२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वास्थ्य बिमाप्रति किन बेवास्ता ?

स्वास्थ्य बिमाप्रति किन बेवास्ता ?

स्वास्थ्य बिमाप्रति किन बेवास्ता ?

स्वास्थ्य बिमाप्रति किन बेवास्ता ?

स्वास्थ्य बिमाप्रति किन बेवास्ता ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • सरकारले शासकीय सुधारका एक सय बुँदा सार्वजनिक गर्दा  स्वास्थ्य बिमा कार्यक्रम नदेखिनु दुःखद छ । स्वास्थ्य बिमा कार्यक्रमले आम नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्न सघाउ पु¥याएको, तर अहिले संकटमा परेको विषयप्रति बेवास्ता गरेर सरकारले गर्न खोजेको के हो भन्ने प्रष्ट भएन् ।


    स्वास्थ्य बिमा लागु गर्न अनिवार्य छ । तर यथावस्थामा यो लागु हुन सक्तैन् । सुधारसहित सञ्चालन र व्यवस्थापन हुनुपर्ने माग बढिरहेका बेला सरकारको धारणा सार्वजनिक नहुनुले सशंय उत्पन्न भएको छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउन सबैभन्दा महत्वपूर्ण रणनीति स्वास्थ्य बिमा बाहेक अरु हुँदैन । नयाँ सरकारले ल्याएको एक सय कार्यसूचीमा स्वास्थ्यसम्बन्धी ८५ नम्बरको बुँदा पढ्दा संघीय सरकारले स्वास्थ्य बिमा एवं डायलाइसिस, मुटु तथा क्यान्सरलगायत कडारोगको उपचारमा सहुलियत हटाएर १० प्रतिशत निःशुल्क शैया उल्लेख गरिएको छ । 


    अहिले जेष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताले उनीहरुको जीवनयापनमा धेरै सुधार ल्याएको छ । झट्ट हेर्दा सामाजिक सुरक्षा भत्तालाई सामान्यीकरण गर्न सकिएला, तर यसले पारेको सामाजिक प्रभाव गहिरो छ । त्यसैगरी, स्वास्थ्य बिमा कार्यक्रमले पनि गरिबको घरदैलोमा स्वास्थ्य उपचारको पहुँच पु¥याएको छ । अस्पताल नै पुग्न नसक्नेहरु अहिले अस्पतालमा उपचार गराउन पाएका छन् । अब यो बिमा कार्यक्रम बन्द गर्दा गरिब र विपन्न नागरिक अस्पताल पुग्नबाट वञ्चित हुन्छन् ।  संविधानले आधारभूत स्वास्थ्य उपचारको हकको ग्यारेन्टी गरेकाले संवैधानिक मर्मलाई पूरा गर्न सरकारले ध्यान दिनुपर्छ ।


    १० वर्षअघि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सरकारले चलाउन नसक्दा सेवा प्रदायक संस्थाहरूलाई तिर्नुपर्ने रकम बढ्दै गएको छ । बोर्डले अस्पतालहरूलाई १४ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । बोर्डका अनुसार मासिक २ अर्ब रकम खर्च हुँदै आएको छ । रकम भुक्तानी नभएपछि त्रिवि शिक्षण अस्पतालले माघ महिनादेखि बिमा कार्यक्रम रोकेको छ । यथास्थितिमा बिमा चल्न सक्दैन । स्पष्ट नीतिगत निर्णय चाहिन्छ । सामाजिक सुरक्षा कार्यक्रमलाई प्याकेजमा राखेर स्वास्थ्य बिमा कार्यक्रमलाई अघि बढाउन सकिन्छ । सरकारले अहिले देखिएका समस्याको समाधान गर्न छिटो पहलकदमी लिनुपर्छ । विभिन्न अस्पतालहरुले बिमा कार्यक्रमअन्तर्गत उपचार बन्द गरिसकेकाले उनीहरुलाई उपचार यथावत राख्न निर्देशन दिँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले पहलकदमी लिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij