बुटवल । बुटवलका ब्यवसायी उज्ज्वल प्रसाद कसजु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को कार्यकारिणी सदस्य पदका उम्मेदवार बनेका छन् ।
कसजु महासंघको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत जिल्ला/नगर (खुल्ला तर्फ) कार्यकारिणी सदस्य पदका उम्मेदवार बनेका हुन।
उद्योगी/ व्यवसायीहरूको हकहित संरक्षण र निजी क्षेत्रको सशक्त आवाज उठाउने प्रतिबद्धतासहित मैदानमा छन।
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीका निवर्तमान अध्यक्षसमेत रहेका कसजु उनी यस अघिपनि सदस्य भईसकेका थिए।
महासंघमा पदाधिकारी बन्नका लागि कम्तीमा दुई पटक सदस्य हुनुपर्ने प्रावधान रहेकाले सोहीअनुसार अनुभव हासिल गर्न आफू उम्मेदवार बनेको बताएका छन् । अहिले जिल्ला भ्रमणमा रहेको बताउदै राम्रो माहोल बनिरहेको दाबी गरे।
उनले निजी क्षेत्रमैत्री नीति, लगानी प्रवर्द्धन, उद्योग व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमीहरूको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
कसजुले आफ्ना विभिन्न उद्योग तथा प्रतिष्ठानमार्फत हजारौँ व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रको विकास नै देशको आर्थिक समृद्धिको आधार भएको बताए ।
आगामी अधिवेशनमार्फत महासंघको नेतृत्व चयन हुँदै गर्दा कसजुले व्यापक मतदाताको समर्थनसहित विजयी गराउन अपिल गरेका छन् । निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउने र आर्थिक विकासमा टेवा पुर्याउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।




