२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीको सकारात्मक पहलकदमी

प्रधानमन्त्रीको सकारात्मक पहलकदमी

प्रधानमन्त्रीको सकारात्मक पहलकदमी

प्रधानमन्त्रीको सकारात्मक पहलकदमी

प्रधानमन्त्रीको सकारात्मक पहलकदमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • प्रधानमन्त्री बालेन्द्र साहले  प्रदेशगत रूपमा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरिरहेका छन् । कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसँग छलफल गरी सुरुवात भएको छलफल सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरुसँग भएको छ । यो एउटा सकारात्मक पहलकदमी हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्यहरुसँग प्रदेशगत छलफल गरेर समस्या बुझ्ने, सरकारले गर्न लागेको काम र योजनाबारे जानकारी गराउने प्रयास सरकार–सांसदबिच दूरी न्यूनीकरणको उपाय समेत हो ।


    सरकारले मुलुक हाक्छ । सरकार अर्थात् कार्यपालिकालाई दिशानिर्देश गर्ने काम व्यवस्थापिकाको हो । व्यवस्थापिकाले कानुन बनाउने र सरकारलाई खबरदारी गर्ने काम गर्छ । संसदीय प्रणालीमा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । त्यही संसदका सदस्यबाट सरकारका मन्त्री नियुक्त हुन्छन् । प्रधानमन्त्री र मन्त्रीलाई नियन्त्रण गर्ने काम संसदले गर्छ । संसदका विषयगत समितिले सरकारका काम कारबाहीका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफ दिन बोलाउन सक्छन् । यो हिसाबले व्यवस्थापिका संसदले सरकारलाई नियन्त्रण र सन्तुलन गरेको हुन्छ । कार्यपालिका सरकारलाई संसद व्यवस्थापिकाले नियन्त्रण र सन्तुलनमा राख्ने संवैधानिक प्रबन्ध र नागरिकको मतले निर्वाचित सांसदहरुसँग छलफल गर्दा समस्या पहिचान र एक अर्कालाई बुझ्ने माध्यम पनि हो । यस्तो छलफलले  नागरिकका सरोकारबारे सांसदले ध्यानाकर्षण गराउँछन् नै, प्रादेशिक मनोविज्ञानबारे बुझ्न प्रधानमन्त्रीलाई सहज हुन्छ । 


    अहिले प्रधानमन्त्री बालेन्द्र साहका बारेमा बुझ्न धेरैलाई कठिन भइरहेको छ । उनी कम बोल्छन् । चुनावी अभियानका क्रममा पनि उनी धेरै बोलेनन् । धेरै नबोली उनले चुनाव जिते । उनीप्रति नागरिकको लगावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइको मत दिए । उनी कामबाट देखाउने भन्दैछन् । लोकतान्त्रिक व्यवस्था पारदर्शी व्यवस्था हो । सरकारले गर्न लागेका हरेक काम नागरिकलाई जानकारी हुनुपर्छ । ती काम विधिसम्मत हुनुपर्छ । विधिसम्मत भए नभएको बारेमा नागरिकले प्रश्न उठाउन पाउनुपर्छ । प्रश्न उठेपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्छ नै, त्यसभन्दा पहिले सरकारले गर्न लागेका काम र योजनाबारे पनि नागरिकलाई बुझाउन सक्नुपर्छ । त्यसकारण प्रधानमन्त्री नबोली सुख छैन । प्रधानमन्त्री नबोली रहस्यमय पात्रका रुपमा कार्यकाल बिताउन पाउँदैनन् । बाहिर भाषण गर्दै नहिंडे पनि संसदमा बोल्दिन भन्न पाइन्न । 


    प्रदेशगत रुपमा सांसदसँग छलफल गरेर सरकारको योजनाकाबारेमा उनले सांसदलाई बुझाउन पाए । प्रधानमन्त्री र सरकारलाई सांसदले पनि बुझ्न पाए । सत्तारूढ दलका सांसदलाई मात्रै नभएर सबै दलका सांसदसँगको छलफल आयोजना हुनु महत्वपूर्ण छ । यस्तो छलफल बेलाबखत भयो भने लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन बल पुग्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij