२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मी जिप दुर्घटना: दुई महिलाको शव श्रीमानको पर्खाइमा

गुल्मी जिप दुर्घटना: दुई महिलाको शव श्रीमानको पर्खाइमा

गुल्मी जिप दुर्घटना: दुई महिलाको शव श्रीमानको पर्खाइमा

गुल्मी जिप दुर्घटना: दुई महिलाको शव श्रीमानको पर्खाइमा

गुल्मी जिप दुर्घटना: दुई महिलाको शव श्रीमानको पर्खाइमा
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  •  गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ बिरबासमा सोमबार साँझ भएको जिप दुर्घटनामा ज्यान गुमाएका दुई महिलाको शव अझै श्रीमानको पर्खाइमा राखिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रीमान घर फर्किएपछि मात्र अन्त्येष्टि गरिने तयारी गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गङ्गा बहादुर सारुका अनुसार लु १ च ४९०९ नम्बरको पिकअप जिप बिरबास बजारबाट मिसुका गाउँतर्फ जाँदै गर्दा ब्रेक फेल भई स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना भएको हो। घटनामा मिसुका गाउँकी ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

    घाइतेहरूको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतक दुवै महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन्—मिना सनामीका श्रीमान सन्तबहादुर सनामी मगर कतारमा छन् भने कृष्णा ढेगाका श्रीमान घनबिर ढेगा दुबईमा रहेका छन्। दुवै जना घर फर्किंदै रहेका र उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने स्थानीयले बताएका छन्।

    स्थानीयका अनुसार बिहानसम्म परिवारमा सामान्य खुशीको माहोल थियो। कृष्णा ढेगा श्रीमानले पठाएको रकम बैंकबाट झिकेर घर फर्किएकी थिइन्। तर घरभित्र पस्न नपाउँदै, करिब १५ मिनेटअघि भएको दुर्घटनाले उनको ज्यान लियो। त्यही घटनामा मिना सनामीको पनि मृत्यु भएपछि सिंगो बिरबास गाउँ शोकमा डुबेको छ।

    दुर्घटनामा परेको जिप पाँच सिट क्षमताको भए पनि १३ जना सवार थिए। चालक तथा जिप धनी शेरबहादुर ढेगाले सुरुमा क्षमताअनुसार यात्रु बोके पनि फर्किने क्रममा आफन्त र छिमेकीलाई नकार्न नसक्दा ओभरलोड भएको बताइएको छ। ओरालो सडकमा ब्रेक फेल भएपछि जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

    गुल्मीदरबार गाउँपालिकाकी उपाध्यक्ष तारा थापा ढेगाले उक्त दिन गाउँका लागि ‘कालो दिन’ सावित भएको भन्दै शोक व्यक्त गरेकी छन्। उनले पाल्पा पुगेर घाइतेहरूको अवस्था बुझेको र एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिइन्।

    प्रहरीका अनुसार चालक शेरबहादुर ढेगा उपचारपछि नियन्त्रणमा लिइएका छन्। घटनाले सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले यस्तो लापरबाहीले ज्यानै जाने जोखिम निम्त्याउने भएकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij