२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल

वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल

वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल

वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल

वैदेशिक हस्तक्षेपको चपेटामा नेपाल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • झपेन्द्र जिसी
    पृष्ठभूमि
    फागुन २१ गतेको चुनाव नेपाली  जनताको माग होइन, तर निर्वाचन थिपोरिएदिएपछि राजनीतिक पार्टीहरु शंका आशंकाका बिचमा चुनावमा सहभागी हुँदै जनतालाई आह्वान गरे । त्यो आन्दोलन र निर्वाचनको उद्देश्य भित्री उद्देश्य नेपाली राजनीतिक नेताहरु र निर्वाचित सरकार र त्यसका प्रधानमन्त्रीलगायतको तेजोबध गर्नु र जनतालाई राजनीतिक दलप्रति विस्तृष्णाको खेती गर्नु रहेछ । जेनजी विद्रोहभन्दा पहिला नेपालका सत्ता सञ्चालकहरु र राजनीतिक कर्मचारीहरुले भ्रष्टाचारको सगरमाथा निर्माण नै गरे भनेर प्रचारित गरे । छिटफुट रुपमा केही नेता र राष्ट्रसेवकहरुले त्यस्तो कुकार्यमा संलग्न नभएको भन्न सकिन्न तर मूलभूत रुपमा भ्रष्टाचारको सगरमाथा निर्माण गर्न थालेको पाइन्न । तिलाई पहाड बनाइदिएपछि  जनतामा भ्रम पर्ने नै भयो र त्यो प¥यो पनि ।

     जेनजी आन्दोलनको पूर्व घडीमा सिंगो माओवादी पार्टीले त होइन, तर  प्रचण्डजस्ता नेताले जोरी खोजिरहने हो केपी कमरेड एकदिन जनताले सिंहदरबार घेर्न आउने छन्, भनेको तपाईं हामी सबैका कानले सुने । नभन्दै कागताली नै मिलेको हो कि  प्रचण्डको समेत । जेनजी विद्रोह राष्ट्रिय सम्पदा र देशै दहनमा उनको संलग्नता रहेको हो । यो पनि रहस्यको  विषय बनेको छ ।
    निर्वाचनमा कुनै दलले बहुमत ल्याउनु थियो रास्वपाले ल्याएको पाइयो । यसमा मथागरम हामी जस्तो मान्छेले गरेर अर्थ पनि छैन, यसको छानबिन, अनुसन्धानपछि हुँदै गर्ला । निर्वाचित यो सरकारले पूर्व प्रधानमन्त्री, रक्षामन्त्री, उर्जामन्त्रीलगायतलाई गिरफ्तार गरिसकेको छ । गर्नु परेकै भित्रीकारण के हो, यो पनि जनताले बुझ्दै गर्लान् । यदि बदलाको भावनाले गरिएको हो भने यो सरकारको आयु छोटाउने काम आफैबाट हुने देखिन्छ ।  


    अमेरिका (युएसए)ले भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरो र उनकी श्रीमतीलाई मध्यरातमा आक्रमण गरी अमेरिका पु¥यायो र भेनेजुएलाको राष्ट्रपति म आफैँ हुँ भनी ट्रम्पले घोषणा ग¥यो । उता ग्रिनल्याण्डमा पनि त्यस्तै हर्कत गर्न खोजिरहेको छ । इजरायलाई उचालेर इरानमाथि आक्रमण सुरु ग¥यो । इरानले पनि प्रतिकार स्वरुप क्षेप्यास्त्र प्रहार गर्दा उसको दादागिरी चकनाचुर हुने अवस्थामा छ । 


    बंगलादेशमा भएको विद्यार्थी आन्दोलन पनि त्यस्तै अमेरिकी उक्साहटबाट भएको थियो र हसिनाको सत्ताच्यूत पनि त्यसैकै परिणाम हो ।


    नेपालमा भएको जेनजी विद्रोह पनि त्यस्तै अमेरिका, इण्डिया, र फ्रि तिब्बतको नारा उराल्ने दलाइ लामाहरुबाट भएको हो । यी सबै नेपाली अनुहारमा गरिएका प्रतिगमन वैदेशिक हस्तक्षेपका पराकाष्ठा हुन् ।


    २०८२ भाद्र २३ र २४ गते विद्यार्थीलाई ढाल (कवच) बनाएर सडक संघर्षको नाममा हानाहान भयो । जिउ ज्यान र राष्ट्रिय सम्पदाको अकल्पनीय क्षति भयो । तत्कालीन त्यो सरकार ढलेपछि संविधानको धारा उपधारा समेतलाई कुल्चेर बनेको सुशीला कार्की नेतृत्वको कथित सरकारले फागुन २१ गते निर्वाचनको मञ्चन ग¥यो ।
    बाक्समा मतदाताले मत हाले । मतपेटिका बोकेर आर्मीले लग्यो ।


    मत गणना हुँदा मत जति सबै घण्टीमा देखियो । घण्टीले झण्डै दुई तिहाइ सीट ल्याएछ । यसैले घण्टीमा लहर चल्यो भनेर देशी विदेशी मिडियाले लेखे, फुके, सामाजिक सञ्जाल रंगिए । १८२ सीट प्राप्त भएपछि यसो भनिनु स्वाभाविकै हो ।


    शुक्रबार बालेन्द्र साहको नेतृत्वमा एकल सरकार गठन भएको छ । त्यसै दिन बालेन्द्र साह प्रधानमन्त्री भएको सरकारले शपथ ग्रहण गरेको छ । देश हित र जनहित गरोस् । शुभकामना !
    शुभकामना र बधाई औपचारिकता पनि हो ।


    यसै प्रसङ्गमा केही प्रश्नहरु पनि उठेका छन्, उठाइएका छन् । जसले जेनजी विद्रोहलाई उक्स्यायो । सडक प्रदर्शनीमा जलपान गराउने निहुँमा विष्फोटक पदार्थ भरेर सुरक्षाकर्मीतर्फ प्रहार गर्ने काम गरे, उनीहरु नै मन्त्री भए भन्ने टिप्पणी पनि छ । यस क्रममा गृहमन्त्री सुदन गुरुङको नाम शिरमै देखिन्छ । 


    कथित नागरिक सरकारका प्रधानमन्त्री सुशीला कार्की लगायत समेतले जेनजी प्रदर्शनीलाई भड्क्याउने काम गरे उनीहरु नै जिम्मेवार मन्त्री र सांसद भए भन्ने टिप्पणी पनि छ । 


    जसले मन्त्री आवास भवन ध्वस्त पारे । आज उनीहरु मन्त्री बने ! अब उनीहरुलाई कहाँ राख्ने भन्ने राष्ट्रसेवक कर्मचारीहरुको गुनासो र समस्या बनेको पनि देखिन्छ ।


    सुशीला कार्की सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गरेको छैन । तर जनआस्था पत्रिकामार्फत् पुरानो सरकारका प्रधानमन्त्री रक्षामन्त्री, सुरक्षाकर्मीलाई आरोपित गरेर सुटुक्क केही अंश प्रस्तुत गरेको छ । यो प्रतिवेदन प्रायोजित कपोलकल्पित र निराधार आरोपको पुलिन्दा हो भन्ने टिप्पणी वार एशियन, पूर्व प्रधानमन्त्री र पार्टी नेताहरुले बताएका छन् । इन्कार गरेको अभिव्यक्ति दिएका छन् ।


    नवगठित सरकारले कसरी ग्रहण गर्छ हेर्न बाँकी छ । भविष्यले बताउँला ।
    आरोप, प्रत्यारोप र बदलाको भावनाले सरकार चल्दैन, शान्ति सुरक्षा, अमनचैन कायम हुन सक्दैन भन्ने विश्लेषकहरुको अभिमत रहेको पाइन्छ ।


    जिउ ज्यान र राष्ट्रिय सम्पदाको अथाह क्षति भयो । खरानी भयो । सुशीला सरकारकै अनुमान पनि ८४ अरब रुपैयाँको क्षति भएको बताइन्छ ।


    दश वर्षे माओवादी जनयुद्ध कालमा थिलोथिलो परेको अर्थतन्त्र पुनः जेनजीको नामबाट थिलोथिलो भयो ।
    कहिले माओवादी द्वन्द्वको नामबाट कहिले जेनजीको नामबाट जनधनको क्षति भयो । जान्ने बुझ्नेहरुलाई चिन्ताले गाँजेको छ अब फेरि के नामबाट द्वन्द्व र क्षति हुने हो ? शान्ति र समृद्धि कहिले आउने हो ? जनताले शान्तिको सास फेर्न कहिले पाउने हो । सर्सर्ती हेर्दा जेनजी विद्रोहबाट सुरु भएको यो विद्रोह अप्रत्यक्ष रुपमा प्रतिगमन हो भनेको सुनिन्छ ।


    झण्डै दुई तिहाइको सरकार बनेको छ । विदेशीहरुले नेपालको राजनीतिमा आँखा गाडेको देखिन्छ । सरकारको मतभार क्षमता अनुसार काम हुन सके त राम्रै हुने थियो ।


    यो सरकार निर्माण गर्न भूमिका खेल्ने दलाइ लामाको टिओवी, अमेरिकी युथ काउन्सिलको भूमिका छ भन्छन् । हुन पनि जेनजी प्रदर्शनीमा त्यो देखिएकै हो ।


    कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अँठ्ठयाएर बसेको छ । यही भूमि फिर्ता देऊ भन्ने ओली सरकारको प्रष्ट अडान थियो । जसका कारण ओलीलाई भारत भ्रमणमा समेत नबोलाएर शिष्टाचारको मर्यादालाई भारतले तोडेकै हो । नव प्रधानमन्त्रीलाई घुमघाम गर्न मात्रै दिल्ली बोलाउला कि हाम्रो गुमेको वा लुटिएको भूमि फिर्ता गर्ला ?


    नरेन्द्र मोदीले त झ्न कडा भएर नेपाल, बंगलादेश, श्रीलंका, भुटान समेतलाई विलय गरी अखण्ड भारत बनाउने उद्घोष गरिसकेका छन् । उत्तर दक्षिण रेलमार्ग चीनदेखि भारत जोड्ने प्रस्तावलाई बालेनले कसरी लैजालान् ?


    सुशासन त चाहिएकै छ । बालेनको वाचा पत्रमा पनि त्यो छ, वाचा पत्र कागजमा सीमित नहोस् । तर सहकारी ठग उनकै अध्यक्ष रवि हुन् भनेर अदालतमा मुद्दा चलिरहेको छ । उनको मामिलामा कस्तो कदम बालेनले चल्लान् ?


    अन्त्यमा नेपालीलाई नेपाल देश प्यारो छ । पुर्खाले निर्माण गरेको यो देश हो । लोकतान्त्रिक गणतन्त्र लामो समयको आन्दोलनपछि प्राप्त भएको हो । यसमा घुन पुत्लो लगाउने कसैलाई छुट छैन ।


    सरकार बनेको छ । मन्त्रीहरुका अनुहार हेर्दा कस्ता–कस्ता छन् ? जनताले देखेका छन् । सबै सुरुपका छैनन् कुरुपका पनि त छन् । कुरुप सौन्दर्यमा होइन चरित्रमा ! लोकतन्त्रमा कानूनी शासन अपरिहयता हुन्छ तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र उर्जा मन्त्री दीपक खड्कालगायतलाई गौरीबहादुर कार्कीको कागजी खेस्रामा जुन गिरफ्तारी गरेर हिरासतमा राखिएको छ, यसले कानुनी शासनको बर्खिलाप गरेको छ भन्ने कानुनविद्हरुको विश्लेषण रहेको छ ।
    उग्रता र भावनामा बगेर राज्य सरकार चल्दैन । अनुशासन र नैतिकता चाहिन्छ ।  


    बोली वाचा मात्र होइन, कार्यान्वयन पक्ष सुन्दर र पारदिर्शता चाहिन्छ । समुनन्त नेपालको खोजीमा जनता छन् । स्वरोजगार र रोजगारका आवश्यकता छ, तर सरकार उल्टो दिशामा हिंड्दैछ । उल्टो  दिशामा हिंड्नेलाई प्रतिगमन भनिन्छ । सारतः प्रतिगमन हुँदैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij