गुल्मी । लिखित परीक्षा र ट्रायल नै नदिई बिचौलियाहरुले चोरबाटोबाट ड्राइभिङ्ग लाइसेन्स अर्थात् सवारी चालक अनुमति पत्र दिलाएर एउटै व्यक्तिबाट लाखौं ठगी गर्ने गरेको रहश्य खुलेको छ । बाग्लुङ्गको बडिगाड गाउँपालिका १० दर्लिङ्गका दीपक बुढाले यस्तो रहश्य खुलाएका हुन् । जबकी उनी भारतमा छन् । जसलाई उही बसीबसी नेपालका एक व्यक्तिले ड्राइभिङ्ग लाइसेन्स दिलाएर लाखौं ठगी गरेर सम्पर्कविहीन बनेका छन् ।
बुढाका अनुसार कञ्चनपुर जिल्लाको साविक वेतडाँडी गाविस वडा नम्बर ८ घर बताउने अनुप भण्डारीले सामाजिक सञ्जाल टिकटकमार्फत् लिखित परीक्षा र ट्रायल नै नदिई सवारी चालक अनुमति पत्र दिलाउने उनलाई प्रलोभन देखाए । त्यसका लागि सुरुमा ८० हजार रुपैयाँ लाग्ने बताए । पछि विभिन्न कारण देखाउँदै १ लाख ९५ हजार रुपैयाँ पठाउन भने । त्यो पठाइसकेपछि दिपक बुढाको नाममा सवारी चालक अनुमति पत्रको फोटो खिचेर वार्डशपमार्फत् पठाए । त्यसपछि अनुप भण्डारी नामका ति व्यक्ती सम्पर्कविहीन बने ।
उनी सम्पर्कविहीन बनेपछि सामाजिक सञ्जालमार्फत् उक्त रकम उठाई दिने प्रलोभन देखाउँदै फेरि अर्को विचौलिया दिपक बुढाको सम्पर्कमा आयो । जसले वार्डशपमा नेपाल प्रहरीको उच्च ओहदाको दर्जानी चिन्हसहितको बर्दी लगाएको फोटो राखेका छन् ।
उसले दिनहुँ वार्डशपमार्फत् फोन गरेर ५० हजार रुपैयाँ दिए अनुप भण्डारीलाई पक्राउ गरी उप्त रकम उठाई दिने प्रलोभन दिइरहेका छन् ।
दिपक बुढाको नाममा पठाइएको सवारी चालक अनुमति पत्र सक्कली हो कि नक्कली हो भनेर हामीले जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक चुरामणि पोखरेललाई बुझ्न पठाएका थियौं ।
उनले चेक गर्दा उक्त सवारी चालक अनुमति पत्रमा दिपक बुढाको नाम विवरण देखाएको, तर फोटो नदेखाउँदा शंकास्पद रहेको उनले बताएका छन् । चोरबाटोबाट त्यति ठुलो रकममा सवारी चालक अनुमति पत्र दिलाउनु ठगी र ग्रैह कानुनी दुबै भएको उनको भनाइ छ ।
खैर सक्कली नै भए पनि सवारी चालक अनुमति पत्र चोरबाटोबाट दिलाउने अनुप भण्डारी र नेपाल प्रहरीको ड्रेस लगाएको फोटो वार्डशपमा राखेर भण्डारीबाट ठगिएका दिपक बुढासँग ५० हजार मागेर उक्त रकम उठाइदिन्छु भन्ने अर्का विचौलियासहितको गिरोहलाई सम्बन्धित निकायले अनुसन्धान गरी पक्राउ गर्न जरुरी छ । अन्यथा विगतका सरकारहरुको पालामा झैं यस्ता विचौलियाहरुबाट अरु तमाम नेपाली ठगिने क्रम बढ्दै जानेछ ।




