२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी– रूपन्देही– कपिलवस्तुमा  कस्तो छ प्रगति ?

नवलपरासी– रूपन्देही– कपिलवस्तुमा  कस्तो छ प्रगति ?

नवलपरासी– रूपन्देही– कपिलवस्तुमा  कस्तो छ प्रगति ?

नवलपरासी– रूपन्देही– कपिलवस्तुमा  कस्तो छ प्रगति ?

नवलपरासी– रूपन्देही– कपिलवस्तुमा  कस्तो छ प्रगति ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २७ २०८२
शुक्रवार, चैत्र २७ २०८२
  • कपिलवस्तु । लुम्बिनी प्रदेशमा हुलाकी सडक आयोजनाका अधिकांश सडक स्तरोन्नति तथा पुल निर्माण कार्यहरू राम्रो गतिमा अघि बढिरहेका छन् । 

    हुलाकी सडक प्रदेश कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार, कपिलवस्तु जिल्लाको कोठी– तौलिहवा– बहादुरजंग सडकको स्तरोन्नति कार्य सबैभन्दा उच्च प्रगतिमा पुगेको छ । यो आयोजनाको भौतिक तथा वित्तीय प्रगति ९९ दशमलव ३० प्रतिशत पुगिसकेको छ, जसले गर्दा छिट्टै नै यो खण्ड यातायातका लागि पूर्णरूपमा खुल्ने अपेक्षा गरिएको छ ।

    यसैगरी, कपिलवस्तुको खरेन्द्रपुर– सीतालापुर –विल्मी सडकको स्तरोन्नतिमा ९७ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ९६ प्रतिशत रहेको छ । सम्झौता रकमभन्दा बढी मूल्य वृद्धि भुक्तानी भए पनि निर्माण व्यवसायी स्वच्छन्द/सिरूवा/वर्ल्डवाइड जेभीले कामलाई तीव्रता दिएको देखिन्छ । नवलपरासीको कठाहवा– त्रिवेणी सडकमा ९५ प्रतिशत र गोपीजंग– नारायणचोक– परासी सडकमा ९० प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख होम एसीले जानकारी दिए । 

    पुल निर्माणतर्फ सुरई खोलामाथिको प्रेस्ट्रेस्ड आरसीसी पुल (बहादुरजंग– रामनगर खोला खण्ड) मा ९७ प्रतिशत प्रगति भएको छ भने कञ्चनिया खोलामाथिको पुलमा ६७ प्रतिशत र तिनाउ खोलामाथिको पुल (भैरहवा– लुम्बिनी सडक खण्ड) मा ७५ प्रतिशत प्रगति पुगेको छ । यी पुलहरू निर्माण सम्पन्न भएपछि तराई क्षेत्रको यातायातलाई थप सहज बनाउने अपेक्षा छ ।

    यद्यपि नवलपरासीको नारायणचोक– त्रिवेणी सडकको प्रगति भने तुलनात्मक रूपमा कमजोर छ । यो आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत मात्र रहेको छ भने वित्तीय प्रगति ४६ प्रतिशत छ । बाँकी दायित्व तथा बजेट व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

    समग्रमा, लुम्बिनी प्रदेशमा हुलाकी सडकका यी आयोजनाहरूले मूल्य वृद्धि तथा म्याद थपका बाबजुद उच्च प्रगति हासिल गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश कार्यालयले यी कार्यहरूलाई निरन्तर अनुगमन गरी समयमै सम्पन्न गर्ने प्रयास जारी राखेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij