२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कम्प्युटर एशोसिएसनका व्यवसायीले लुम्बिनी केबलकारमा छुट पाउने

कम्प्युटर एशोसिएसनका व्यवसायीले लुम्बिनी केबलकारमा छुट पाउने

कम्प्युटर एशोसिएसनका व्यवसायीले लुम्बिनी केबलकारमा छुट पाउने

कम्प्युटर एशोसिएसनका व्यवसायीले लुम्बिनी केबलकारमा छुट पाउने

कम्प्युटर एशोसिएसनका  व्यवसायीले लुम्बिनी केबलकारमा छुट पाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  • बुटवल । कम्प्युटर एशोसिएसन  (क्यान महासंघ) रुपन्देहीमा आवद्ध व्यवसायीले  लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन् ।

    केबलकारले आफ्नो बजार प्रवद्र्धन र व्यवसायिक सहकार्यका लागि कम्प्युटर एशोसिएसन  (क्यान महासंघ) रुपन्देहीसंग सम्झौता गरेको हो । सम्झौता अनुसार क्यान महासंघ रुपन्देहीमा आवद्ध व्यवसायी र महासंघका कर्मचारीले केबलकारको रु ७५० दरको टिकमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

    क्यान महासंघ रुपन्देहीले बुटवलमा आयोजना गरेको दोस्रो बीटुसी समिटका अवसरमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भई आदान प्रदान भएको हो । क्यान महासंघका तर्फबाट अध्यक्ष जीवन अधिकारी र लुम्बिनी केबलकारको तर्फबाट मिडिया  कोर्डिनेटर टिआर शर्माले सम्झौतापत्र आदान प्रदान गरेका हुन् ।

    छुट पाउन व्यवसायीहरुले संस्थाको अद्यावधिक भएको आधिकारिक परिचयपत्र (कार्ड) टिकट काउन्टरमा देखाउनुपर्नेछ । क्यान रुपन्देहीमा  ५ सय बढी व्यवासयी आवद्ध रहेका सचिव सुरेशचन्द्र भट्टराईले बताए । 


    सो अवसरमा क्यान रुपन्देहीका अध्यक्ष अधिकारीले यो छुट सम्झौताले  रुपन्देही जिल्लाभरका क्यानमा आवद्ध व्यवसायीहरु लाभान्वित हुने भन्दै छुट सुविधा लिन आग्रह गरे ।

    केबलकारका मिडिया कोर्डिनेटर टिआर शर्माले केबलकारले आफ्नो बजार प्रवद्र्धनका लागि विभिन्न व्यवसायिक प्रतिष्ठान, शैक्षिक र सामाजिक संघसंस्थाहरुसंग छुट सम्झौता गर्दै आइरहेको र यसलाई निरन्तरता दिएरहने बताए ।  

    केवलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन केबलकारको टिकट निःशुल्क गरेको र  हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर सञ्चालन गरेको छ । 

    लुम्बिनी प्रदेशको पहिलो र विश्वकै लोकप्रिय, अत्याधुनिक र सुरक्षित प्रविधियुक्त लुम्बिनी केवलकारको माथिल्लो स्टेशनमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा मन्दिर,जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हललगायत धार्मिक र पर्यटकीय संरचना छन् ।

    जसले गर्दा पर्यटकलाई दिनभर घुम्ने र रमाउने वातावरण बनेको छ ।  माथिल्लो स्टेशन  बसन्तपुर समुन्द्री सतहबाट एक हजार मिटर उचाईमा  रहेकाले गर्मी मौसममा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने भएकाले गर्मी छल्न र शितलताको महसुस गर्न लुम्बिनी केबलकारको  पर्यटकहरुको आकर्षक गन्ब्य बनेको छ ।

    शहरी कोलाहलबाट मुक्त, स्वच्छ वातावरण र हरियाली मनोरम दृश्यले बसन्तपुर आन्तरिक र भारतीय पर्यटकको रोजाईको गन्तव्य बनेको छ ।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij