२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतिलिटर ६३ रुपैयाँ अन्तरले नेपाली सवारीसाधन तेल भर्न भारत पुग्दै

प्रतिलिटर ६३ रुपैयाँ अन्तरले नेपाली सवारीसाधन तेल भर्न भारत पुग्दै

प्रतिलिटर ६३ रुपैयाँ अन्तरले नेपाली सवारीसाधन तेल भर्न भारत पुग्दै

प्रतिलिटर ६३ रुपैयाँ अन्तरले नेपाली सवारीसाधन तेल भर्न भारत पुग्दै

प्रतिलिटर ६३ रुपैयाँ अन्तरले नेपाली सवारीसाधन तेल भर्न भारत पुग्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, चैत्र ३० २०८२
सोमवार, चैत्र ३० २०८२
  • भैरहवा  
    नेपालभन्दा सीमावर्ती भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि रुपन्देही आसपासका नेपाली सवारीसाधन भारतमा इन्धन भर्न जान थालेका छन् । 
    पेट्रोलियम पदार्थ डिजेल पेट्रोलमा धेरै अन्तर हुन थालेपछि नेपाली सवारीसाधनहरु भारततर्फ जाँदा नेपालका  पेट्रोल पम्पको व्यवसाय घटेको छ । सुनौली नौतनवा आसपासका आधा दर्जन बढी पेट्रोल पम्पमा तेलको खपत बढेपछि उनीहरुले पनि मौकाको फाइदा उठाउँदै नेपालीलाई पम्पमा तेल दिन अनाकानी गरी कालोबजारीमार्फत् कारोबार गर्न सुरु गरेका छन् । कति पय पम्पले नेपाली गाडीमा तेल नहाल्ने बताइरहँदा पहुँचको आधारमा तेलहरु भर्ने गरेका छन् । केहीले बढी पैसा लिएर र केहीले थोरै मात्रामा तेल दिइरहेको गुनासो गरेका छन् । नेपाली पैसा दिँदा बढी पैसा लिने, तेल पनि कम दिइरहेको एक नेपालीले बताए । 


    सीमापारि मूल्य सस्तो भएपछि इन्धन भर्न ढुवानी तथा साना सवारीसाधन उतै जाने गरेका छन् । औद्योगिक घरानाका गाडीहरू समेत इन्धन भर्न सीमा पारि जाने गरेको छ, यसले अर्थतन्त्रमा असर गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । उता सस्तो भएपछि पेट्रोलियम पदार्थको भन्सार छलेर खुला सिमानाबाट अवैध आयात हुन थालेको र सिमावर्ती जिल्लाका पम्पहरुको व्यवसाय घटेको नेपाल पेट्रोलियम डिलर व्यवसायीले सुनाए । 


    सीमावर्ती क्षेत्रमा रहेको मूल्य अन्तरका कारण व्यवसाय कम हुन थालेकोले यहाँका पम्पहरूको बिक्री ठप्प जस्तै भएको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए । पेट्रोलियम पदार्थको मूल्यअन्तरले कारोबार खुम्चिँदै जान थालेको छ । पहिलेको तुलनामा धेरै करोबार घटेको उनले जनाए ।  


    गैरेका अनुसार आयल निगम अहिले ठुलो घाटामा छ । निगमले नै इन्धन कम खपत गरिदिन अपील गरिरहेको अवस्थामा, नेपाली उपभोक्ताले भारतमा गएर तेल भर्दा निगमको घाटा कम हुने र निगम जोगिने उनले तर्क गरे ।


    इन्धनको मूल्य बढे पनि व्यवसायीको कमिसन नबढेकाले सस्तो र महँगोमा तेल बिक्दा पनि आफूहरूलाई खासै फरक नपर्ने उनले बताए । बरु आयल निगम बचे मात्रै आफ्नो व्यवसाय पनि पछि जोगिने उनको भनाइ छ । समग्रमा उपभोक्ता आफैँ सीमापारि गएर तेल भर्नुलाई व्यवसायीले स्वाभाविक मानेका छन्, तर त्यहाँबाट तेल ल्याएर नेपालमा अवैध रूपमा तस्करी गरेर बेच्न नहुनेमा उनले जोड दिए । नेपालमा तेल उत्पादन नहुने र पैसा जसरी पनि विदेश नै जाने हुँदा, कम्तीमा उपभोक्ताले सस्तोमा तेल पाउनुलाई उनले सकारात्मक रूपमा लिनुपर्ने बताए । 


    यतिबेला भारतीय पम्पहरुमाभन्दा नेपालमा पेट्रोल, डिजेलमा प्रति लिटर ६३ रुपैयाँ मूल्य बढी छ । सीमावर्ती भारतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५३ नेपाली रुपैयाँ र डिजेल १ सय ४० रुपैयाँ छ । नेपालका पम्पमा भने पेट्रोल प्रतिलिटर २ सय १७ र डिजेल २ सय ४ रुपैयाँ छ । मूल्यमा भएको फरकले तराईका क्षेत्रका सडक किनारामा मिनरल वाटरको बोतलमा पेट्रोल र ग्यालेनमा डिजेल बिक्रीका लागि राख्ने गरिएका छन् । अहिले नेपाली ट्रक, निजी जीप कार, मोटरसाइकल भारतीय पम्पमा पुगेर फर्किने गरेका छन् । 


    भलबारी डिपोका प्रबन्धक सुरेन्द्र विस्टले हालसम्म नेपाल आयल निगमको औसत बिक्री मा खासै गिरावट नदेखिएकोे बताए । यद्यपि, अर्को हप्ताको तथ्याङ्क आएपछि मात्र वास्तविक प्रभाव थाहा हुने उनको भनाइ छ । इन्धनको आपूर्ति प्रणालीको हकमा निरन्तर भइरहेको छ, आपूर्तिमा कुनै समस्या छैन अमलेखगञ्ज र भारतबाट नियमित रूपमा तेल आइरहेको छ र नेपालमा पर्याप्त मौज्दात रहेको उनले जनाए । 


    भारतीय पेट्रोल पम्पहरूले नेपाली गाडीहरूलाई तेल दिँदा कतै कोटा प्रणाली लगाएका छन् भने कतै बढी मूल्य लिएर लुकिछिपी तेल दिने गरेको पाइएको छ । अवैध तरिकाले पनि तेलको बिक्री सुरु गरिएको छ । 


    औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान ढुवानी गरेर नेपाल आउने भारतीय मालवाहक गाडी तथा भन्सार सुविधामा नजिकको नेपाली बजारसम्म आउने भारतीय मोटरसाइकल, जीप, कार भ्यानलगायतका सवारी साधनले भारतबाटै  ट्यांकी भरेर नेपाल आउने गर्छन् । 


    यसरी नेपाल आउने कतिपय भारतीय सवारीसाधनले नेपालमा आएर ट्याङ्कीमा ल्याएको तेल बिक्री गर्ने गरेको र अवैध कारोबार बढेको पाइएको छ । 


    वारिपारि तेलको भाउ घटबढ भइरहन्छ । यसको प्रत्यक्ष फाइदा सीमावर्ती क्षेत्रका बासिन्दाले उठाउँदै आएका छन् । वारि तेल सस्तिँदा पारिबाट आएर तेल भर्ने र पारि तेलको मूल्य घट्दा वारिबाट तेल भर्न जाने चलन छ । यसले गर्दा कतिपय साना र दुईपांग्रे सवारी तेल भर्न नजिकको भारतीय बजार पुग्छन् । मालबाहक भारतीय गाडीले अतिरिक्त ट्याङ्कीमा समेत तेल भरेर यसको फाइदा लिने गरेका छन् ।


    भारतमा घटेको तेलको भाउका कारण राजस्व संकलनमा पनि प्रत्यक्ष असर भन्सार लक्ष्यमा पनि असर पर्ने देखिन्छ । भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले पेट्रोलियम पदार्थको दैनिक आपूर्ति पहिला जस्तै सरदरमै रहे पनि भन्सार दरमा छुट दिँदा राजस्वमा समेत असर पर्ने बताए । पेट्रोलियमको आयात घटेसँगै राजस्व असुलीमा प्रत्यक्ष असर पुग्ने उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij