२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • प्यूठान
    समाजमा अरूको पीडालाई आफ्नै ठानेर सहयोगको हात बढाउने मानिसहरू कमै भेटिन्छन् । तर प्यूठानको ऐरावती गाउँपालिका–६ बैरेनीका युवा समाजसेवी तथा सञ्चारउद्यमी अनुपराज पाण्डे यतिबेला यस्तै उदाहरणीय कामका कारण चर्चा बटुलिरहेका छन् ।


    लामो समयदेखि शारीरिक तथा मानसिक समस्याबाट पीडित ३१ वर्षीय हरि पौडेललाई समाजसेवी पाण्डेले उद्धार गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगरी घरमै बसेका पौडेललाई आर्थिक संकलन गरी स्वास्थ्य उपचारका लागि पाण्डेले ‘हरि पौडेल बचाउ अभियान’ सञ्चालन गर्दै सहयोग जुटाउने पहल गरेका हुन् । पौडेल हाल काठमाडौंस्थित पाटन अस्पतालमा उपचाररत छन् ।


    पाण्डेका अनुसार अहिलेसम्म करिब एक सय जना सहयोगी दाताहरुबाट  २ लाख ८० हजार रुपैयाँ संकलन भइसकेको छ । 
    ‘यही सहयोग लिएर उनी चैत्र ८ गते पहिलो पटक काठमाडौं पुगेका थिए, मेरो उमेरका धेरै साथीहरू काठमाडौं जाने भनेको पढाइ वा वैदेशिक रोजगारीका लागि मात्र हो,’ उनले भने–‘तर म गाउँमै बसेर यस्ता अभियान चलाउँदै आएको छु ।’ यस मानवीय कार्यमा सहयोग गरेका प्यूठानका  सहयोगी दाताहरु समेतलाई पाण्डेले धन्यवाद दिएका छन् ।    
    हरि पौडेलको पारिवारिक अवस्था निकै कमजोर छ । पौडेल हालसम्म अविवाहित छन् । उनका दाइ गोबिन्द पौडेलको नौ वर्षीय छोरा हेमन्त पौडेल पनि अटिजमबाट पीडित छन् । 


    पाटन मानसिक अस्पतालले हरि पौडेललाई अझै करिब एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने जनाएको छ । नियमित उपचार र सहयोगीहरूको साथले उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको पाण्डेले जानकारी दिए ।


    गाउँमै बसेर सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका पाण्डेले यसअघि उनले बिक्रम राउत बचाआँै अभियान, घनबहादुर थापालाई सहयोग गरौं अभियान, रमा रायमाझीलाई सहयोग गरौं अभियान, हुमबहादुर थापालाई बचाऔँ अभियान, ऐरावतीमा न्यानो कपडा वितरण अभियान र हरि पौडेलको परिवारलाई सहयोग गरौं अभियानहरु सञ्चालन गरिसकेको बताए ।


    उनको यो पहलले परिवारलाई राहत दिएको मात्र होइन समाजमा सहयोग र सहकार्यको भावना पनि थप बलियो बनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij