घनश्याम गौतम
तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले सेवाग्राहीको सुविधाका लागि सुरु गरेको अनलाइन घर नक्सा पास प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले सेवा प्रवाहमा चुस्त, छरितो र सहज बनाउने उद्देश्यले २०७८ असोजदेखि अनलाइन घर नक्सा पास अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इभीपीएस) कम्युटर सप्mटवेयरबाटै गर्ने व्यवस्था सुरु गरेको थियो । तिलोत्तमामा नगरपालिका स्थापना भएयता अहिलेसम्म २१ हजार १ सय २८ नया घर थपिएका छन् । २०७१ मंसिर १६ मा ६ वटा गाविस मिलेर नगरपालिका भएको थियो ।
लुम्बिनी प्रदेशमै पेपरलेस नगरपालिकाको अवधारणा अनुसार तिलोत्तमाले पहिलो चरणमा घर–नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था सुरु गरेको हो । त्यसले नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका कामसमेत अनलाइनबाट हँुदै आएका छन् । सेवा सुरु गरेको झण्डै साढे ४ वर्षमा नगरपालिकाबाट ८ सय २१ वटा घरधनीले अनलाइन सेवाबाटै घर नक्सा सम्पन्नता लिएका छन् । तला थपमा ४८ र नियमित सम्पन्नमा २ सय ७१ ले सुविधा लिएका छन् ।
नगरपालिकाको नक्सा शाखाका वरिष्ट इञ्जिनियर मनिष खनालकाअनुसार पछिल्लो समय बन्दै गरेको घरको सुपरस्ट्रक्चरका लागि ६ सय ९ जना र पिलिन्स इजाजतका लागि ७ सय १३ जनाले स्वीकृती लिएका छन् । १ सय ४ जनाको अनलाइनबाटै नामसारी भएको र १ सय १६ जनाको अभिलेखिकरण गरिएको उनले बताए । ‘सकेसम्म सेवाग्राहीले छिटो र सहजरुपमै सेवा प्राप्त गरुन भन्ने उद्देश्यले नै अनलाइन सेवा परीक्षणका रुपमा सुरु गरेका थियौं,’ उनले भने–‘सुरुमा प्राविधिक रुपमा केही झन्झट र चुनौतीपूर्ण भए पनि अहिले सेवाग्राही सन्तृष्ट हुँदै जानु भएको छ ।’ नगरपालिकाले घर नक्सा पास अनलाइन सुविधासँगै राजस्व संकलन पनि अनलाइनबाटै हुने गराएको उनले बताए ।
नगरपालिकाले घर नक्सा अनलाइन व्यवस्थापनस“गै भवन निर्माण मापदण्डलाई पनि थप प्रभावकारी बनाएको छ । नगरप्रमुख रामकृष्ण खा“णका अनुसार तिलोत्तमा नगरपालिका रूपन्देहीमा सबैभन्दा बढी नया“ घर निर्माण हुने नगरपालिका पनि हो । त्यसैले भवन निर्माण मापदण्ड र अनलाईन सेवा नगरपालिकाभित्र प्रभावकारी बन्दै गएको र त्यसको कार्यान्वयनमा नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘अहिले दैनिक चार वटा नया नक्सा दर्ता हुदा दुई वटा घरको नक्सा पास अनलाईनबाटै हुने गरेको छ,’ उनले भने–‘विद्युतीय प्रणालीबाट नक्सा पास गराउदा सम्बन्धित व्यक्ति सेवा लिनका लागि लाईनमा बस्न र फाईल बोकेर फा“टफा“टमा दौडिरहन पर्दैन् ।’ विद्युतीय प्रणालीबाट नक्सा पास गर्दा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र आवश्यकता परेको बेला खोज्न पनि सहज हुने गरेको उनले जनाए ।
अनलाइन प्रविधिले घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाटै भईरहेको घर नक्सा शाखाकी सब इञ्जिनियर उषा न्यौपानेले बताइन् । उनका अनुसार सेवाग्राहीले निवेदन दिएको कम्तिमा ३ दिनमा राजस्व तिरेपछि सूचना टा“स्ने काम हुने र पुरानो घरको हकमा १५ दिनको सूचनाको समय सकिएपछिको बढीमा चार दिन र नया“को हकमा प्राविधिकको प्रतिवेदनपछि सम्पन्नता प्रदान गर्ने गरिएको छ । ‘घर नक्सा पासको प्राविधिक प्रतिवेदनका लागि नगरपालिकाले प्रत्येक वडामा १ जना प्राविधिक खटाएको छ,’ उनले भनिन्– ‘घरधनीले दिएको अनलाइन निवेदनका आधारमा प्राविधिकहरु घर निर्माणस्थलमै पुग्ने र प्राविधिक प्रतिवेदन तयार गरेपछि सम्पन्नताको प्रमाणपत्र उपलब्ध हुन्छ ।’ अनलाइन सेवा प्रवाहले ग्राहकको ढिलासुस्तीको गुनासो रोकिएको उनले बताइन् ।
नगरपालिकामा अनलाइन घर नक्सा सेवा सुरु हुनुभन्दा अघि २० हजार फाइलहरु थिए । अहिले ति फाइलहरुमध्ये पनि ११ हजार फाइलहरुलाई डिजिटल प्रविधिमा इन्ट्रि गरिसकिएको छ । अन्य पुराना फाइलहरुको पनि कम्प्यूटर अभिलेखीकरण गर्ने काम भईरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले घरनक्सा पासको अनलाइन सेवा प्रभावकारी बन्दै गएपछि नगरपालिकाले छिट्टै नै पुरै अनलाइन सेवामार्पmत् नगरपालिकाले पेपरलेस नगरपालिका घोषणा गर्नेगरी काम गर्न थालिएको बताए । ‘समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउ“दै तिलोत्तमालाई स्मार्ट शहरको रुपमा विकास गरिरहेका छौं,’ उनले भने–‘नगरपालिकाले प्राप्त गरेको आइएसओ प्रमाणपत्रलाई समेत ख्याल गर्दै सबै सेवा सुविधा अनलाइन प्रविधिबाटै प्रवाह गर्ने तयारीमा छौं ।’ त्यसका लागि विभिन्न विकास साझेदारहरुको पनि सहयोग रहेको उनले बताए ।
नगरपालिकाले गत आव २०८१-०८२ मा मात्र घर नक्साबाट २ करोड ८० लाख राजस्व संकलन गरेको थियो । चालु आवको साउनदेखि चैत १८ सम्ममा १ हजार ३ सय १२ जनाले घर नक्साका लागि निवेदन दिएका छन् । नगरपालिकाको घर नक्सा शाखाका अनुसार साउनमा ८५, भदौमा ६६, असोजमा ९३, कात्तिकमा १ सय ६०, मंसिरमा २ सय ४६, पुषमा २ सय ५, माघमा १ सय ४७, फागुनमा १ सय ७३ र चैतको १८ गतेसम्म १ सय ३७ घर नक्साको निवदेन पेश भएका छन् ।
कसरी हुन्छ अनलाइन नक्सा पास ?
प्राविधिकहरुका अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इभीपीएस) कम्युटर सप्mटवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ‘अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन् ।
ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ । प्रारम्भमा इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई उपलब्ध गराइएको प्रोग्रामको ‘युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापी, नक्सा, जस्ता घरजग्गास“ग सम्बन्धित आवश्यक कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एट्याच’ गरी पठाइन्छ ।
डिजाइन डेस्कबाट डकुमेन्ट रजिष्ट्रेशन डेस्कमा पुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बरलगायत इञ्जिनियरले जा“च गर्छन् । यसपछि इञ्जिनियरले टेक्निकल डेस्कमा पठाउछन् । जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको÷नगरेको हेरिन्छ । सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ ।
प्राविधिकहरुका अनुसार यदि तोकिए अनुसारको मापदण्ड पूरा भएको छैन भने सप्mटवेयरले त्यसलाई सपोर्ट गर्दैन । मापदण्ड पूरा भएको फाइल ‘रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ । वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टासगरी स“धियारको दाबीविरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरेर घर निर्माणका लागि स्वीकृत गरिन्छ । यी सबै प्रक्रिया पूरा गरेर घर सम्पन्न भएपछि सम्पन्नताको प्रमाणपत्र दिनेसम्मका काम अनलाइन प्रणालीबाटै हुने गरेका छन् ।




