२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अब सार्वजनिक सम्पत्तिको स्रोत खुलाऊ

अब सार्वजनिक सम्पत्तिको स्रोत खुलाऊ

अब सार्वजनिक सम्पत्तिको स्रोत खुलाऊ

अब सार्वजनिक सम्पत्तिको स्रोत खुलाऊ

अब सार्वजनिक सम्पत्तिको स्रोत खुलाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति सार्वजनिक गरे, राम्रो गरे । सार्वजनिक गरेको सम्पत्ति विवरणले बहस सिर्जना गरेको छ । यो विवरण सार्वजनिक भएपछि चियापसलदेखि  सामाजिक सञ्जालसम्म चर्चा र बहस भएको छ ।
    बहसको केन्द्र विन्दु सम्पत्ति सार्वजनिक भएको बारेमा होइन्, सार्वजनिक भएको सम्पत्तिको परिमाणको बारेमा हो । मन्त्रीहरुले सार्वजनिक गरेको चल अचल र सुनचाँदीले उनीहरुको अनुहार प्रष्ट भएको छ । उनीहरुले अब सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनुपर्नेछ । यदि सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउन बेवास्ता गरे उनीहरुप्रति निरन्तर प्रश्न उठ्नेछ । सम्पत्ति कमाउनु स्वभाविक हो, एउटा व्यक्तिले मिहिनेत र दुःख गरेर सम्पत्ति कमाउन सक्छ, त्यो कमाएको सम्पत्तिको स्रोत प्रष्ट हुनुपर्छ । नागरिकले सार्वजनिक भएको सम्पत्तिको स्रोत थाहा पाउनुपर्छ ।


    आज मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्तिले उनीहरुप्रति प्रश्न उठ्नुको कारण हो, जेनजी आन्दोलनअघि उनीहरुले नेताका परिवारको धनसम्पत्तिलाई लिएर अनेक लान्छनायुक्त अभिव्यक्ति दिए । नेताका परिवारको लवाई खुवाई र सम्पत्ति सबै भ्रष्टाचार गरेर कमाएको टिप्पणी गरेर बदनाम बनाए । राजनैतिक दलका नेताहरु अपेक्षित रुपमा पारदर्शी थिएनन्, तर उनीहरुले भनेझैं सबै बदनाम र भ्रष्ट पक्कै थिएनन् । राजनीति गर्नेमध्ये धेरैका परिवारका सदस्य इलम, व्यापार व्यवसायमा संलग्न थिए । जसले गत भदौ २४ गते अर्काको निजी सम्पत्ति जलाउनुपर्छ भन्दै सडकमा आगो झोसे । अर्काको सम्पत्तिप्रति ईष्र्या गर्ने, निजी उद्योग जलाउने जस्ता क्रियाकलाप गरे । अहिले मन्त्रीमण्डलमा सहभागी भएका अधिकांश निजामती कर्मचारी, सेना पुलिसका सन्तान हुन् । उनीहरुले सार्वजनिक गरेको सम्पत्ति सरकारको विभिन्न तहमा काम गरेका बाबु आमाले कमाएको सम्पत्ति हो । अब सरकारको विभिन्न तहमा काम गरेका व्यक्तिहरुले कमाएको सम्पत्तिको स्रोतको जाँच हुनुपर्छ कि पर्दैन ?


    देशले परिर्वतन राजनैतिक मात्रै खोजेको होइन्, इमान, व्यवहार र चरित्रमा खोजेको छ । एउटा पात्रको अवसानमा अर्को उस्तै पात्रको खोजी गरेको होइन् । जेनजी आन्दोलनका शहीद र घाइतेले अहिलेका नवधनाढ्य मन्त्रीको सम्पत्ति खोजेका होइनन् । अहिलेका मन्त्रीको सम्पत्तिको स्रोतको खोजी र पुष्टि हुन सकेमा जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सम्मान हुनेछ ।
    मन्त्रीहरूले करोडौँको सम्पत्तिको स्रोत  ‘पैतृक सम्पत्ति’ र ‘सामाजिक सञ्जाल’ मात्र उल्लेख गरेर पुग्दैन् । कहाँबाट कति आम्दानी भयो ? राज्यलाई त्यो आम्दानी गरेबापत कति कर बुझाइयो ? भन्ने प्रश्नको उत्तर दिनुपर्छ । संसदले मन्त्रीको सम्पत्तिको स्रोत खोजबिन गर्ने कि नगर्ने ? सुशासनको वकालत गर्नेहरू आफैँ पारदर्शी हुनुपर्छ । जनताको करबाट पालिएका राज्यसंयन्त्रमा पुगेका व्यक्तिहरुले अहिले सार्वजनिक भएको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्छ । त्यसले उनीहरुलाई जवाफदेही र जिम्मेवार बनाउने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij