२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रोयल इनफिल्डको गोवन क्लासिक ३५० को बुटवलमा विक्रि शुरु

रोयल इनफिल्डको गोवन क्लासिक ३५० को बुटवलमा विक्रि शुरु

लञ्चकै दिन ४ वटा बाइक विक्रि भएको र सात वटा बुक भएका गैरे प्रतिष्ठान प्रालिले जनाएको छ ।

रोयल इनफिल्डको गोवन क्लासिक ३५० को बुटवलमा विक्रि शुरु

रोयल इनफिल्डको गोवन क्लासिक ३५० को बुटवलमा विक्रि शुरु

लञ्चकै दिन ४ वटा बाइक विक्रि भएको र सात वटा बुक भएका गैरे प्रतिष्ठान प्रालिले जनाएको छ ।

रोयल इनफिल्डको गोवन क्लासिक ३५० को बुटवलमा विक्रि शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २ २०८३
बुधवार, बैशाख २ २०८३
  •  बुटवल ।  मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६ एडिसनको गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ । रोयल इन्फिल्डको बुटवलको आधिकारिक शोरुम गैरे प्रतिष्ठान प्रालि बुटवल कालिकानगरमा पनि बुधबार प्रालिका सञ्चालक लक्ष्मी गैरे,शोरुम म्यानेजर नारायण प्रसाद खनाल, लेखा प्रमुख कमल घिमिरे लगायतले उक्त बाइक लञ्च गरेका छन् । 
    बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 
    लन्चका अवसरमा गैरे प्रतिष्ठान प्रा.लि.की सञ्चालिका लक्ष्मी गैरेले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरिन् । उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान बनाउनेछ ।   लञ्चकै दिन ४ वटा बाइक विक्रि भएको र सात वटा बुक भएका गैरे प्रतिष्ठान प्रालिले जनाएको छ । 

    615d5157-94a5-4e4c-8ad5-35ffe8104760.jpg
    undefined


    नयाँ मोडलमा ३४९ सीसी एअर कूल्ड सिंगल सिलिण्डर इन्जिन जडान गरिएको र यसले ६ हजार एकसय आर पी एममा २० दशमलव २ बिएचपी पावर र ४ हजार आर पी एममा  २७ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । 
    गैरे प्रतिष्ठान प्रालिका शोरुम म्यानेजर नारायण प्रसाद खनालले गोवन क्लासिक ३५० बाइकमा इन्जिनलाई लेड ब्याक बबर स्टाइल अनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ । यसको ५–स्पिड गियरबक्सले शहरको भीडभाड देखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ ।
    मोटरसाइकलमा नयाँ असिस्ट र स्लिपर क्लच, अपग्रेड गरिएको  यूएसबी टाइप सी चार्जिङ पोर्ट तथा डाउनशिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको खनालले बताए । यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।
    गोवन क्लासिक ३५० बाइकको डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल सिट बबर स्टाइलिङ कायम राखेको शोरुम म्यानेजर खनालले जानकारी दिए । यस्तै फ्लटिङ राइडर सिट, ह्वाइट वाल एज, टयुबलेस स्पोक टायर, मिडएप ह्याण्डल बार आदि फिचरले  ले यसलाई बोल्ड कस्टम कल्चर झल्काउने प्रिमियम लूक दिएको खनालले जानकारी दिए । चार वटा कलरमा उपलब्ध गोवन क्लासिक ३५०को मूल्य श्याक ब्ल्याक एण्ड पर्पल हेजको ५ लाख ९८ हजार  तथा ट्रिप टिल एण्ड रेभ रेडको मूल्य ६ लाख २ हजार रहेको छ । 

    c9683126-c885-4669-a80e-a14c34e60287.jpg
    undefined


    सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्ट को विकासमा अग्रणी भूमिका खेलेको छ ।
    ब्रान्डको प्योर मोटरसाइक्लिङ दर्शनअनुसार कम्पनीले हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०,मिटियर ३५०, र इन्टरसेप्टर लगायतका प्रिमियम मोडलहरू उत्पादन गर्दै आएको छ। हालसालै कम्पनीले शहरी गतिशीलताका लागि नयाँ इलेक्ट्रिक मोबिलिटी ब्रान्ड फ्लाई फ्लीया समेत सार्वजनिक गरेको छ। आइसर मोटर्स लि. अन्तर्गत सञ्चालित रोयल इनफिल्डका भारत भर २ हजारभन्दा बढी स्टोर तथा विश्वका ८० भन्दा बढी देशमा उपस्थिति रहेको छ कम्पनीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij