एक वर्ष बितेर नयाँ वर्ष आउनु केवल क्यालेण्डर फेरिनु मात्रै होइन् । यो नयाँ योजना र कामको सुरुवात पनि हो । विगतको कामको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको योजना निर्माण गर्ने अवसर हो । विगतका पीडा, संघर्ष र दुःखलाई बिर्सदै नयाँ कामको थालनी गर्ने मेसो पनि होे । निराशालाई चिर्दै आशा जगाउने बेला पनि हो । खुसी र उमङ्ग ल्याउने अवसर हो ।
हाम्रो नयाँ वर्ष अरुभन्दा अलि बेग्लै समयमा आउँछ । नयाँ वर्ष वसन्त ऋतुमा आउँछ । बसन्त ऋतुमा पूराना पात झरेर नयाँ पालुवा पलाउँछन् । प्रत्येक रूख बिरुवामा पालुवा पलाएर वनपाखामा हरियाली छाउँछ । रङ्गीचङ्ी फूलहरु फुल्छन् । वनमा विभिन्न प्रजातिका फलफूल फल्ने याम पनि हो । वसन्त ऋतुले प्रकृतिमा उत्साह ल्याउँछ । पालुवा पलाउँछ, प्रकृतिमा आउने उत्साहको प्रभाव पर्छ । कटुता बिर्सेर नयाँ सम्बन्धको खोजी गर्ने अवसर पनि हो । सकारात्मक सोंचको प्रवाह गर्ने समय पनि हो ।
नेपालीहरु दुःख र पीडालाई बिर्सेर सकारात्मक बन्न सक्छन् । निराशालाई मेटर उत्साह भर्न सक्छन् । नेपालीको उत्साह र उर्जाको स्रोत हाम्रो संस्कृति, चाडपर्व हुन् । नयाँ वर्ष पनि हाम्रो चाड हो । एकअर्कामा शुभकामना आदानप्रदानले सकारात्मक बनाउँछ । उर्जा दिन्छ, नकारात्मक भावनालाई हटाउँछ । हामी लामो समयदेखि राजनैतिक अस्थिरताको दुष्चक्रममा जेलिंदै आएका छन् । विसं. २०८२ राजनैतिक आरोह अवरोहको कठिन वर्ष रह्यो । नवयुवा आन्दोलन र विध्वंशमा भएको जनधनको क्षति र त्यसले समाजमा निर्माण गरेको भाष्यले समाजलाई अराजकतातर्फ डो¥याएको छ । जेनजी आन्दोलनपछि निर्वाचित सरकार विस्थापित भयो । संवैधानिक दायरा बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले चुनाव गराएको छ । चुनावपछि संविधान लयमा फर्केको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधाननै जोखिममा परेको बेला अनेक आशंका बढिरहँदा निर्वाचित सरकारले काम गर्न थालेपछि आशंकाहरु मेटिंदै गएका छन् । यद्यपि निर्वाचित सरकारले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र संवैधानिक मर्मअनुसार अघि बढ्न धेरै काम गरेर नागरिकको विश्वास जित्नुपर्नेछ ।
प्रविधिको विकासले समाजमा सूचनाको पहुँच छरितो भएको छ । समाज खुला र अन्तरक्रियामुखी भएको छ । अहिले संसार एउटा गाउँझै भएको छ । सूचना बिजुलीको गतिमा प्रवाह हुँदा त्यसको प्रभाव विस्तार भएको छ । प्रविधिको प्रयोगले अन्तरक्रियामुखी भएको समाजका सामु प्रधानमन्त्री बालेन्द्र साहसहितको टिम अन्र्तक्रियामुखी हुन आवश्यक छ । सरकार जति अन्तक्र्रियामुखी भयो त्यति नै नागरिकलाई सरकारप्रति भरोसा र विश्वास बढ्छ । सुशासन र पारदर्शी हुुनु भनेको आफूले गर्न लागेको कामका बारेमा नागरिकलाई सत्य तथ्य जानकारी गराउनु पनि हो । अन्तरक्रिया मुखी सरकारले मात्रै अराजक समाजलाई लयमा हिडाउन सक्छ । समाज अराजक बनिरहेको र सरकार खुला नहुने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीमाथि जोखिम बढ्न सक्छ । लोकतान्त्रिक प्रणाली संस्थागत हुँदै गरेको मुलुकमा झनै जोखिम छ ।
कोभिड महामारीपछि विश्व आर्थिक मन्दीको मारमा प¥यो । त्यसपछिको आर्थिक संकट र जेनजी आन्दोलन र विध्वंशले मुलुक झनै शिथिल भएको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सक्दा मात्रै समाजमा आशा पलाउन सक्छ । बदलिँदै गरेको विश्व परिवेश र भूराजनीतिको दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्दै मुलुकलाई लयमा हिंडाउन नेतृत्वले संयमित हुँदै विवेक पु¥याउन सक्नुपर्छ । नेतृत्व जिम्मेवार बन्दै नागरिकलाई अपील गर्न ग¥यो भने सरकारको साथमा नागरिक हुन्छन् । नागरिकको साथले मात्रै सरकार हरेक चुनौतीको सामना गर्न सक्छ । मुलुकको संकट समाधानका लागि सबैले सकारात्मक पहलकदमी लिउँ । अन्त्यमा, मुलुकको समृद्धिको यात्रा अघि बढोस्, नयाँ वर्ष उत्साह र उमंगको होस्, नयाँ वर्ष शुभ होस्, हार्दिक शुभकामना !




