२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी

उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी

उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी

उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी

उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि चितवनबाट ल्याइएको तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेपछि तरकारी नष्ट गरिएको छ । चितवनबाट ल्याइएको बोडीमा परीक्षण गर्दा अर्गानो फस्फेट समूहको विषादी ९७ प्रतिशतसम्म भेटिएको छ । केही समयअघि कावासोतीमा रायोको सागमा पनि परीक्षण गर्दा ९७ प्रतिशत विषादी भेटिएको थियो । 


    परीक्षणपछि  १५० किलोग्राम बोडीमध्ये १२० केजी बुटवल उप–महानगरपालिकासँग समन्वय गरी डम्पिङ साइडमा नष्ट गरिएको छ । बाँकी ३० केजी भने पहिले नै बिक्री भइसकेको थियो । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अधिकारीहरुका अनुसार, नियमित परीक्षणका क्रममा बोडीमा अत्यधिक विषादी देखिएको हो ।  शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ । तर ४५ प्रतिशतभन्दा माथि पुगेमा भने त्यस्ता तरकारीलाई अनिवार्य रूपमा नष्ट गरिन्छ । विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी भेटिने गरेको छ । किसानले विषादी प्रयोग गरेपछि कुर्नुपर्ने ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिएको छ ।


    विषादी परीक्षण यो एउटा नमूना भयो । दिनहुँ उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी पुगिरहेको अनुमान गर्न सकिन्छ । दिनहुँ उपभोक्ताको भान्सामा विषादी पुग्दा सरकारी निकायले नमूनाको रुपमा विषादी परीक्षण गर्नु झारा टार्ने काम हो । त्यसो त बुटवलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला छ, यो प्रयोगशालाले नियमित विषादी परीक्षण गरेको भन्ने जानकारी बेलाबखत दिने गर्छ । तर यो प्रयोगशालालाई साधनस्रोत युक्त बनाएर परीक्षणमा कडाइ नगर्ने हो भने यो प्रयोगशालाको प्रभावकारीता हँुदैन् । बजारमा विषादीयुक्त तरकारी छ्याप्छ्याप्ती छ, तर नमूना परीक्षणले मात्रै बजारलाई नियन्त्रण गर्न सक्तैन् । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रको मात्रै परीक्षण गर्ने हो कि खुला रुपमा बजारमा बिक्री भइरहेको तरकारीको पनि हो ? बुटवलको बजारमा अहिले स्थानीय उत्पादन सिधँै उपभोक्ताको घरदैलोमा पुगेको छ । पाल्पाको मदनपोखराबाट सिधँै हाटबजार ल्याएर तरकारी बिक्री हुँदै आएको छ ।


    किसानले खेतबारीमा विषादी मनपरी प्रयोग गर्दा क्यान्सरलगायतका रोगको जोखिममा नागरिक पर्न थालेका छन् । मनपरी विषादी प्रयोगले नागरिकको स्वास्थ्य जोखिममा पर्दा समेत सचेतनाको कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारी निकाय विषादीको प्रयोग न्यूनीकरण गर्न र सुरक्षा सतर्कता अपनाउन सचेत नगराउनु नागरिकको स्वास्थ्यप्रति खेलवाड गर्नु हो । प्रतिबन्ध भएका विषादीको आयात र बेचबिखन भए कारबाहीको दायरामा ल्याउनुपर्छ । तर सरकारी निकायबाट नियमन छैन । यसको दायित्व प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रको हो । केन्द्रकै अनुसार, आर्थिक वर्ष २०७४-०७५ मा ६ लाख ३५ हजार ७ सय २१ किलो विषादी आयात भएको थियो । अहिले विषादी दोब्बर आयात भएको छ ।


    खेतबारीमा विषादी राख्नुको कारण हो -खेतबारीमा लाग्ने किरालाई मारेर उत्पादन बढाउनु । विषादीको प्रयोगले शत्रु जीव मात्रै मर्दैनन्, मित्र जीव पनि मर्ने भएकाले विषादीको प्रयोगमा न्यूनीकरण अत्यावश्यक छ । किसानले मनपरी विषादी प्रयोग गर्दा खेतबारीका शत्रु र मित्र जीव मात्रै मरेनन्, मान्छेको स्वास्थ्य नै जोखिममा प¥यो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर हालै पाराक्वाटारपाराक्वाट डाइक्लोराइड, क्लोरोपाइरिफस र फोरेट नामक विषादी आयात बिक्रीमा प्रतिबन्ध लगाएको छ । यी विषादीको प्रयोगले किसानको स्वास्थ्य जोखिम बढाएकोले प्रतिबन्ध लगाएको हो । अन्य घातक विषादी आयात र नियन्त्रण गर्न ध्यान दिनुपर्छ ।

     
    अति विषादी प्रयोग भएको तरकारीले तत्काल टाउको दुख्ने, बान्ता आउने, वाकवाकी आउने, हात काँप्ने, बेहोस हुनेलगायत समस्या देखिएका छन् । खतरनाक विषादीले दीर्घकालीन रूपमा क्यान्सर, लुलो–लङ्गडो हुने, गर्भ तुहिने, कलेजोको खराबीलगायत समस्या निम्त्याउने विज्ञहरु बताउँछन् ।


    प्रतिबन्ध भएका विषादीको आयात गर्नेलाई कानुनी कारबाहीको दायरा जति विस्तार गर्न आवश्यक छ, प्रतिबन्ध नलगाइएका विषादीको प्रयोगमा खेलवाड नगर्न उत्तिकै सजग गराउन जरूरी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij