२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मध्यपहाडलाई गुल्जार बनाउने सडक

मध्यपहाडलाई गुल्जार बनाउने सडक

मध्यपहाडलाई गुल्जार बनाउने सडक

मध्यपहाडलाई गुल्जार बनाउने सडक

मध्यपहाडलाई गुल्जार बनाउने सडक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र २५ २०८२
बुधवार, चैत्र २५ २०८२
  • कुनै बेला मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग मात्रै एउटा राजमार्ग थियो । चुरेको फेदैफेद पूर्व–पश्चिम जोड्ने यो सडक नआई पूर्व–पश्चिम यात्रा सम्भव थिएन् । हिमाली र पहाडी क्षेत्रका बासिन्दाका लागि तराई नझरी सुखै थिएन् । अब मध्यपहाडी पुष्पलाल राजमार्ग निर्माण भएपछि पहाडी क्षेत्रका बासिन्दाका दिन फिरेका छन् । पूर्व–पश्चिम यात्रा सहज मात्रै होइन्, यो राजमार्गले धेरै सम्भावना ल्याएको छ ।


     सडकले धेरै सम्भावना लिएर आउँछ । अहिले कतिपयले प्रश्न गरेको सुनिन्छ, के सडक मात्रै विकास हो ? यो प्रश्न आफैँमा अल्पज्ञानको प्रश्न हो । राष्ट्रिय राजमार्ग आवश्यकता र औचित्यका आधारमा निर्माण अघि बढ्छन् । ती निर्माणसगैं स्थानीय बासिन्दाको दैनिकी बदलिन्छ । सडकसँगै शहरीकरणको सुरुवात हुन्छ । गाउँको कृषि उत्पादनले बजार पाउँछ । स्वास्थ्य र शिक्षामा पनि सुधार आउँछ । पहाडबाट तराई बसाईसराइले पहाड रित्तिन थालेको छ । रित्तिंदो पहाडलाई गुल्जार बनाउन पूर्वाधार निर्माणलाई प्राथमिकता अपरिहार्य छ । सडक पूर्वाधार पहाडलाई गुल्जार बनाउने पहिलो शर्त हो । मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माणले मध्यपहाडलाई गुल्जार बनाउन सक्ने आधार खडा भएको छ । रूकुमपूर्वको एउटा सहकारीले गत वर्ष ६ करोड रुपैयाँको कृषि उत्पादन बजार पठाएको छ ।

    एउटा सहकारी संस्थाले गरेको यो कारोबार एउटा आशा लाग्दो खबर हो । मध्यपहाडी राजमार्ग बनेपछि रूकुम, बागलुङ, डोल्पालगायत विभिन्न जिल्लामा पर्यटन प्रवद्र्धन भएको छ । प्रकृति र संस्कृतिमा रम्न चाहनेका लागि यी ठाउँ निकै महत्वपूर्ण छन् । बाग्लुङको ढोरपाटन घुम्न जाने पर्यटक अहिले बढेका छन् । सहज यातायातको पहुँच पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण खुड्किलो रहेछ । मध्यपहाडी राजमार्गकै कारण रूकुम हुँदै डोल्पा जाने पर्यटक बढेका छन् । रूकुम पूर्वको तकसेरा, मैकोटलगायतका दर्जन ठाउँमा पर्यटकीय गतिविधि बढ्दा ग्रामीण अर्थतन्त्र चलायमान भएको छ । अझै योजनाबद्ध पर्यटन प्रवद्र्धनको योजना कार्यान्वयन हुन सक्दा मध्यपहाडी पुष्पलाल राजमार्ग आसपासको क्षेत्रले धेरै लाभ पाउन सक्छ ।


    नेपालको पूर्व पाँचथरको चिवाभञ्याङदेखि मध्यपहाडका २६ जिल्लालाई जोड्दै सुदूरपश्चिम बैतडीको झुलाघाट पुगेर यो मार्ग टुंगिन्छ । यो राजमार्गको कुल लम्बाई १ हजार ८ सय ७९ किमि छ । बाग्लुङको बुर्तिबाङदेखि पश्चिम लागेपछि रूकुमपूर्वको पातीहाल्नेदेखि पञ्चासेसम्मको १३ किमि बाहेक अन्यत्र पक्की छ । जाजरकोट खण्डको २० किमि पक्की हुँदैछ । पातीहाल्ने—पञ्चासे खण्ड पक्की हुने हो भने बुतिबाङदेखि पश्चिमको खण्डमा सहज आवागमन हुनेछ । यसले यो क्षेत्रको पर्यटन प्रवद्र्धन र कृषिको व्यवसायिक विकासमा टेवा पुग्नेछ ।


    अब राजमार्ग आसपासका किसानलाई व्यवसायिक उत्पादनमा अग्रसर गराएर बजारसँग जोड्ने काम सरकारको हो । पर्यटन प्रवद्र्धन र कृषि उत्पादन तथा बजारीकरणका लागि तहगत सरकारले मिलेर काम गर्न सक्छन् । मध्यपहाड गुल्जार बन्दा धेरै संभावना अघि देखिन्छन् । तीब्र ढंगले भइरहेको बसाईसराइ रोकिने नै छ, वैदेशिक रोजगारीमा गएका युवा पहाड फर्केर पर्यटन र कृषि उद्यममा लाग्ने बाटो खुल्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij