२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वयंसेविकाको सम्मानले स्वास्थ्य सेवामा उत्साह

स्वयंसेविकाको सम्मानले स्वास्थ्य सेवामा उत्साह

स्वयंसेविकाको सम्मानले स्वास्थ्य सेवामा उत्साह

स्वयंसेविकाको सम्मानले स्वास्थ्य सेवामा उत्साह

स्वयंसेविकाको सम्मानले स्वास्थ्य सेवामा उत्साह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२

  • सन्धिखर्क । सन्धिखर्क नगरपालिका वडा नं. ७ ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

    आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार आयोजित उक्त कार्यक्रममा समुदायस्तरमा स्वास्थ्य सेवामा योगदान पुर्‍याउने स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।


    कार्यक्रममा वडा अध्यक्ष चुराबहादुर केसीले मन्तव्य राख्दै घर–घरमा पुगेर स्वास्थ्य सेवा पुर्‍याउने स्वयंसेविकाहरूले स्वास्थ्य सूचक सुधारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले दुर्गम क्षेत्रमा समेत निस्वार्थ सेवा दिँदै आएका स्वयंसेविकाहरूको योगदान सदैव स्मरणीय रहने बताए।


    कार्यक्रममा वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट स्वयंसेविकाहरूलाई पुरस्कृत गरिएको थियो। जसअनुसार शुभकला नेपाली प्रथम, मैना खत्री द्वितीय र विमला केसी तृतीय भएका छन्। उनीहरूलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। साथै सबै स्वयंसेविकाहरूलाई साइडब्याग र सञ्चार खर्चमार्फत प्रोत्साहन प्रदान गरिएको जनाइएको छ।


    वडा अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य मीना ज्ञावलीले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा वडा सदस्य पुष्पा नेपाली, डुकलाल पोखेल, जनस्वास्थ्य निरीक्षक प्रकाश परियार, वाङ्ला स्वास्थ्य चौकी प्रमुख युवराज खनाल, खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र बिक, स्वास्थ्यकर्मी, वडा कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सीता वि.सी. पराजुलीले गरेकी थिइन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij