झपेन्द्र जिसी
२०८२ भाद्र २३ र २४ गते युवा पुस्ताले सडक प्रदर्शन खासगरी काठमाडौंमा गरे । स्मरणीय के छ भने केही सामाजिक सञ्जाल नेपाल सरकार समक्ष दर्ता नभई चलेको हुँदा दर्ता गरेर मात्र सामाजिक सञ्जाल सञ्चालन गर भन्ने, तत्कालीन नेपाल सरकारको मान्यता र भनाइ थियो । सुनियो यही । सरकारले सञ्जाल मात्र बन्द के गरेको थियो जेनजी पुस्ताले यसै विषयलाई लिएर सरकारले तोकेको ठाउँमा विरोधमा उत्रिए । जुलुस शान्तिपूर्ण नै रह्यो ।
तर त्यसै दिन टिओबी (टिवेटिएन ओरिजिन बल्ड) लेखिएको टिर्सट लगाएका भुसतिघ्रेहरु जुलुसमा प्रवेश गरे, तोकिएको रेखा वा निषेधित क्षेत्रतर्फ लागे ।
निर्दाेष जेनजीहरु भुसतिघ्रेहरुको प्रवेश भो फर्क भनेका आवाजलाई भडकाउवादीले टेर्ने कुरै भएन ।
आयो आयो भन्दै निषेधित क्षेत्रतर्फ लगेको फुटेजबाट देखियो ।
जुलुस खेल्नेलाई पानी खुवाउने निहुँमा हालका गृहमन्त्री सुदन गुरुङ्गले जुलुसको नेतृत्व गरे ।
राष्ट्रिय सम्पदाहरुमाथि आगजनीका गतिविधि सुरु भए ।
विष्फोटक पदार्थ पड्किए । कताकताबाट फड्किए ? भित्रबाट वा बाहिरबाट वा सुरक्षाकर्मीबाट वा को बाट नेता त सुदन हो भन्छन्, सबैले । क्षति भयो जिउ ज्यान र सम्पदाको तत्कालीन प्रम र गृहमन्त्रीले राजीनामा दिएपछि झन् ठूलो क्षति भयो ।
सर्सर्ती हेर्दा के देखिन्छ भने यो विद्रोह गराउने योजना देशभित्रभन्दा पनि बाहिरै भएको देखिन्छ, कस्तो त भन्दा खेरि बंगलादेशमा जस्तै !
बुद्धिजीविहरुको दाबी छ– यो योजना बनाउने दिपस्टेट हो, अर्थात् (भूमिगत गिरोह) भनिन्छ ।
सर्सर्ती हेर्दा नेपालमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित राष्ट्रवादी, लोकतान्त्रिक र कम्युनिष्ट शक्तिको सरकारलाई सञ्चालन हुन नदिने । सारतः राष्ट्रवादी शक्तिले अमेरिकी निर्देशन, युरोपियन निर्देशन र भारतीय निर्देशनलाई अक्षशः पालना गरे टिक्न चल्न दिने नत्र यो वा त्यो विद्रोह गराएर सखाप पार्ने । यदि यसो गर्न नसके भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेर अमेरिका पु¥याएझैं सत्तापलट गरेर आफै शासक बन्न खोजेको धेरै उदाहरणहरुबाट देखिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सत्तापलट गरेको त्यही त हो । यो चाहिं साम्राज्यवादको नाङ्गो नाच हो ।
नेपालमा ०४६ को परिवर्तनपछि धेरै आइ.एन.जिओहरु आए । आइ.एन.जी.ओहरु विकास र निर्माणका नाममा एनजिओमार्फत् काम गरे । एनजीओलाई अन्यथा मान्न सकिंदैन । कतिपय आइएनजिओहरुले आफ्नो मिसन पूरा गर्न थाले, जातीय र सामाजिक एकतामने सट्टा विखण्डनका तानावाना बुने । त्यो क्रम गणतन्त्र आएपछि पनि रोकिएको छैन ।
अहिले त झन् नेपालको विभिन्न ठाउँमा बसेका तिब्बती शरणार्थीहरु विशेषतः काठमाडौं उपत्यकाभित्र भाँडभैलो मच्याउँदै छन् । उनीहरुका नेता दलाई लामा भारतको हिमाञ्चलमा बसेर निर्देशित गर्दैछन् । टिओबी डे«समा सजिएका तिनै शरणार्थी युवा हुन् । जसले भाद्र २३ र २४ गते नेपालीहरुलाई बध मात्र होइन गर्नु गराए हाम्रा जेनजीहरु परे मरे ।
त्यस्तै २०३०÷२०३१ सालमा मुस्ताङ्ग हाम्रो भूमि हो भनेर त्यस क्षेत्रमा स्व राज्यकै माग उठाए । तर तिनीहरुको कमाण्डरलाई नेपाली सैनिकले दार्चुला र धार्चुलाको बीचमा पर्ने नेपालको टिङ्करमा इन्काउण्टरमा हत्या गरेपछि आन्दोलन साम्य भयो ।
यसरी नै अहिले त झन् ती शरणार्थीले काठमाडौं उपत्यका हाम्रो हो, हामीलाई स्वराज्य चाहियो भन्दैछन् ।
यो कसको इशारामा भइरहेका छन् ? स्पष्टै छ विदेशीको इशारामा । को विदेशी हुन् त ? यो पनि नेपाली जनताले जान्न बुझ्न जरुरी छ । समयमा नुबझे प्यालेस्टाइनीको हालत हुनेछ । एउटा कुनामा थन्कनु पर्नेछ । नेपालको अस्तित्व र अस्मिता गुम्नेछ ।
तत्कालीन एमाले कांग्रेसको सरकारले एसपीपी सन्धि गर्न अस्वीकार ग¥यो । त्यसो त विकासको नाममा दलहरुले एमसीसी स्वीकार गरे । यो काम प्रचण्ड, माधव र नेकाको सरकार हुँदा भयो । व्याख्यानमालाको तुर्फ हानेर एमसीसी अमेरिकी विकास सहयोग हो भनेर वकालत गरे । अहिले एसपीपी गर्न अस्वीकार गर्दा अमेरिका चिडियो । एमसीसीअन्तर्गत एसपीपी सम्झौता भएपछि नेपालको जहाँ जहाँ एमसीसी एकाउन्ट विकास साझेदारी योजनाबाट कार्य सम्पादन गर्ने हो । त्यो क्षेत्रको सुुरक्षा जिम्मा अमेरिकाको हुनु हो । अमेरिकाको सेनाहरु हातहतियारका साथ नेपालका ठाउँ–ठाउँमा कवाज खेल्न दिनु हो । ओली र देउवाले यसलाई अस्वीकार गरे । अर्काेतर्फ ओली प्रधानमन्त्री हुँदा नेपालको संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा पारित ग¥यो । जसलाई चुच्चे नक्सा पारित ग¥यो, जसलाई चुच्चे नक्सा भनिन्छ । यो नक्सा जडित नोट पनि नेपाल राष्ट्र बैंकले प्रकाशमा ल्यायो । जसका कारण भारत चिडियो तत्कालीन सरकारसित ।
राष्ट्रवादी त्यो सरकारलाई ढाल्नै पर्छ, फाल्नै पर्छ भन्ने स्वार्थ अमेरिका र भारतको मिल्यो । कसरी फाल्ने त ? कसरी ओली देउवालाई अपदस्त गर्ने त भन्ने सवालमा लामो गृहकार्यपछि नेपालमा सुशासन छैन, भ्रष्टाचारै भ्रष्टाचार छ भन्ने प्रचार सामाजिक सञ्जालबाट सुरु भयो । ओली, देउवा सत्ता पक्षलाई भ्रष्टाचारीको रुपमा चित्रित गराइयो ।
नेपाली जनतामा पनि त्यस्तै प¥यो । सबै सांसद भ्रष्टाचारी, सबै मन्त्री भ्रष्टाचारी र सबै जनप्रतिनिधि भ्रष्टाचारी भनेर आरोपित गरे । सामाजिक सञ्जाल फेसबुकहरु रंगिए । जो साँचो भ्रष्टाचारी थिए र हुन् नङ्गयाउनु पर्छ नै, तर सबै त्यही घानमा परे ।
जनताबाट जनप्रतिनिधि र सरकारलाई नङ्गयाउनु थियो, नङ्गयाए ।
यही मौका छोपेर जेनजी नामबाट विद्रोह गराए । निर्दाेष नानी बाबुको शान्तिपूर्ण जुलुससम्मलाई भड्काए, अभद्र क्रियाकलाप गराए । अभद्र क्रियाकलाप गराउनेहरुको नङको उचेरा पनि गएन ।
तत्कालीन सरकार यही विद्रोहबाट ढालियो । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीको नेतृत्वमा भएको सरकारले फागुन २१ गते निर्वाचनको नाटक ग¥यो । भ्रष्टाचारी भनेर नङ्गयाइएका पार्टी र तिनका उम्मेदवारलाई जनताले मत दिएनन् । तर रवि लामिछानेजस्ता सहकारी ठगहरुले जिते । परिणाम त्यतै गयो । अहिले बालेनको नेतृत्वमा सरकार छ । सुशासन गर्छु भनेका छन् । गरुन् । गरेर देखाऊन् । तर प्रथम गास्रे मच्छेका भने झैं उनीहरुको गतिविधि आग्रहपूर्ण र प्रतिशोधपूर्ण छ भनेर एमाले र कांग्रेसहरुको नेतृत्वमा जनता सडकमा आइसकेका छन् ।
अन्त्यमा ! प्रिय मित्रहरु ! कौवाले कान लग्यो कसैले भन्यो भने आफ्नै कान छान्नु पर्ने हो । तर आफ्नो कान नछाम्मी कौवाको पछाडि कुँधन थालेको देखियो । लहलहैमा जेनजी विद्रोह भयो । लहलहैमा चुनाव भयो । तपाईं मतदाताले ढिलै भए पनि अब भन्नुपर्नेछ–तिब्बती शरणार्थीलाई फिर्ता गर ! टिओबीधारी को हुन् ? लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे बोल सरकार ! सरकारको दृष्टिकोण के हो ? अब मतदाताको बुझाइ के हो ? विदेशीहरु विशेषतः अमेरिका, इण्डिया सफल भए । मतदाता त्यसै मख्ख ।




