२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्दोलनको स्वरूप बदल

आन्दोलनको स्वरूप बदल

आन्दोलनको स्वरूप बदल

आन्दोलनको स्वरूप बदल

आन्दोलनको स्वरूप बदल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी ओलीलाई पक्राउ गरेपछि पार्टी पंक्ति अहिले आक्रोशित छ । भदौ २३ को जेनजी आन्दोलनमा दमन गरी नागरिकको हत्या गरेको आरोप लगाएर पक्राउ गरेपछि पार्टी पंक्ति आक्रोशित हुनु स्वभाविकै हो, प्रधानमन्त्री बालेन्द्र साहले पदभार सम्हालेको भोलीपल्ट नै धरपकड गरेर एमाले पंक्तिमा आक्रोश आएझैं पार्टी बाहिरको पंक्तिले पनि सरकारको हतारोलाई राम्रो मानेका छैनन् ।


    बालेन्द्र साह म्यादी प्रधानमन्त्री होइनन् । पाँच वर्षको ढुक्क कार्यकाल छ, उनीसँग । दुई तिहाइ नजिकको सिट संख्या जितेको उनको पार्टीलाई काम गर्ने हतारो र हुटहुटी छ । यो हुटहुटी र हतारोलाई विधि र प्रक्रियामा बाँधेर अघि बढ्न नसके त्यसले निम्त्याउने जोखिम धेरै छ । समाज अहिले अराजक भएको छ, यो अराजक समाजलाई सम्हाल्ने सरकारले हो, राज्य सञ्चालक  विधि र प्रक्रियामा हिंड्ने र मातहतका निकायलाई प्रक्रियामा हिंड्नका लागि प्रेरित गर्न सक्दा मात्रै अराजक समाज लयमा आउँछ । अहिले सरकारले विधिलाई समात्नुको साटो निर्देशन र आदेशलाई प्रधान ठान्दा अराजक समाज झनै भुङ्ग्रोमा परेको छ । ओली र उनको क्याविनेटका गृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न जुन हतारो गरियो, त्यसले समस्या समाधानको बाटोभन्दा समस्या बढाउने मार्ग तयार ग¥यो । कानुनको शासनलाई स्थापित गर्नेभन्दा आदेश र हुकुम प्रमाङ्गीलाई वैधता दियो । शासकले आदेश र निर्देशन कानुनमा टेकेर दिने हो । त्यो आदेश र निर्देशन  कानुनको दफा र उपदफामा उल्लेख भएअनुसार कत्तिको मिलेको छ, त्यो हेर्न आवश्यक छ । 


    सरकारले प्रतिवेदन सार्वजनिक नगरिकन पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जुन गल्ती ग¥यो । आक्रोशित एमाले पंक्तिले सरकारको गैरजिम्मेवारीपनलाई जिम्मेवार भएर जवाफ दिनुपर्छ । आक्रोशको आगो अब मत्थर हुनुपर्छ । सडकमा टायर बालेर गर्ने विरोध प्रदर्शनको शैलीलाई बदल्नुपर्छ । विरोधका कार्यक्रम रचनात्मक हुनुपर्छ । प्रहरीसँग मुठभेड होइन्, सहकार्य हुनुपर्छ । आइतबार नेपालगञ्जमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदा आन्दोलनकारीले प्रहरीलाई फूल दिएर हार्दिकता देखाए ।  लामो संसदीय अभ्यास र सरकार सञ्चालन गरेको एमाले पंक्तिलाई संयमित बनाउन पार्टी नेतृत्वले पहलकदमी लिनुपर्छ । माइतीघर मण्डला र बबहरमहल क्षेत्रमा भइरहेको प्रदर्शन र प्रहरीसँगको झडपले निम्त्याउने अन्ततः नोक्सान नै हो । सरकारले गरेको गैरजिम्मेवार र गैरकानुनी पक्राउविरुद्ध कानुनी लडाइ  प्रमुख हो । कानुनी लडाइ जितेर अघि बढ्दा त्यो जितको महत्वपूर्ण सन्देश हुन्छ । राजनैतिक लडाइका लागि पार्टी पंक्तिलाई एकताबद्ध गर्ने र अरु पार्टीसँग सहकार्य गर्दै सरकारका कमजोरी र गलत क्रियाकलापको आलोचना र राम्रा कामप्रति समर्थन गर्दै अघि बढ्ने असल आचरणलाई अघि बढाउन सक्दा लोकतान्त्रिक प्रणाली बलियो हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij