको द्वन्द्वको सब मार नेपाल र नेपाली जनताले भोग्न पर्ने सम्भावना छ । त्यसकारण पनि यो मामिला प्रम बालेनका लागि अझ बढी संवेदनशीलता छ । आशा गरौं नेपाल पहिलेदेखि नै असंलग्न परराष्ट्र नीति र पञ्चशीलताको सिद्धान्तमा  आधारित एक स्वतन्त्रता र सार्वभौम सम्पन्न स्वाभिमान मुलुक हो । यसलाई यसरी नै लिने र त्यही अनुरुप जस्तो हालै मात्र श्रीलंकाले अमेरिका, इजराइल र इरानबिचको द्वन्द्वमा त्यस्तै असंलग्न परराष्ट्र नीति अपनाई देखाएकोमा त्यसको चौतर्फी प्रसंशा नेपालले पनि अझ वर्तमान प्रम बालेनले पनि पाउन हाम्रो शुभकामना छ ।


    अन्त्यमा यी माथि उल्लेखित तत्कालीन अति समसामयिक एजेण्डाप्रतिको धारणा अनि यसको व्यवहारिक कार्यान्वयनले नै रास्वपा र प्रम बालेनको राजनीतिक भविष्यकोे निर्धारित हुनेछ । नत्र अन्यथा भए वा गरे जुन भेलले बालेन प्रम बने फेरि त्यही भेल र भिडले बालेन, रवि अनि रास्वपा सबलाई बढारेर दुरदराजमा पु¥याउने छ । राष्ट्रघाती दलाल चाहे ती सबै कोही अमेरिकी होउन वा ती भारतीय र चिनियाँ दलाल नै किन नहोऊन यी सबैको कुनै पनि अस्तित्व यहाँ रहने छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij