२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विज्ञापन रोक्ने निर्णय सच्चाऊ

विज्ञापन रोक्ने निर्णय सच्चाऊ

विज्ञापन रोक्ने निर्णय सच्चाऊ

विज्ञापन रोक्ने निर्णय सच्चाऊ

विज्ञापन रोक्ने निर्णय सच्चाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै उपलब्ध गराउने सरकारको निर्णय गलत छ । यो निर्णयको नेपाल पत्रकार महासंघलगायत संघ संस्थाले विरोध गरेका छन् ।
    कोभिड-१९ महामारी र आर्थिक मन्दीका कारण निजी क्षेत्रका सञ्चारमाध्यम आर्थिक रुपमा जर्जर भएका बेला सरकारले सहुलियत र प्रोत्साहन दिनुपर्नेमा विज्ञापन रोक्ने निर्णय गरेर सरकार उल्टो बाटो हिंडेको छ । 


    लोकतान्त्रिक व्यवस्थामा सरकार सधैं सञ्चारमाध्यमको प्रवद्र्धन गर्छ । सञ्चारमाध्यमको काम सधैं सरकारलाई खबरदारी गर्ने हो । सरकारका राम्रा काम नागरिकलाई जानकारी दिनु र कमजोरीका बारेमा खबरदारी गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा सधैं सञ्चारमाध्यमलाई प्रवद्र्धन गरिन्छ । लोकतान्त्रिक व्यवस्थाअन्तर्गत जननिर्वाचित सरकारले अहिले लिएको निर्णयले सरकारको नियतमाथि प्रश्न उठाएको छ । अहिले गरेको निर्णयले साना लगानीका मिडिया, रेडियो र टेलिभिजनहरू पूर्णरूपमा बन्द हुने अवस्थामा पुग्छन् ।


     साना मिडिया नागरिकको घरदैलोका मिडिया हुन् । पत्रिका पढ्न र टेलिभिजन पुग्न नसकेका ठाउँमा अहिले एफएम रेडियो पुगेका छन् । संविधानअनुसार स्थानीय र प्रदेश सरकारहरू स्वायत्त छन् । उनीहरूलाई आफ्नै नीतिअनुसार सञ्चारमाध्यमको व्यवस्थापन र सहकार्य गर्ने अधिकार छ । तर, संघीय सरकारको मन्त्रिपरिषद्ले केन्द्रबाटै तीनै तह (संघ, प्रदेश र स्थानीय) को विज्ञापन रोक्ने निर्णय गर्नुले संघीयताको मर्म र संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन हो । 


    सुशासन, आर्थिक पारदर्शीता र ढिलासुस्तीविरुद्ध सरकारले स्थानीय सञ्चारमाध्यमसँग सहकार्य गर्न सक्छ । खासगरी स्थानीय पत्रिका, रेडियो र टेलिभिजनसँग भएका साझेदारी र सहकार्य प्रभावकारी देखिएका छन् । स्थानीय अखबार, रेडियो र टेलिभिजन समुदायका सम्पत्ति हुन् । समुदायको सचेतना, जागरण र हितमा उनीहरु क्रियाशिल छन् । कुनै व्यवसायीको लगानीको स्वार्थभन्दा माथि उठेर राज्य र समाजप्रति जवाफदेही र जिम्मेवार सञ्चारमाध्यमको प्रवद्र्धन गर्दा लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन बल पुग्छ ।


    सरकारको आर्थिक नाकाबन्दीको निर्णयले सरकार लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध नभएको आशंका जन्माएको छ । सरकार सञ्चारमाध्यमप्रति स्थापित विधि र प्रक्रियालाई कुल्चेर कठोर बन्दै जाँदा त्यसले सरकार र प्रणालीप्रति नै प्रश्न उठ्ने छ । सरकारी विज्ञापनमा अहिले चलखेल भएको यथार्थ हो । 


    विज्ञापन पत्रिकामा छापिने, तर भुक्तानीको ठूलो हिस्सा अन्तै जाने प्रवृत्तिले सञ्चारगृह समस्यामा परेका छन् । यो चलखेललाई रोकेर समानुपातिक ढंगले विज्ञापन वितरण गर्न सरकारले ध्यान दिनुपर्छ । सरकारी सञ्चारमाध्यममा मात्रै सरकारी विज्ञापन दिने निर्णय विधिसम्म पटक्कै नभएकोले सच्चाउनु राम्रो हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij