२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बैगुनी भनेर भोंपा लगाउन त भएन !

बैगुनी भनेर भोंपा लगाउन त भएन !

बैगुनी भनेर भोंपा लगाउन त भएन !

बैगुनी भनेर भोंपा लगाउन त भएन !

बैगुनी भनेर भोंपा लगाउन त भएन !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • झपेन्द्र जिसी
    सबै युवाहरु उत्पादन र निर्माणमा लागेर समृद्ध नेपाल बनाउनु पर्ने हो ! नेपालमा हिमाल, पहाड, चुरेपहाड र तराई मधेस छ । समुद्र सतह आसपास उत्पादन हुने फलफूल अन्न एक प्रकारका छन् । होंचा पहाड र चुरे क्षेत्रमा उत्पादन हुने फलफूल अन्न अर्का प्रकारका छन् ।


    अनि उच्च पहाड र तल्लो हिमालमा उत्पादन हुने अन्न फलफूल अर्का प्रकारका छन् ।
    उच्च हिमाली क्षेत्रमा उत्पादन हुुने फलफूल र जडीबुटी अर्का प्रकारका छन् । हिमाली जडीबुटी यार्सा गुम्बा निलमसी आदि त झन् कति छन् कति ।


    भौगोलिक विविधताले उक्त नेपाली भूगोलमा उत्पादन नहुने केही छैन । जे उत्पादन गर्न चाह्यो । त्यही उत्पादन गर्न सकिन्छ नेपालमा ।
    वास्तवमा नेपाल त हाम्रा ऋषिमुनिहरुले परिकल्पना गरेको कल्पवृक्ष नै हो । कल्पवृक्षमा जे चितायो त्यही उत्पादन हुन्छ । अर्काे शब्दमा मनचिन्ते देश हो नेपाल !


    चाहना बमोजिमको फलफूल अन्न उत्पादन गर्न श्रमको दरकार पर्छ । जति शारीरिक श्रम ग¥यो त्यति पसिना खल्खल्ती आउँछ । मानव शारीरिक रुपमा स्वस्थ बन्न थाल्छ । यी सबै  उत्पादनका आधार हुन् । दीर्घायुको आधार पनि श्रम रहेछ ।
    स्मरणीय छ । सन् १९४५ मा अमेरिकाले  लिटिल बाय र फ्याटम्यान नामका बम प्रहार जापानको हिरोसिमा र नागासाकीलाई खरानी बनायो । द्वितीय विश्व युद्ध १९४५ मा सकियो । 


    जापानीहरु ध्वस्त भएको जापानलाई आफँैले समृद्ध बनाउनुपर्छ भनेर लागे । राष्ट्र समृद्धिको अभियानमा के वृद्ध, के नौजवान, के महिला, के पुरुष सबै लागे । छोटै अवधिमा जापानलाई समृद्ध देशमा परिणत गरे । अहिले पनि उनीहरु देश अति समृद्ध बनाउन लागि नै रहेका छन् । त्यहाँ रोजगारीका समस्या छैन । उनीहरुको भौतिक निर्माण मात्र होइन माइक्रो इलेक्टोनिक्समा पनि हात बढाए । उच्च गुणस्तरीय रेडियो टेलिभिजन र रेलगाडी, मोटर गाडी निर्माण गरेर बाहिर निर्यात गरी पैसा आर्जन गरिरहेका छन् ।


    यसरी नै हाम्रो उत्तरी छिमेकी देश चीन हो । उसको अस्तित्व निमिट्यान्न पार्न अमेरिका, तत्कालीन साम्राज्यवादी जापान, पश्चिमा युरोपियन पुँजीवादी देशहरुले संयुुक्त आक्रमण गरे । प्रतिरोधी युद्ध गर्न कोभिन्ताङका नेता तथा सरकार प्रमुख च्याङकाइ शेकलाई चीनका क्रान्तिकारी कम्युनिष्ट नेता माओत्सेतुङले आह्वान गरे बमोजिम सम्झौता पनि भयो । तर धोखेवाज च्याङकाइशेक पुनः आक्रमणकारी शत्रु पंक्तिसँग नै मिल्न गयो । चिनियाँ कम्युनिष्ट पार्टीले सबै प्रतिक्रियावादीसँग लडाइ जारी राख्यो । अमेरिकी साम्राज्यवादी शक्ति जापानी र साम्राज्यवादी शक्ति पश्चिमा साम्र्राज्यवादी शक्तिको हार भयो । माओको नेतृत्वमा चीनले जित्यो । १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । च्याङकाइ शेक भागेर चीनकै भूभाग ताइवाइन टापुमा गई बस्न थाल्यो । 


    स्मरणीय छ, १९४९ मा मुक्त भएको चीनले आफ्नै बलबुता प्रविधिको निर्माण गरेर छोटो समयमा समृद्ध देश निर्माण गरिसकेको छ । चीन त महाशक्ति राष्ट्र बनिसकेको छ । 
    प्रिय मित्र ! समृद्ध चीन र महाशक्ति राष्ट्र चीन विकास हुनुमा चिनियाँ नेता माओत्सेतुङ, चाउएनलाई देङस्यायो पिङ शि जिङ पिङहरुको मुख्य भूमिका रहेको छ । चीनलाई हाँक दिने हेप्ने चेप्ने अब कुनै साम्राज्यवादी  शक्तिको तागत छैन ।
    चीन समृद्ध र महाशक्ति राष्ट्र बन्नुमा चिनियाँ जनताकै हात र साथ छ । सारतः बनाउन चाहे बन्दोरहेछ–समृद्ध देश !


    प्रिय मित्र ! मलाई एमालेको झोले नभन्नु होला ! म झोले होइन । तर यथार्थ कुरा बोल्नुपर्छ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले चाहेको पनि यस्तै हो देशभित्रै काम गरौं । देश बनाऔं । नयाँ संविधान संविधानसभाबाट निर्माण गरी सुशील कोइराला, केपी ओली र तत्कालीन सबै नेताहरुको सहमतिमा २०७२ सालमा संघीय संविधान जारी भयो । संविधान निर्माणपछि दिल्ली दरबारको तर्फबाट नरेन्द्र मोदीले अघोषित नाकाबन्दी लगाए । भारतको बाटो हुँदै आउने डिजेल, मट्टितेल, पेट्रोलजस्ता आवश्यक इन्धन र दैनिक उपयोग्य सामग्री र निर्माण सामग्री बोकेका ट्रकहरु दक्षिणी सीमा नाकाहरुमा रोकिए । ओली सरकार झुकेन । उत्तरी छिमेकी देश चीनसँग दीर्घकालीन व्यापार तथा पारवहन सन्धि गरेर सामग्रीहरु ल्याइए । 


    त्यति मात्र होइन नेपालको सम्प्रभुमा रहेको अपी हिमालमुनिको लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता गुमेका लुटिएका भूभागको नक्सा बन्यो तिनै ओलीको प्रस्तावमा संसदले नक्सा पारित ग¥यो । नक्सा पारितपछि नेपालको नोटमा नयाँ नक्सा राखेर छापियो । भूभाग फिर्ता गर भन्दा दिल्ली सरकार ओली सरकारसँग उल्टै चिढियो । दिल्ली सरकार मेख मार्ने निहुँको खोजीमा थियो ।
    प्रचण्डजी प्रधानमन्त्री रहेको संयुक्त सरकारले अमेरिकी सहयोगका नाममा तेर्साइएको प्रस्ताव व्याख्यान मालाको त्रुप फालेर सम्झौता ग¥यो । पछि एमाले कांग्रेसको संयुक्त सरकार  गठन भयो ।


    ओली प्रधानमन्त्री रहेको बेला पुनः अमेरिकाले एसपीपी सम्झौता तेस्र्याइयो । त्यो सम्झौतालाई तत्कालीन सरकारले अस्वीकार ग¥यो । यसरी चिढिएको अमेरिका दिल्ली र पश्चिमा शक्तिले त्यो सरकारलाई ढाल्ने फाल्ने र नेताहरुको बदनाम गर्ने नियतले जेनजी नामबाट स्कूले बालबालिकालाई शरिक गराए । केही मान्छे नामारी, रगतको खोलो नबगाई त्यो सरकार र सरकारमा रहेका पार्टीहरुको बदनाम गर्नैकै लागि (टीओबीधारीहरु) अमेरिकी युथ काउन्सिलमा संगठित व्यक्तिहरु, बारबरा फाण्डेशन लागेका थिए भन्ने बुद्धिजीविहरुको विश्लेषण सार्वजनिक भनाइ छन् ।


    सारतः समृद्धिको दिशातिरको अभियानमा जुट्दै गरेको बेला भाद्र २३ र २४ को घटनाले जनधनको ठूलो क्षति भएको छ । अबको केही वर्षको बजेट पुनर्निर्माणमै खर्च हुनेछ । स्वरोजगार र सुशासन दिन्छु भनेर सत्तासीन हुन आएको बालेन सरकार पूर्व जनप्रतिनिधिलाई गिरफ्तार गर्ने, अपमान गर्ने र सकेसम्म जेलमा कोच्ने तरखरमा छ । समृद्धि र निर्माणको योजना के हुने हुन् ? कहिलेदेखि हुने हुन् कसैलाई थाहा छैन । अनेपेक्षित रुपमा गरिएको निर्वाचनमा एमाले कांग्रेस र अन्य पुराना दलहरु पराजित भए । विकास सडक, नहर, पुल, सुरुङ मार्ग, मानव कल्याणकारी थिति त ती दलहरुले बाँधेकै थिए । तर मतदाताले यत्ति चाँडै किन भुले । यो लेखकले बैगुनी भन्न त भएन ।  मित्रहरु जापान चीनजस्ता देशहरु आफैँले बनाएर समृद्ध भए । अहिले त मालिक भएका छन् । विदेशीलाई पनि रोजगारी दिने अवस्थामा पुगे  ।


    हाम्रा नेपाली तन्नेरीहरुले अब देश निर्माण गर्र्ने होइन त ? किन सधैँ कुइरेका देशमा जाने ? अरबका खाडीमा सेंठसेंठानीको धोती लगौंटी धुन जाने ? नेपालमै काम गरे हुन्न र ?


    चुनाव त आउँछ जान्छ ! चुनाव फेरि हुनेछ । लहलहैमा लागेर के उपलब्धि होला र ? आफ्नै नेता आफ्नै सरकारको बदख्वाइँ गर्नु नै उपयुक्त काम हो र ?

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij