२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खुल्ला बी लेभल भलिबलको उपाधि आयोजक ड्राइभरटोल क्लबलाई

खुल्ला बी लेभल भलिबलको उपाधि आयोजक ड्राइभरटोल क्लबलाई

खुल्ला बी लेभल भलिबलको उपाधि आयोजक ड्राइभरटोल क्लबलाई

खुल्ला बी लेभल भलिबलको उपाधि आयोजक ड्राइभरटोल क्लबलाई

खुल्ला बी लेभल भलिबलको उपाधि  आयोजक  ड्राइभरटोल क्लबलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • बुटवल । तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा आयोजित खुल्ला बी लेभल भलिबल प्रतियोगिताको उपाधि आयोजक ड्राइभरटोल भलिबल क्लबले जितेको छ । ड्राइभरटोल भलिबल क्लबले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगितामा तिलोत्तमा ८ भलिबल क्लबलाई फाइनलमा पराजित गर्दै आयोजक नीलो टिमले उपाधि जितेको हो ।

    प्रतियोगितामा तिलोत्तमा ८ टिम उपविजेता, मणिमुकुन्द भलिबल क्लब तेस्रो र आयोजक ड्राइभरटोल भलिबल क्लब सेतो सान्त्वना भएका छन् । विभिन्न जिल्लाका २६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३० हजार ५५५, उपविजेताले २० हजार ५५५, तेस्रोले १ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका आयोजक क्लबका अध्यक्ष देव रानाले जानकारी दिए । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो ।

    प्रतियोगिता सम्पन्न गर्न क्लबका सल्लाहकार एवं समाजसेवी ड्राइभरटोल निवासी लक्ष्मण मल्लले खेल मैदान निशुल्करुपमा उपलब्ध गराउनुका साथै अन्य व्यवस्थापन पक्षमा समेत सहयोग गरेका थिए ।

    प्रतियोगिता समापनका अवसरमा मल्ल लगायतलाई आयोजकले सम्मान गरेका थिए । आगामी वर्षमा प्रतियोगितालाई थप व्यवस्थित बनाइने अध्यक्ष देव रानाले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij