२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मासु व्यवसायीहरू अब उत्पादनमा पनि जोडिने

मासु व्यवसायीहरू अब उत्पादनमा पनि जोडिने

मासु व्यवसायीहरू अब उत्पादनमा पनि जोडिने

मासु व्यवसायीहरू अब उत्पादनमा पनि जोडिने

मासु व्यवसायीहरू अब उत्पादनमा पनि जोडिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • बुटवल । मासु व्यवसायी संघ नेपाल रुपन्देहीमा आबद्ध मासु व्यवसायीहरु कुखुरा, खसीबोका, माछापालनलगायतका विभिन्न मासुजन्य क्षेत्रको उत्पादनमा पनि जोडिने भएका छन् । 


    संघको हालै सम्पन्न आठौं साधारणसभाबाट निर्वाचित विशाल थापा नेतृत्वको कार्यसमितिले उत्पादनमा जोडिंदा मात्रै व्यवसाय दीगोरुपमा चल्ने र विचौलियाको प्रभावकाट मुक्त हुन सहज हुने निश्कर्ष निकालेर उत्पादन उप–समिति गठन गर्ने निर्णय गरेको हो । अब व्यवसायीहरुलाई खसी-बोका, कुखुरा, माछा, रांगा-पाडा, बंगुर पालनमा पनि संलग्न गराउने मोडालिटी तयार गरेर कार्यान्वयनमा जाने तयारी भएको अध्यक्ष विशाल थापाले बताए । 


    ‘व्यवसायीहरु आफूलाई आवश्यक कच्चा पदार्थ उत्पादनमा आफैँ जोडिएपछि खसी÷बोका, कुखुरा, माछा, रांगा÷पाडा, बंगुर बिक्रीमा बिचौलियाहरु हावी हुने परिपाटी घट्ने, उत्पादनमाआत्मनिर्भर हुन टेवा पुग्ने जस्ता फाइदा हुने देखेका छौं,’ अध्यक्ष थापाले भने –‘मासु व्यवसायी र उत्पादक किसान एक अर्काका पूरक भएकाले आफूहरु पनि उत्पादन उप–समितिगठन गरेरै उत्पादनमा जोडिएर कृषक पनि बन्न चाहेका हौं ।’ 


     संघका महासचिव थानिश्वर सुवेदीले अधिवेशनपछि बसेको पहिलो बैठकले उत्पादन उप–समितिसंगै खसी÷बोका, कुखुरा, माछा, रांगा÷पाडा, बंगुरको मासु बिक्री गर्ने व्यवसायीका ५ वटा वस्तुगत र पोल्ट्री सप्लायर्सजन्य होलसेल गरी ६ उपसमिति पनि गठन गरिएको बताए । 


    यस्तै संघको प्रेस सल्लाहकारमा टिआर शर्मा र कानुनी सल्लाहकारमा दामोदर घिमिरेलाई मनोनित गरिएको महासचिव सुवेदीले जानकारी दिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij