२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यार्थी संगठन खारेजीले निम्त्याउने जोखिम

विद्यार्थी संगठन खारेजीले निम्त्याउने जोखिम

विद्यार्थी संगठन खारेजीले निम्त्याउने जोखिम

विद्यार्थी संगठन खारेजीले निम्त्याउने जोखिम

विद्यार्थी संगठन खारेजीले निम्त्याउने जोखिम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • सरकारले सुशासनका लागि तयार गरेको एक सय कार्यसूचीमा विद्यार्थी संगठनको खारेजी गर्ने पनि भनेको छ  । राजनैतिक दल आबद्ध विद्यार्थी संगठनलाई क्याम्पस र विश्वविद्यालय हाताभित्र नराख्ने निर्णय आफैँमा उदेकलाग्दो छ ।


    सरकार बहुदलीय प्रणालीअन्तर्गत भएको चुनावमा निर्वाचित भएको हो । यो सरकारलाई संवैधानिक मर्मविपरीत अघि बढ्ने छुट छैन । संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको ग्यारेण्टी गरेको छ । हरेक नागरिकलाई विचार राख्न पाउने, राजनैतिक संगठनमा आबद्ध हुन पाउने संवैधानिक प्रबन्ध विरुद्ध विद्यार्थी संगठन खारेज गर्ने प्रपञ्च गरेर सरकारले गलत बाटो हिंडेको छ । सरकारको तर्कछ,- विश्वविद्यालयमा राजनीति भयो । राजनीतिक गतिविधिलाई रोक्दा शैक्षिक वातावरण राम्रो बन्छ । विश्वविद्यालयमा राजनीतिका नाममा भइरहेको गलत क्रियाकलापले शैक्षिक वातावरण बिथोलिएको हो । राजनीतिले सही लय समात्ने वित्तिकै शैक्षिक वातावरण खल्बलिंदैन । क्याम्पस र विश्वविद्यालय भनेका विचारका नर्सरी हुन् । विचारका नर्सरीलाई हुर्कन दिनुपर्छ । त्यहाँ विचारको बहस र छलफल हुनुपर्छ, त्यसका लागि आफूलाई मन परेको विद्यार्थी संगठनमा आबद्ध हुन पाउने हक हरेक विद्यार्थीलाई छ । संविधानले नै प्रबन्ध गरेको विषयलाई रोक्ने निर्णय कार्यान्वयन भए नेपालको लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठ्ने छ ।


    शैक्षिक संस्थामा अहिले भइरहेका राजनैतिक गतिविधिलाई सुधार गर्नुको विकल्प छैन । कतिपय कमजोरीले राजनैतिक संगठन नै गलत छन् भन्ने होइन् । कमजोरीमा टेकेर सरकारले जुन अलोकतान्त्रिक गतिविधि गर्न खोज्दैछ, त्यो गतिविधिले अन्ततः मुलुकलाई विचारविहीन दिशातिर लैजानेछ । मुलुकमा मुठभेडको राजनीतिलाई मलजल गर्नेछ । त्यसो त झण्डै दुई तिहाईको सरकारले अहिले प्रतिशोध र मुठभेडको राजनीतिलाई अघि बढाइरहेको छ । दण्डहिनताको अन्त्य र सुशासनका नाममा अहिले भइरहेका प्रतिशोधपूर्ण क्रियाकलापले अन्ततः मुलुक नयाँ द्वन्द्वतर्फ अघि बढ्ने संभावना देखिंदैछ । मुलुकमा मुठभेड होइन्, सहकार्य र मेलमिलापमार्फत् राजनीतिलाई सही लयमा लैजानुपर्ने बेला सरकार एकांकी बनेको छ, त्यसले मुलुकलाई नै कमजोर बनाउने छ ।


    अहिले विश्व राजनीति नै नयाँ मोडमा जाँदैछ, अमेरिका–इरान सहमतिको सम्भावना कमजोर हुँदै गर्दा त्यसको प्रभाव अब विस्तारित हुँदैछ । त्यो द्वन्द्वको असर हाम्रो दैलोमा आइपुगेछ । अब विश्व राजनीतिमा हाम्रो भूमिका के हो ? हामी कसरी अघि बढ्छौं ? यो जटिल राजनैतिक मोडमा सरकारले कसरी अघि बढ्ने सोंच्दैछ, अहिले सरकारको ध्यान त्यतातिर जानुपर्छ । त्यसका लागि राजनैतिक दलबिच घनिभूत छलफल हुन आवश्यक छ । त्यसो त यो सरकार गठन र केही बधाईलाई लिएर टिकाटिप्पणी भइरहेको छ । निर्वासित तिब्बती प्रमुख दलाई लामाको बधाईले सरकारप्रति छिमेक चीनले सन्देश राखिरहेको बेला छिमेकलाई विश्वासमा लिनु चुनौति बनेको छ । विश्व राजनीतिको भुमरीबाट मुलुकलाई बाहिर निकाल्न आन्तरिक एकता आवश्यक छ । त्यसका लागि अरु राजनैतिक दलसँगको सहज सम्बन्ध बनाउने काम सरकार र सत्तारुढ दल रास्वपाको हो ।


    यो बेला विद्यार्थी संगठनका गतिविधि क्याम्पस र विश्वविद्यालयमा गर्न नदिने र उनीहरुलाई खारेज गर्ने होइन्, कमजोरी सुधार गर्न उनीहरुलाई सहजीकरण गर्न आवश्यक  छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij