२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत सोमबार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

    बुटवल-१३ स्थित बदेलपोखरी क्षेत्रलाई केन्द्रित गरी गरिएको कारबाहीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विशेषगरी अत्यधिक आवाज निकाल्ने, सवारी साधनको बनावट परिवर्तन गर्ने सवारीहरूलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो ।

    प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बढ्दो ध्वनि प्रदूषण र लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण बजार क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको बताए । उनले नियन्त्रणमा लिइएका सवारी साधनका धनी तथा चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।

    प्रहरीले यसअघि पनि बुटवलका विभिन्न क्षेत्रमा यस्ता सवारीमाथि निगरानी र कारबाही गर्दै आएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij