बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको मंगलबार एक समारोहकाबिच पद हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष टीकाराम गौतमको टीमले वर्तमान अध्यक्ष यामबहादुर जिसीको टीमलाई पद हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष यामबहादुर जिसीले व्यवसायिक एकता र व्यवसायीको हितका लागि सधैँ खटिरहने प्रतिबद्धता व्यक्त गदै सबैको साथको अपेक्षा गरे ।
समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराए । शपथ ग्रहणसँगै निर्वाचित हरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा समितिको अध्यक्षका उम्मेदवारहरु प्रतापबहादुर कार्की र पंकज राईले समितिलाई व्यवसायीको पक्षमा चवलायमान बनाउने गरी नयाँ नेतृत्व क्रियाशिल रहन शुभकामना दिए ।
कार्यक्रममा समितिका पूर्व अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले नयाँ नेतृत्वले व्यवसायीको संरक्षण र हकहितमा काम गर्न सुझाव दिए ।
कार्यक्रममा निर्वतमान महासचिव खिमबहादुर थापाले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट र निर्वतमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललार्ई चेक बुक हस्तान्तरण गरेका कार्यालय प्रमुख प्रकाश गैरेले बताए । अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी, वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे, खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजाल, काठमाडौं उपाध्यक्षमा युवराज पन्थ, सचिवमा ढुण्डीराम गैरे विजयी भएका थिए ।
सदस्यहरूमा किशोर पंगेनी, खिमप्रसाद भुसाल, खेमलाल पौडेल, प्रदीप पन्थी, प्रेम विक, विकास अग्रहरि, विकास शर्मा आचार्य, बेलबहादुर, भोजराज भुसाल र सुरज गुप्ता निर्वाचित भएका थिए ।
रुपन्देही उपाध्यक्षमा बसन्ती आले र राजकुमार लामा, नवलपरासी उपाध्यक्षमा कृष्णबहादुर कंडेल, कपिलवस्तु–अर्घाखाँची उपाध्यक्षमा उज्ज्वल केसी तथा नवलपुर उपाध्यक्षमा पर्शुराम भण्डारी ‘रामु’ निर्विरोध निर्वाचित भएका थिए ।




