२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका कुन जिल्लामा कति भैंसी ? : साढे सात लाखमा दुधालु सवा २ लाख मात्र

लुम्बिनीका कुन जिल्लामा कति भैंसी ? : साढे सात लाखमा दुधालु सवा २ लाख मात्र

झण्डै साढे ५ लाख अनुत्पादक भैंसीमध्ये आधा संख्याको वंश-नश्ल सुधार गर्नसके वार्षिक २५ अर्ब रुपैयाँ बराबरको दूध उत्पादन बढाउन सकिने र २ लाख जना बढीलाई रोजगारी सिर्जना गर्न सकिने पशु विज्ञहरुले औंल्याएका छन् ।

लुम्बिनीका कुन जिल्लामा कति भैंसी ? : साढे सात लाखमा दुधालु सवा २ लाख मात्र

लुम्बिनीका कुन जिल्लामा कति भैंसी ? : साढे सात लाखमा दुधालु सवा २ लाख मात्र

झण्डै साढे ५ लाख अनुत्पादक भैंसीमध्ये आधा संख्याको वंश-नश्ल सुधार गर्नसके वार्षिक २५ अर्ब रुपैयाँ बराबरको दूध उत्पादन बढाउन सकिने र २ लाख जना बढीलाई रोजगारी सिर्जना गर्न सकिने पशु विज्ञहरुले औंल्याएका छन् ।

लुम्बिनीका कुन जिल्लामा कति भैंसी ? : साढे सात लाखमा दुधालु सवा २ लाख मात्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • बुटवल
    लुम्बिनी प्रदेशका किसानका गोठमा साढे सात लाख बढी भैंसी रहे पनि सवा दुई लाख भैंसी मात्र दुधालु रहेको पाइएको छ । प्रदेशको कृषि मन्त्रालयअन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आर्थिक वर्ष २०८१-०८२ को तथ्यांकअनुसार प्रदेशमा ७ लाख ५७ हजार दुई सय भैंसी छन् । तर यी मध्ये २ लाख १६ हजार ७९२ वटा भैंसी मात्र दुधालु रहेका छन् ।

     
    अनुत्पादक भैंसीको संख्या ५ लाख ४५ हजार १८४ (७२ प्रतिशत) र उत्पादक भैंसीको संख्या २८ प्रतिशत मात्र रहेको तथ्यांकले भैंसी पालनमा किसानहरुको ठूलो लगानी भए पनि उत्पादन र आयआर्जन अति न्यून भइरहेको देखाउँछ । दूध उत्पादन कम हुनुको मुख्य कारण भैंसीका प्रजातिको गुणस्तर नहुनु अर्थात् वंश र नश्ल सुधार नहुनु प्रमुख कारण भएको पशु विज्ञहरुले औंल्याएका छन् । 


    प्रदेशको कूल भैंसी संख्यामध्ये तराईका ६ जिल्लामा ६२ प्रतिशत र एक हिमालीसहित पहाडका ६ जिल्लामा ३८ प्रतिशत रहेको छ । 


    तराईका जिल्लामा दुधालु भैंसीको संख्या एक लाख ३३ हजार ६६० र पहाडका जिल्लामा दुधालु भैंसीको संख्या ८३ हजार १३२ रहेको निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले जानकारी दिए । 


    सबैभन्दा दुधालु भैंसीमा मुर्रा जातको मानिन्छ । तर उन्नत जातको मुर्रा भैंसीको संख्या प्रदेशमा न्यून रहेको छ । 
    जिल्लागतरुपमा सबैभन्दा धेरै रुपन्देहीमा एक लाख ७ हजार १९१ वटा (१४ प्रतिशत ) र सबैभन्दा कम रुकुम पूर्वमा ९ हजार ८२० (१ प्रतिशत) भैंसी छन् । 


    दोस्रो धेरै भैंसी भएका जिल्ला कपिलवस्तुमा एक लाख एक हजार ७३२ (१३ प्रतिशत) छन् ।  बाँकेमा  ८४ हजार ७०१, अर्घाखाँचीमा ८३ हजार ६७६, बर्दियामा ७६ हजार ९८२, दाङमा ६८ हजार २६१, गुल्मीमा ६४ हजार ३१७, पाल्पामा ५१ हजार २७१, प्यूठानमा ४९ हजार ३४८, पश्चिम नवलपरासीमा ३२ हजार ८०७ र रोल्पामा २७ हजार ४ वटा भैंसी रहेका भुसालले जानकारी दिए । 


    लुम्बिनी प्रदेशमावार्षिक ३ लाख ५५ हजार ५५६ मेट्रिक टन भैंसीको दूध उत्पादन हुने गरेको छ ।  एउटा दुधालु भैंसीबाट दैनिक सरदर ४.६ लिटर (वार्षिक १४ सय लिटर )  दूध उत्पादन हुने गरेको छ । नेपाल विश्वव्यापी रूपमा भैंसी जनसंख्यामा चौथो र भैंसी दूध उत्पादनमा पाँचौं स्थानमा लुम्बिनी प्रदेशमा हालको अनुत्पादकमध्ये आधा भैंसीको वंश तथा नश्ल सुधार, भकारो सुधार, नियमित स्वास्थ्य चेकजाँच गर्नसके वार्षिक २५ अर्ब रुपैयाँ बराबरको थप दूध उत्पादन र २ लाख जना बढीलाई रोजगारी सिर्जना गर्न सकिने  वरिष्ठ पशु चिकित्सक लोकराज भुसाल बताउँछन् । 


    लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार गरी उत्पादकत्व बढाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको र संघीय सरकारसँग १० करोड रुपैयाँ विशेष अनुदानको माग गरेको प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थीले बताए । लुम्बिनी प्रदेशमा भैंसी विकासको उच्च सम्भावना रहेको र संरचित आनुवंशिक सुधार अपरिहार्य रहेको भन्दै उनले प्रदेशको खाद्य सुरक्षा र किसानको जीविकोपार्जनका लागि भैसीको श्रोतकेन्द्र स्थापना आवश्यक रहेको बताए । 


    भैंसीमा लाग्ने खोरेत रोग प्रमुख समस्या भएको र यसले ४० प्रतिशतसम्म दूध उत्पादनमा गिरावट आएकाले प्रदेशलाई खोरेत रोग मुक्त बनाउन प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको मन्त्री पन्थीले बताए । 


    लुम्बिनी प्रदेशमा भैंसीको वंश सुधार तथा उत्पादकत्व वृद्धिका लागि बुटवलमा आयोजित प्राविधिक कार्यशालामा पशु सेवा विभागका प्रमुख पशु विकास अधिकृत डा. हेमराज अवस्थी, डा. भूमिनन्दन देवकोटा, डा. श्रीराम न्यौपानेलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । 


    उनीहरुले दूध उत्पादन बढाउन वंश र नश्ल सुधार, भकारो सुधार संगै बाह्रै महिना घाँस उत्पादन र घाँस खेती विस्तार र बिउ आपूर्ति, साइलेज तथा पराल उपचार प्रविधि, सन्तुलित रासन र खनिज पूरक प्रवद्र्धनमा ध्यान दिन सुझाव दिएका छन् । 


    यस्तै भैंसीलाई नियमित खोप र परजीवी नियन्त्रण, घरदैलो पशु चिकित्सा सेवा, बाँझोपन निवारण, थुनेलो नियन्त्रण (निगरानी, एन्टिबायोटिक संवेदनशीलता परीक्षण, टिट डिपिङ), जिल्लास्तरमा प्रयोगशाला सुदृढीकरण र जलवायु–उत्थानशील प्रजनन्लाई प्राथमिकता दिन विज्ञहरुले सुझाएका छन् ।   नेपालको कुल दूध उत्पादनमा भैंसीको योगदान ६३% छ । नेपाल विश्वव्यापी रूपमा भैंसी जनसंख्यामा चौथो र भैंसी दूध उत्पादनमा पाँचौं स्थानमा छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij