कपिलवस्तु । कपिलवस्तुमा ४ वटा पाटेबाघ देखिएका छन् ।
पूर्व–पश्चिम राजमार्गको उत्तर तिलौराकोट साझेदारी र विभिन्न सामुदायिक वन क्षेत्र र खारखानी वनमा बाघ भेटिएका हुन् । यी वनमा ६८ वटा क्यामरा जडान गरिएका थिए ।
४ सय वर्ग किलोमिटर क्षेत्रमा राखिएकामा आठवटा क्यामराले बाघको तस्बिर खिचेका थिए । कपिलवस्तुमा तेस्रोपटक बाघ अभिलेख भएको हो ।
दोस्रोपटक २०८० पुसमा बुद्धभूमि नगरपालिकामा दुईवटा र विजयनगर गाउँपालिकामा एउटा बाघ परेको थियो ।




