बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीमा नयां नेतृत्व चयन भएको छ । संघको सोमबार सम्पन्न १०औं अधिवेशनबाट हुमाराम पोखेलको नेतृत्वमा २३ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको हो ।
पोखरेल यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए । उपाध्यक्षमा रविलाल पाण्डे र ङनुकान्त पोखरेल,महासचिवमा जयन्त घर्ति, सचिवमा इश्वरचन्द्र भट्टराई, सहसचिवमा भुपनारायण श्रेष्ठ र कोषाध्यक्षमा यादव कुमार बेल्बासे निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा कृषितर्फ नवराज पाण्डे, रामबहादुर सार्की,विष्णुमाया जिसी,कोपिला सापकोटा निर्वाचित भएका छन् । यस्तै रेडिमेडतर्फबाट कार्यसमिति सदस्यहरुमा रेखा राना,गुणांनिधी पोखरेल,गोविन्द खनाल,चेत वहादुर घर्ति,किशन शर्मा, कश्मिर मिया र श्यामलाल खनाल निर्वाचित भएका छन् । यस्तै पदेन कार्यसमिति सदस्यहरुमा तुल्सीराम शर्मा (सैनामैना), गिरीराज पन्थी (तिलोत्तमा),मणिराम भण्डारी (देवदह), शिवप्रसाद वानिया (सियारी÷शुद्धोधन) र विकास पाण्डे (कञ्चन शाखा) रहेका छन् । रुपन्देहीमा १२२ स्थानमा हाटबजार सञ्चालन हुँदै आएका र करिब पांच हजार व्यवसायी आवद्ध रहेका संघका सचिव इश्वरचन्द्र भट्टराईले जानकारी दिए । नयां कार्यसमितिले अझै पनि थुप्रै हाटबजारहरुमा व्यवसायीहरु खुल्ला आकाशमुनि व्यवसाय गर्न बाध्य भएका र खानेपानी,शौचालय, विद्युत जस्ता आधारभुत आवश्यकताको पर्याप्त र उचित व्यवस्था हुन नसकेकाले यी समस्या समाधानमा केन्द्रीत भएर काम गर्ने सचिव भट्टराईले बताए ।




